STC 810x100 adv
janswastha 11 11 78

सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ ४, शनिबार

काठमाडौं - दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार गरेको आरोप लागेका चारमध्ये दुई जना पक्राउ परेका छन् । तुलसीपुर उपमहनगरपालिका–५ की २५ बर्षीया युवतीमाथि २ असार राति तुलसीपुर–९ दोघरेस्थित निर्माणाधीन घरमा चारजनाले सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आरोपितमध्ये तुलसीपुर–९ दोघरेका २४ बर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेका हुन् भने अन्यको खोजी जारी रहेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए ।

Categorized in अपराध-दुर्घटना
Newa Online Adv