STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘पुष्पलालको जन्मशताब्दी र नेपाली कम्युनिष्ट आन्दोलन’

Janjati Khabar – Janjati Khabar | २०८१ आषाढ १५, शनिबार

नेपालको कम्युनिष्ट आन्दोलनका आरम्भकर्ता पुष्पलालको जन्म १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा भएको थियो । शहीद गङ्गालालको भाइ पुष्पलाल, परिवारको माइलो छोरो हुनुहुन्थ्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल, राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्रमाथि ‘कू’ गरेपछि भारत निर्वासित हुनु भएको थियो । निर्वासनकै क्रममा उहाँ गम्भीर रूपमा बिरामी हुनुभयो । उपचारकै क्रममा २०३५ साउन ७ गते भारतस्थित नयाँदिल्लीमा उहाँको निधन भयो ।
नेपालका कम्युनिष्ट र नेपाली काँगे्रस मिलेर संयुक्तरूपमा जनआन्दोलन गरेमा नेपालमा प्रजातन्त्रको बहाली हुन्छ भन्ने उहाँको विचार थियो । आज पनि पुष्पलालको विचारलाई विश्लेषण गरेर भन्ने हो भने नेपालका कम्युनिष्ट र नेपाली कांग्रेस दुवै मिलेर जनताको भावना अनुरूपको समृद्ध नेपाल निर्माण गर्न अगाडि बढ्ने हो भने मुलुकले निश्चय नै विकासको ठूलो फड्को मार्नेछ । देश समृद्ध हुनेछ र नेपाली जनता सुखी हुनेछन् ।
नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरूष हुनुहुन्थ्यो–पुष्पलाल । नेपाली कम्युनिष्ट राजनीतिमा उहाँको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिष्ट पार्टी स्थापना र उक्त सङ्गठन विस्तारका लागि उत्प्रेरकको भूमिका निर्वाह भएको थियो । पुष्पलालको परिवार राजनीतिक रूपमा अपरिचित थिएन । उहाँका आफ्नै दाजु गङ्गालाललाई २२ वर्षको कलिलो उमेरमा राणा शासकहरूले गोली हानेर हत्या गरेका थिए । सानैदेखि राजनीतिक परिवेशमा हुर्केका र आफ्नै अगाडि दाजुको गोली हानी हत्या गरेको अवस्था अनि घरमा भइरहने राजनीतिक जमघट र गतिविधि किशोर पुष्पलालका लागि प्रेरक घटना बनेका थिए । दाजु गङ्गालालले आफ्नो हत्या हुनुअघि “आफूले गर्न नसकेको प्रजातन्त्रको स्थापनाको कार्यभारलाई तिमीले गाउँको कुनाकुनासम्म पु¥याउनु” भन्ने सन्देशलाई उहाँले जीवनभरि पछ्याइरहनुभयो । गङ्गालाललाई शोभाभगवतीमै हत्या गरेकै दिन पुष्पलालले नेपालबाट पारिवारिक राणा र सामन्ती सत्ताको अन्त्य गरी सच्चा जनवादी लोकतान्त्रिक न्यायपूर्ण गणतन्त्रवादी नेपाल निर्माण गर्ने प्रण गर्नु भएको थियो ।
कम्युनिष्ट पार्टीको स्थापना
विसं १९९८ मा पुष्पलाल श्रेष्ठले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र राजारामसँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घको गठन गर्नुभयो । सङ्घमा रहेका सदस्यले आ–आफ्नो रगतले प्रतिज्ञापत्रमा सही गरेर पार्टीमा लाग्नुपर्ने नियम बनाएका थिए । सङ्घले राणाशासनको विरोध गर्ने, विद्यालयहरू खोली विभिन्न खालका सीपमूलक तालिम दिने गरिन्थ्यो । भारतमा पनि राणाविरोधी क्रियाकलाप बढाउन पुष्पलालले भित्रभित्रै नेपाल प्रजा परिषद्का नेताहरूसित गोप्यरूपले सम्पर्क राखी टङ्कप्रसाद आचार्यलगायत अरू नेताहरूको फोटो सन् १९४२ मा भारत, पटनाबाट प्रकाशित हुने ‘जनता’ पत्रिकामा प्रकाशित गर्न मद्दत गर्नुभयो ।
त्यस्तै २००४ सालमा नेपाली राष्ट्रिय काग्रेसले नागरिक अधिकारका लागि गरेको आन्दोलनको नेतृत्व पुष्पलाल, शम्भुराम श्रेष्ठ, स्नेहलता श्रेष्ठ, साहना प्रधान आदिले गर्नुभयो । माक्र्सवाद–लेनिनवादलाई सर्वोत्तम विचारधारा ठानी २००६ सालमा कलकत्तामा पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । यसका संस्थापक सदस्यहरूमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशी, मोतिदेवी श्रेष्ठ आदि थिए ।
कम्युनिष्ट पार्टीको घोषणापत्र
पुष्पलालले नेपालमा कम्युनिष्ट विचारधाराको व्यापक प्रचार–प्रसार गर्न कार्लमाक्र्स र फेडरिक एंगेल्सद्वारा लिखित ‘कम्युनिष्ट घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । सो घोषणापत्र माक्र्सवादी विचारको नेपाली भाषामा पहिलो साहित्य हो । २००६ वैशाख १० गते नेपालमा कम्युनिष्ट पार्टीको आवश्यकता छ भन्ने महसुस गरी नेपाल कम्युनिष्ट पार्टी स्थापनार्थ सङ्गठन समितिको गठन आफ्नो नेतृत्वमा गर्नुभएको थियो । यसका सदस्यहरूमा गोविन्द निरन्जन वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । यस सङ्गठन समितिले २००६ भाद्र ३० गते नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्रका साथ विधिवत् नेपाल कम्युनिष्ट पार्टीको घोषणा ग¥यो । पार्टी स्थापना भएपछि विस्तारै कम्युनिष्ट पार्टीको सदस्यमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शम्भुराम श्रेष्ठ, डिपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, हिक्मतसिंह भण्डारी, केशरजङ्ग रायमाझी आदि जोडिनुभयो ।
विसं २००८ मा पुनः कलकत्ताको एक धर्मशालामा कम्युनिष्ट पार्टीको पहिलो सम्मेलन भयो । नेपालको आधुनिकीकरणका लागि ‘नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो’ नामक कार्यक्रम पास भयो । यही बैठकले नेपालमा नयाँखाले पुँजीवादी जनवादी क्रान्ति गर्नुपर्ने आवश्यकतालाई जोड दियो यसलाई नयाँ जनवादी कार्यक्रमको संज्ञा दिइएको थियो । क्रान्तिपछि राज्यको स्वरूप नयाँ जनवादी गणतन्त्र हुने घोषणा गरिएको थियो । यसले नयाँ जनवादी गणतन्त्रमा सामन्तवाद–साम्राज्यवाद विरोधी सबै दलहरूलाई प्रतिस्पर्धात्मक छुट दिने र राज्यको आर्थिक व्यवस्था समाजवादोन्मुख हुने तथा निजी र सरकारी दुवै क्षेत्रको सहकार्यमा समाजवादको निर्माण गर्ने र प्रेस स्वतन्त्रता, बोल्ने, लेख्ने, सम्पत्ति आर्जन गर्ने र सबै प्रकारका मौलिक हक हुने कार्यक्रम ल्याएको थियो । त्यस्तै स्वतन्त्र न्यायपालिकाको परिकल्पना गरिएको थियो । त्यस्तै क्रान्तिकारी भूमिसुधार लागू गर्ने, जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी, गास, बास र कपासको अनिवार्य व्यवस्था राज्यले गर्नुपर्ने आदि महत्वपूर्ण कुरा यसमा उल्लेख गरिएका थिए ।
समाज अध्येता पुष्पलाल
आफ्ना समकालीन नेताहरूभन्दा फरक पुष्पलाल राजनीतिक कर्महरूमा मात्र सीमित हुनु भएन । उहाँले नेपाली समाजको अध्ययन गर्ने, नेपाली इतिहासलाई माक्र्सवादी–भौतिकवादी दृष्टिकोणले केलाउने र त्यसको आधारमा नेपाली क्रान्तिको कार्यक्रम तय गर्ने ऐतिहासिक जिम्मेवारी वहन गर्नुभयो । नेपाली समाजको विश्लेषणको क्रममा पुष्पलाल नेपाली समाज अर्धसामन्ती र अर्ध–औपनिवेशिक रहेको निष्कर्षमा पुग्नुभएको थियो । २०२५ सालको तेस्रो सम्मेलनबाट नयाँ जनवादी कार्यक्रम पारित गर्दा उहाँ दीर्घकालीन सशस्त्र किसान क्रान्ति सङ्घर्षमार्फत् नयाँ जनवाद स्थापना गर्नुपर्ने निष्कर्षमा पुग्नुभएको थियो ।
उहाँले नेपाली समाजमा पूर्ण प्रजातान्त्रिक ९जनवाद० मूल्य र मान्यताको स्थापना र सामाजिक न्यायका लागि जीवनभर आन्दोलनमा होमिनु भयो । उहाँ जहिले पनि श्रमिको हित र विशेष गरेर समाजको पिछडिएको वर्गको हितको बारेमा सोच्ने गर्नुहुन्थ्यो । २००७ सालको क्रान्तिकालमा त्रिपक्षीय दिल्ली सम्झौता ९राजा, राणा, भारतबीच भएको० विरूद्ध पुष्पलालले नेतृत्व गर्नु भई राष्ट्रियताको पक्षमा सङ्घर्ष चलाउनुभयो । त्यो सङ्घर्षले नेपालमा कम्युनिष्ट आन्दोलनका लागि पर्याप्त सहयोग पु¥यो । त्यतिबेलाको नेपाली समाजमा एउटा उदाउँदो चम्किलो नेताको रूपमा आफ्नो छवि स्थापना गर्नुभएको थियो । उहाँमा सशक्त नेतृत्वदायी क्षमता थियो । उहाँ समाज परिवर्तनको प्रवर्तक हुनुहुन्थ्यो । उहाँले राणाविरोधी आन्दोलन, प्रजातान्त्रिक सुधार र निरङ्कुश शासनको अन्त्यका लागि सशक्त नेतृत्व गर्नुभएको थियो ।
उहाँको बौद्धिकता उहाँले लेखेका माक्र्सवाद र समाजवादसँग सम्बन्धित लेखकहरूबाट झल्कन्छ । प्रगतिशील बुद्धिजीवि सम्मेलनमा दिएको भाषण, नेपालमा मातृसत्तात्मक समाज, नेपालमा राजतन्त्रको उत्पत्ति विकास र यसको भविष्य ९अन्त्य०, नेपाली समाजको ऐतिहासिक सर्वेक्षणको आवश्यकताका साथै उहाँले ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभएको थियो । साथै, नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र पनि उहाँले नै लेख्नुभएको हो । उहाँका लेख–रचनाहरू नेपाली नागरिकलाई शिक्षित र जागरूक गर्ने खालको हुन्थ्यो ।
अन्तर्राष्ट्रिय समाजवादी र कम्युनिष्ट आन्दोलनहरूसँग पुष्पलालको सम्बन्ध रहेको छ । उहाँले मस्को र बेइजिङका सम्मेलनहरूमा भाग लिनुभएको थियो । विश्वका शोषित, उत्पीडित जनताको पक्षमा सङ्घर्षरत पार्टीहरूसँग उहाँको सम्बन्ध र ऐक्वद्धता थियो । उहाँले नेपाली समाजको समाजवादी विचारधारा र सामाजिक परिवर्तनका लागि रणनीतिहरूबारे समेत चर्चा गर्न चुक्नुभएको थिएन । पुष्पलाल राजतन्त्रको प्रखर आलोचक हुनुहुन्थ्यो र नेपालमा गणतन्त्रको वकालत गर्ने पहिलो व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँले सामन्ती शासनभन्दा जनताको हितलाई प्राथमिकता दिने राजनीतिक संरचनामा विश्वास गर्नुभएको थियो । उहाँले नयाँ जनवादी कार्यक्रम नेपाली जनताको एक मात्र मूलबाटो कार्यक्रम नै प्रस्तुत गर्नुभयो ।
आफ्नो राजनीतिक जीवनकालभर पुष्पलालले नेपालमा पूर्ण प्रजातन्त्र ९जनवाद० र समाजवादको आन्दोलनलाई बलियो बनाउन सामन्तीवाद इतर–शक्तिहरूको गठबन्धन बनाउने काम गर्नुभयो । उहाँ नेपाली जनताको उत्थान, सामन्ती शासनको अन्त र गणतन्त्रको स्थापनाका लागि नेपालका सबै सामन्तीवाद इतर–शक्तिहरूको राजनीतिक पार्टीहरूमा कार्यगत एकताको पक्षमा हुनुहुन्थ्यो । त्यही अनुरूप उहाँले टङ्कप्रसाद आचार्यले नेतृत्व गरेको प्रजा परिषद्समेतको जातीय जनतान्त्रिक मोर्चा बनाउनदेखि सामन्तवाद इतर अन्य राजनीतिक दलहरूलाई पनि संयुक्त आन्दोलनमा हिस्सा लिन उत्प्रेरणा गर्नु भएको थियो ।
पुष्पलालका विचार र सिद्धान्तले नेपालको राजनीतिक बहसलाई आज पनि निरन्तर प्रभाव पारिरहेको छ । अबको नेपाली जनताको मुक्तिमार्ग पुष्पलालको सिद्धान्त र नीतिबाहेक अर्को विकल्प छँदैछैन । आगामी पुस्ता र राजनीतिककर्मीहरू लागि सामाजिक परिवर्तन र प्रगतिको दिशामा अग्रगतिमा बढ्न चाहनेहरूले पुष्पलालको सिद्धान्त र नीतिलाई प्रेरणा तथा मार्गदर्शनको स्रोतको रूपमा लिनु अत्यावश्यक छ । समग्रमा नेपालको राजनीतिक र वैचारिक परिदृश्यमा पुष्पलालको योगदान गहिरो र दूरगामी छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्यहरूमध्ये एक र समाजवादी सिद्धान्तहरूको प्रखर अधिवक्ताको रूपमा पुष्पलालले सामाजिक कल्याण, आर्थिक समानता र श्रमिक वर्गको अधिकारको वरिपरि केन्द्रित राजनीतिक बहसका लागि आधार तयार पार्नुभएको थियो ।
यसबाहेक पुष्पलालको प्रभाव राजनीतिक आन्दोलनहरूमा प्रत्यक्ष संलग्नताका साथै दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत नेपाली समाजमा वर्गहरूको स्थिति विश्लेषण माक्र्सवादी चिन्तनको आधारमा गर्नुभएको थियो । समाजवाद र नेपालको राजनीतिक परिदृश्यमा लेखिएका लेखहरूसहित उहाँका बौद्धिक योगदानले युवा कार्यकर्ता र बुद्धिजीवीहरूका लागि मार्गदर्शन गर्ने कार्य गरेको थियो र आज पनि गरिरहेको छ । उहाँले छाडेको विचारधारा आज पनि उत्तिकै सान्दर्भिक र समसामयिक छ । लोकतान्त्रिक मूल्यमान्यता, सामाजिक कल्याण र आर्थिक समानताका लागि उहाँको वकालतले नेपालमा वामपन्थी राजनीतिक दलहरूको नीति र प्राथमिकताहरूलाई आकार दिन ठूलो टेवा पु¥याएको छ ।
पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिले नेपालमा सामन्ती राजतन्त्रको अन्त्य हुन पुगेको कुरा सबैले महसुस गरेकै हो । सामाजिक न्याय, समावेशी विकास र लोकतान्त्रिक शासन व्यवस्थाका लागि चलिरहेको आन्दोलनमा उहाँको स्थायी छाप कहिले पनि मेटिने छैन । उहाँको विरासतले अझ न्यायपूर्ण, समतामूलक र पूर्ण प्रजातान्त्रिक ९जनवाद० समाजका लागि चलिरहेको सङ्घर्षमा एउटा ठूलो कोसेढुङ्गाको रूपमा कार्य गरेको छस जसले वर्तमान र भावी पुस्तालाई आफ्नो जीवनभरि एउटा प्रेरणादायक भूमिका निभाउन र पुष्पलाल देखाएको मार्गमा हिड्न सङ्घर्ष गर्दै अगाडि बढ्ने प्रेरक बनोस् । ९लेखक पुष्पलाल जन्म शताब्दी समारोह समितिका सदस्य हुनुहुन्छ०
– रासस

Categorized in व्यक्तित्व