STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

वायुसेवा निगमलाई कम्पनी मोडेलमा लैजाने तयारी, विरोधमा तालाबन्दी

Janjati Khabar – Janjati Khabar | २०७८ आषाढ २२, मंगलबार

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने मनसायसहित कम्पनी मोडेलमा लैजाने सरकारले तयारी गरेको भन्दै त्यसको विरोधमा प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलको कार्यकक्षमा कर्मचारीले लगाएको ताला प्रहरीले खुलाएको छ ।

संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई ताला खुलाउन पत्राचार गरेपछि प्रहरी लगाएर ताला तोडिएको हो ।

निगममा कार्यतर कर्मचारीले विभिन्न माग राखी १८ असारदेखि महाप्रबन्धक तथा निर्देशकको कार्यकक्षमा गरेको तालाबन्दी खोल्न मन्त्रालयले गृह मन्त्राललाई पत्र लेखेको थियो । साथै पर्यटन मन्त्रालयले निगममा शान्ति सुव्यवस्था बहाल गरी निगमको अत्यावश्यक तथा व्यवस्थापकीय सेवाहरू पुनः सुरु गर्न आवश्यक समन्वय गरिदिनसमेत अनुरोध गरेको थियो । पर्यटन मन्त्रालयको अनुरोधपछि गृहले प्रहरी लगाएर ताला खुलाएको हो ।

निगमलाई निजीकरण गर्ने मनसायसहित कम्पनी मोडेलमा जाने सरकारको तयारीमा निगमका विभागी प्रमुख र ट्रेड युनियन संगठनहरू आन्दोलित भएका हुन् । शुक्रबार नै तालाबन्दीमा उत्रिएका कर्मचारीहरूले आइतबार अर्थमन्त्री विष्णु पौडेललाई निजीकरण गर्ने निर्णय खारेज गर्न माग गरेका थिए ।

१३ असारमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको अध्यक्षतामा बैठक बसेर दीर्घकालीन असर पर्ने विषय गुपचुप रूपमा निर्णय लिएको कर्मचारी संगठनहरूको दाबी छ ।

Categorized in राजनीति