STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अभिनेता जयनेन्द्र चन्द ठकुरीको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १९, सोमबार

काठमाडौं -  नेपाली फिल्मका चरित्र अभिनेता जयनेन्द्र चन्द ठकुरीको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ। आफ्नै घर ललितपुरको बागडोलमा दिउँसो ११ बजेर २० मिनेटमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले बताए। आइतबारै पशुपति आर्यघाटको विद्युतीय शवदाह गृहमा चन्दको अन्त्येष्टि गरिएको छ। लकडाउनका कारण सीमित मलामी रहेका थिए। उनी आफ्नी छोरीको साथमा बस्दै आएका थिए। लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका चन्दलाई सुगरलगायतको समेत समस्या थियो। चन्दकी एक छोरी र श्रीमती छन्। कलाकार चन्दले फिल्म ‘जीवनरेखा’ बाट अभिनय सुरुआत गरेका थिए। उनी विश्वास, भाग्यरेखा, फेरि भेटौंला, ‘मायालु, युद्ध, एक्का ट्रायल, पर्खी बसें, दुई पल, अंगरक्षक, माया बैगुनी, चाँदनी, चोर, ज्वाला, देउकी, अधिकारलगायत एक सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्। चन्द पछिल्लो पटक फिल्म ‘भागी भागी नजाऊ’ फिल्ममा देखिएका थिए। उनी चार दशकभन्दा बढी समयदेखि कलाकारितामा सक्रिय थिए।
Categorized in सिनेमा