STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

मन्त्री खतिवडाद्वारा सत्यमाेहनको स्वास्थ्य अवस्थाबारे जानकारी

Janjati Khabar – Janjati Khabar | २०७८ माघ २७, बिहिबार

माघ २७, काठमाडौं (रासस) - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएका छन् ।

ललितपुरको इमाडोलस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा पुगेर उनले केही दिनअघिदेखि बिरामी भई अस्पतालमा उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

साे अवसरमा मन्त्री खतिवडाले उनको उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।मन्त्री खतिवडाले जोशी जिउँदो इतिहास भएको भन्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।

श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई २५ माघमा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । उनलाई सुरुमा निमोनिया देखिए पनि कोभिड परीक्षणमा भने नेगेटिभ पाइएको छ ।

Categorized in व्यक्तित्व