STC 810x100 adv
nepal invistment new 31
janswastha 11 11 78

विश्व सम्पदा क्षेत्र र ‘महर्जन बिजनेश एशोसियट्स’ भवनको कनेक्सन !!!

Janjati Khabar – जनजाति खबर | २०७४ माघ १५, सोमबार

विश्व सम्पदा क्षेत्र नजिक रहेको निर्माणाधिन ‘महर्जन बिजनेश एशोसियट्स’को भवनको विषयमा कसैले पनि विरोध गर्नुपर्ने नदेखिएको बताइएको छ ।

उक्त भवनले विश्व सम्पदा क्षेत्रलाई नकारात्मक प्रभाव पार्न सक्ने भन्दै केहीले विरोध गरेपछि काठमाडौं महानगरपालिकाका प्रवत्ता ज्ञानेन्द्र कार्कीले पूरातत्व विभागकै स्विकृतिमा नक्सा पाससहित भूमिगत तल्ला निर्माण भएकाले विरोध गर्नु औचित्य नभएको बताउनुभयो ।

‘अहिलेसम्म महर्जन विजनेश एसोसियट्सको भवन ३१ फिट भइसकेको छ, धर्मपथ र दरबार स्क्वायरको बाटोमा अझैं चारफिट बनाउन पाउँछ, भित्रतिर चारतल्लासहित ४२ फिटसम्म जान पाउँछ, छिमेकी घरहरु पनि यस्तै हो ।’

ब्यापारिक र आवासीय भवनको क्षेत्रफल दुईहजार वर्गफिटभन्दा माथि रहे भूमिगत तल्ला राख्नैपर्ने नगर विकासको नियम रहेकाले करिब ६ हजार २ सय ६५ वर्गफिटमा भवन निर्माण भएकाले सोही अनुसारले थप भूमिगत तल्लाको स्विकृत भएको उहाँले स्पष्ट पार्नुभयो ।

भूमिगत तल्लाबाट भएर दरबार क्षेत्रमा सुरुङ खनेर बहुमूल्य सम्पत्तीहरु चोरी हुुनसक्ने भन्ने प्रश्नमा दुईफिटको सेयरवालसहित भूमिगत ढलान भएकाले सुरुङ खनेर चोरी हुन्छ कि भननु ‘आकास खस्छ कि’ भन्नु जस्तै भएको बताउनुभयो ।

यसैबीच, पूरातत्व विभागको हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले पूरातत्व महत्वको दरबार नजिक निर्माण हुँदै गरेको भवन चारतल्ला बनाउँदा ४५ फिट हुने भएकाले आफूहरुको ध्यानाकर्षण भएको बताउनुभयो ।

‘‘३५ फिटसहित चारतल्ला बनाउँदा तीनचार फिट तलमाथि भए बेवास्ता गर्न सकिन्थ्यो, तर भवन सम्पदा क्षेत्रको बफर जोनमा थप भूमिगत तल्लासहित निर्माण भएकोले उचाई र भूमिगत तल्लाबारे बाहिर मिडियामा आएको हो, भूमिगत तल्ला पनि निर्माण गर्ने र चार तल्लाको स्विकृत छ भन्दै ४५ फिटसम्मको घर बनाउन पाईंदैन ।’’ हनुमान दरबार हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मी बताउनुहुन्छ ।

वि.सं. २०२४ साल कात्तिकमा साढे साततल्ला रहेको क्लासिक होटल ५३.३ फिट अग्लो भवन निर्माण तत्कालिन काठमाडौं नगरपञ्चायतबाट स्विकृत पाएर बनाएको विषयलाई नजिरको रुपमा लिन नसक्ने उहाँले जानकारी दिनुभयो ।

पूरातत्व विभागद्वारा तयार पारिएको हनुमानढोका संरक्षित स्मारक क्षेत्रमा हुने संरक्षण एवं निर्माण सम्बन्धी मापदण्ड, २०६४ अनुसार ‘‘परम्परागत शैलीमा पुराना घरहरुको उचाईं ३५ फिट भन्दा रहेछ भने त्यस्ता घरहरुको पुनःनिर्माण साविककै उचाईलाई कायम राखी पुनःनिर्माण गर्न अनुमति दिइनेछ,’’ उल्लेख भएकाले सोही अनुसार जान पाउनुपर्ने माग सम्बद्ध पक्षसँग सञ्चालक कृष्णलाल महर्जनले गर्नुभएको छ ।

‘‘करिब २० आनामा निर्माणाधिन भवनको भूमिगत तल्लामा दुईफिटको सेरवालस २ फिटको बिम अनिवार्य रुपमा राख्नुपर्ने देखिएकोले सोही अनुसार चारतल्लासम्म निर्माण गर्दा ४२ फिट हुन्छ, अन्य भवनहरु दशतल्लासम्म बन्दा किन कसैको ध्यान जाँदैन ? ’’सञ्चालक महर्जनले बताउनुभयो ।

भवनभित्र कुमारीको मन्दिर नभएको दाबी गर्दै उहाँले भवनसँगै रहेको नाट्येश्वर मन्दिर (नासः द्यः) करिब १५ लाखमा जिर्णाेद्धार गरेको बताउनुभयो ।

आइतबार इन्द्रेणी कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै सञ्चालक कृष्णलाल महर्जनले करिब ५० वर्षअघि बुबाले उक्त भवन खरिद गर्न नपाएको हामी बच्चाबेलादेखि सुनाइरहनुहुन्थ्यो, त्यही भएर करिब एकअर्बमा उक्त भवन खरिद गरेर साढे दुई अर्बमा निर्माण हुने कुरा बताउनुभयो ।

ललितपुरबाट आएर इन्द्रचोकमा बर्षौंदेखि कपडा बेचेर कमाएको पैसा र सबै अचल सम्पत्तिलाई राखेर भवन निर्माण गर्दै गर्दा पनि भवनसँगै रहेको नासः द्यःको १५ लाखमा जिर्णाेद्वार गर्ने हामी सम्पदीप्रेमी कि हाम्रो निजी भवनमाथि गिद्धेदृष्टि लगाएर विरोध गर्ने सम्पदाप्रेमी भन्ने विषयमा सत्य तथ्य रुपमा पत्रकारहरुले जनतासामू लान सञ्चालक महर्जनले अनुरोध गर्नुभयो ।

सञ्चालक महर्जनले पूरानो भवन भत्काएर पुनः निर्माण गर्दा साविककै उचाईमा जान पाउने प्रावधान पूरातत्व विभागकै रहेकाले पनि ५३.३ फिट अग्लो भवन निर्माण हुन सक्ने भए पनि मात्र हामीले सम्पदाकै लागि चारतल्ला मात्र स्विकृति लिएको स्पष्ट पार्नुभयो ।

उहाँले युनेस्कोले पनि भवन निर्माणको विषयमा विश्व सम्पदा क्षेत्रभित्र नपर्ने जानकारी दिँदै निर्माण सम्पन्न गर्न सक्ने स्विकृति दिइसकेको बताउँदै भन्नुभयो, ‘विरोध गर्दै रहेका केही युवाले युनेस्को प्रतिनिधिको पुत्ला दहन गरेको, निजी भवनमै विरोधस्वरुप ब्यानर राख्ने गरेकाले असह्य भएर जनतासमक्ष वास्तविक कुरा राखेको जानकारी दिनुभयो ।

विरोधमा उत्रनुभएका एक युवाले दुई पटक भेट्दा अप्रत्यक्ष रुपमा मागेको २५ लाख नदिएपछि विरोधमा उत्रेको दाबी गर्दै निरन्तर रुपमा तीनतल्लाको फिनिसिङ भइरहेको बताउनुभयो ।

मल्लकालिन सम्पत्ति रहेको स्थानमा भूमिगत तल्ला निर्माण गर्दा सुरुङ खनेर चोरी हुने डरले सम्पदा बचाउन दबाव स्वरुप विरोध कार्यक्रम गरिरहेको भवन निर्माणप्रति विरोधमा उत्रनुभएका गणपतिलाल श्रेष्ठले प्रतिक्रिया दिनुभयो ।

Categorized in बिजनेस