STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टुँडिखेलमा मानव साङ्लो

Janjati Khabar | २०७७ फाल्गुण ६, बिहिबार


पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा आज राजधानीमा मानव साङ्लोसहित प्रदर्शन गरेको छ ।

    असंवैधानिक कदम, बढ्दो महँगी र भ्रष्टाचारको विरोधमा नेकपाका नेता कार्यकर्ताले मावन साङ्लो बनाएर टुँडिखेललाई घेरेका थिए । मानव साङ्लोमा सहभागीले प्रतिनिधिसभा विघटनको विरोध गर्दै जनजीविका विषय सम्बोध गर्न माग गरेका थिए ।

    उनीहरुले किसानका माग सम्बोधन गर्न, महिला हिंसालगायतका घटनामा संलग्नलाई कारवाही गर्न, बढ्दो महँगीका आधारमा तलबभत्ता वृद्धि गर्न, कोरोनाका कारण श्रम कटौतीमा परेका तथा रोजगारी गुमाएका श्रमिकलाई आर्थिक राहतको तत्काल व्यवस्था गर्न माग गरेका थिए । मानव साङ्लोमा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईसहित विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताको सहभागिता थियो । सहभागीले सूर्यचिह्न अङ्कित झण्डा, प्लेकार्ड र व्यानर प्रदर्शन गरेका थिए ।

    नेकपाले यही फागुन २ गते प्रतिनिधिसभा विघटनको विरुद्धमा तेस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो । त्यसअघि नेकपाले राजधानीलगायत देशमा ठूला शहरमा विशाल जनप्रदर्शन गरेको थियो । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एकपक्ष सडक आन्दोलनमा रहेको छ ।

Categorized in राजनीति