STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

‘कहिले पाउने देशले फेरि नेवार प्रधानमन्त्री ?’

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण २, शनिबार

–प्रेमकृष्ण श्रेष्ठ ‘कान्छीपुत्र’

हाम्रो नेपालमा कहिले आउने युवाले नेतृत्व गर्ने यस्तो सुनौलो दिन ? कहिले युवाले यस्तो प्रमुख पदमा अवसर पाउने ?

एक वर्षअघि ३ नं प्रदेशमा स्थायीरुपमा प्रदेशको नाम ‘बागमति’ र राजधानी ‘हेटौंडा’ सभामा दुईतिहाईले पारित भयो । प्रस्तावकले ‘नेवा ताम्सालिङ्ग’ नाम दर्ता गर्नलाई १ जना पनि समर्थक नपाएको उक्त सभामा २५ नेवार, १५ तामाङ्ग र ५ जना अन्य जनजाति सभासदहरुको उपस्थिति थियो । अन्त्यमा लाचार नेवार सभामुखले हेटौडा र बागमतिको स्थायी टुंगो लागेको औपचारिक घोषणा गरे । पार्टीको ‘ह्वीप’ले किचिएका यी ४५ जनजाति नेताहरु लाचारीको अग्निमा स्वाहा भए ।

जंगबहादुर राणाले ‘कोटपर्व’ मच्चाएपछिको युगमा देशका प्रधानमन्त्रीको नामको पुछारमा झुन्डिन्थ्यो त राणै राणा मात्र । अरुको विकल्प थिएन । एकतन्त्रीय त्यो समयमा, जर्नेल, कर्नेलको गर्भमै श्रीेपेज लगाइदिन्थ्यो । ००७ सालपछि प्रजातन्त्रको अभ्यूदय त भयो । शाहहरु यथावतै राखिए । सामन्त कथिएका, राणा त हटाइए तर राणीहरु (राणाका छोरीहरु)ले देश चलाए ।

प्रधानमन्त्रीमा पहिलोपटक जनताको छोराछोरी आउने क्रम सुरु भए, तर अपवादलाई छोडेर बाहुन र क्षेत्रीका छोराछोरीसिवाय् सर्वोच्य पदमा अरु आएनन् । यो क्रम आज पनि जारी छ ।  

केही वर्षअघि आफ्नो सामान्य ज्ञान संकलन गर्ने क्रममा, एक छिमेकी नानीले सोधेको थियो, नेपालको जिउँदो शहीद को हो ?

मैले भनेँ, टंकप्रसाद आचार्य ।

यसो भनेको केही दिनपछि टिभीमा बसाठी त्रिसाठीको जनआन्दोलनमा गोली खाएर अझै ओछयानमा परिरहेका बनेपाका मुकेश कायस्थको दैनिकी देखाइरहेको थियो । साससिवाय् अरु हरेक कुरा चलाउन आमा नै चल्नुपर्ने उनको दैनिकी देख्दा भूगोलको त्यो एक टुक्रा, देशको नक्शैबाट चोइटिएको हो कि जस्तो लाग्यो । देशको राजधानीको यति नजिक रहेर पनि मुकेश कायस्थप्रति नेताहरुको वेवास्ता किन ? रिस पनि झनन् उठ्यो । हेर्दाहेर्दै म अवाक्क बनेँ, उनका टुलुटुलु आँखाका अभिव्यक्ति र ओठमा खेल्दै गरेको मुस्कानले नेपालको इतिहासलाई नै जिस्काइरहेको जस्तो लाग्यो ।  यही पृष्ठभूमिमा मेरो मनमा हठात प्रश्नको उदय भयो, इतिहासमा जिउँदो शहीद भनेर टंकप्रसाद आचार्यको जीवनी पढाउने कि मुकेश कायस्थको ? शहीदले सत्ता भोग गर्दैन । आफ्ना साथीहरुको बलिदान टेकेर प्रधानमन्त्री भएका टंकप्रसाद आचार्यलाई डा. के.आई सिंहले देशमा दशा प्रकट भयोसम्म भन्न भ्याएका थिए । किनभने टंकप्रसादको नाम उल्टयाउँदा ‘दशाप्रकट’ नै हुन आउँथ्यो । शुक्रराज शास्त्री जोशी, गंगालाल श्रेष्ठ, दशरथ चन्द र धर्मभक्त माथेमाले सता भोगेनन् ।

सायद मरिचमान सिंह श्रेष्ठ आजसम्म जिउँदै रहेको भए, दशगजामा काँडेतार लगाइसक्थ्यो होला । भारतले यसरी मनोमानी नक्सा लेख्ने हिम्मत गर्दैन्थ्यो होला ।

नेपालको इतिहासमा अढाई सय वर्षको समयावधिमा चालीसभन्दा बढीपटक प्रधानमन्त्री फेरिएका छन् । राणाकाललाई छोडेर प्रजातन्त्रको आगमनपछि फेरिएको तीन दर्जनभन्दा बढी सरकारमा पनि हरेक पटक देशको कार्यकारी बन्यो त मात्र बाहुन क्षेत्री ।

एकपटक मात्र नेवार प्रधानमन्त्री भएको थियो र उनको सरकार इतिहासमा कतिको गौरवमय रहयो हामी बारम्बार सम्झन्छौं । यस्तो लाग्छ, सायद मरिचमान सिंह श्रेष्ठ आजसम्म जिउँदै रहेको भए, दशगजामा काँडेतार लगाइसक्थ्यो होला । भारतले यसरी मनोमानी नक्सा लेख्ने हिम्मत गर्दैन्थ्यो होला ।

सरकार र मन्त्रीहरुको सूचीमा नेवार मन्त्रीहरु विरलै अटाएजस्तो विगतको आन्दोलन र नेवार शहीदहरुको सूची नियाल्ने हो भने नेवारको संख्या देख्दा अचम्मित हुन्छौँ । राणाकालमा पनि शहादत पाउने चार शहीदमा तीन जना नेवारै थिए ।  त्यसबाट पुष्टि हुन्छ, नेवारले राजनीति नगरेको होइन तर कि नेवारलाई शहीद बनाइन्छ कि असफल राजनीतिज्ञ ।

हरेक सरकारमा मन्त्रीहरुको सूची आउँछ । कार्यकारी बाहुन र क्षेत्री बनेजस्तो मन्त्रीहरुमा पनि बाहुन र क्षेत्रीको लर्को देखिन्छ । विगतका पुराना सरकारहरु किन कोट्याउने, केपी ओलीले गठन गरेको पहिलो सशोधनसहितको दुई सरकारको नै विश्लेषण गरौँ । पहिलो सरकारको सूचीमा कुनै पनि नेवार मन्त्री परेको थिएन भने संशोधनसहितको सरकारमा पुछारमा एकजना नेवार राज्यमन्त्रीमा झुन्डिएको थियो ।

विगतको सरकार र मन्त्रीहरुको सूचीमा नेवार मन्त्रीहरु विरलै अटाएजस्तो विगतको आन्दोलन र नेवार शहीदहरुको सूची नियाल्ने हो भने नेवारको संख्या देख्दा अचम्मित हुन्छौँ । राणाकालमा पनि शहादत पाउने चार शहीदमा तीन जना नेवारै थिए ।  त्यसबाट पुष्टि हुन्छ, नेवारले राजनीति नगरेको होइन तर कि नेवारलाई शहीद बनाइन्छ कि असफल राजनीतिज्ञ ।

गणेशमान सिंह श्रेष्ठले नेपाली कांग्रेसको लागि त्यत्रो त्याग गरे तर इतिहासमा उनी ‘लौहपुरुष’को रुपमा मात्र चिनियो, प्रधानमन्त्रीको रुपमा चिनिएन । माओवादी जनयुद्धमा १७ हजारको जुन खून बग्यो, त्यस्मा सोझासिधा जनजातिकै बढी हिस्सा थियो । त्यो खूनमा कति नेवारको खुन मिसियो लेखाजोखा छैन ।

एउटा जातिको मात्र देश पक्कै नभएकोले, अबको भावी प्रधानमन्त्री नेवार नै हुनुपर्छ । यही तिक्ततास्वरुप नै हुनुपर्छ, कता कता आक्रोशित जनताले देशका प्रधानमन्त्री र राष्ट्रपति जनताको सिधा जनमतले निर्वाचित हुनुपर्छसम्म भन्न थालेका छन् ।

यसैले त अहिले कता कता यस्तो आवाज उठ्न थालेको छ, एउटा जातिको मात्र देश पक्कै नभएकोले, अबको भावी प्रधानमन्त्री नेवार नै हुनुपर्छ । यही तिक्ततास्वरुप नै हुनुपर्छ, कता कता आक्रोशित जनताले देशका प्रधानमन्त्री र राष्ट्रपति जनताको सिधा जनमतले निर्वाचित हुनुपर्छसम्म भन्न थालेका छन् । संसदमा बलियो दलको, बलियो जातिको बलियो नेताले नै यस्ता कार्यकारी पद कुम्ल्याउने हुन् । नेपालको इतिहासमा बलियो दलको बलियो जातिले निम्छरालाई खासै अवसर दिएको देखिँदैन ।

देश यथास्थितिमै अल्झिरहनुको यो एउटा विकल्प प्रस्तुति मात्र भयो । यो वाहेक देश विकासका अरु पनि विकल्प छन् । नेपालमा युवाले पनि आजसम्म देशमा विरलै नेतृत्व गरेको पाइन्छ । राजनीतिक योगदान लम्बाइले होइन, चौडाइले नाप्नु पर्छ । युरोपका प्रायःजसो विकसित देशमा युवाले नै देशको नेतृत्व गरेको देखिन्छ । फिनल्याण्डमा ३४ वर्षकी महिला राष्ट्रपतिले देशको लागि कति नै लामो योगदान गर्यो होला र ? उनीसित क्षमता छ र क्षमता भएकोले सानै उमेरमा उनलाई देशको कार्यकारी दिए । युवालाई कार्यकारी दिँदा उनले युवालाई नै देश बनाउने किस्ता किस्तामा ठेक्का दिएको देखिन्छ ।

हाम्रो नेपालमा कहिले आउने युवाले नेतृत्व गर्ने यस्तो सुनौलो दिन ? कहिले युवाले यस्तो प्रमुख पदमा अवसर पाउने ?

उहीँ जाति, उहीँ ब्यक्ति पटकपटक देशको कार्यकारी बन्दा नै देश पिछडिएको हो । विकसित देशमा जस्तो दुईपटक कार्यकारी बनेपछि बन्न नपाइने नियम हाम्रो देशमा पनि बनाउन हतारो भइसकेको छ । दशपटक पनि प्रधानमन्त्री बन्न पाउने ब्यवस्थाले धेरै सक्षम राजनैतिक युवालाई हतोत्साहित बनाएको छ ।

सके अब युवालाई नेतृत्व दिऔँ, होइन भने देशको कार्यकारी घोषणा गर्दा जातियताको घेराभन्दा माथि उठौँ । देशको वर्षभरिको साँझलाई नै दीपावलीको साँझतुल्य झिलिली बाल्ने कुलमान घिसिङ्गलाई विकल्प सोचौँ । महावीर पुनको अवसरको बारेमा आवाज उठाऔँ । यस्ता गुमनाम ब्यक्तिहरु नेपालमा धेरै छन्, जोसित समृद्ध नेपाल बनाउने क्षमता छ । यस्ता ब्यक्तित्वहरुलाई पहिचान गरौँ र देशको जिम्मेवारी सुम्पौँ ।

उहीँ जाति, उहीँ ब्यक्ति पटकपटक देशको कार्यकारी बन्दा नै देश पिछडिएको हो । विकसित देशमा जस्तो दुईपटक कार्यकारी बनेपछि बन्न नपाइने नियम हाम्रो देशमा पनि बनाउन हतारो भइसकेको छ । दशपटक पनि प्रधानमन्त्री बन्न पाउने ब्यवस्थाले धेरै सक्षम राजनैतिक युवालाई हतोत्साहित बनाएको छ ।

यो बाहेक, गौरवशाली इतिहासको निर्माणमा कुन जातिको बढी खून अंकित छ, त्यस्को पनि लेखाजोखा गरौँ । त्यागको मूल्यको पनि कदर गरौँ । अरु उच्च भनाउँदा जातिले पाँचपटक सरकार चलाउँदा एकपटक भए पनि जनजातिले देशको कार्यकारी हुने अवसर पाउनु पर्छ ।

(लेखक कीर्तिपुर क्षेत्रका चर्चित युवा साहित्यकार एवं कीर्तिपुर नगरपालिका ९ वडाका वडा सदस्य हुनुहुन्छ ।)

Categorized in विचार