STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

भक्तपुर सकृय साहित्यिक संस्था याताःजको आयोजना

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २९, आइतबार

भक्तपुरको एक सकृय साहित्यिक संस्था याताःजको आयोजनामा लघुकथा बारे अन्तर्कृया र एउटा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । आयोजक याताजस्का एक सदस्य कृष्णभक्त बोडेले उदघोषण गरेको सो कार्यक्रम याताजस्कै अर्का जेष्ठ सदस्य सौरव शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो । दुई चरणमा बांडिएको उक्त कार्यक्रमको पहिलो चरणमा नेपाल भाषाका उदयमान कथाकार न्हुछेभक्त कवांको कथासंंगह ूक्वास्नाखं मिं नःगु छें ू को सार्वजनिकिकरण गरिएको थियो । ने।सं।११३९ दिल्लाथ्व द्वादशि अर्थात् असार २८ गते शनिबारका दिन भएको सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका वरिष्ठ साहित्यकार एवं पूर्व साँसद लक्ष्मण राजबंशीले पुस्तकको सार्वजनिकीकरण गर्नुभयो भने सम्पूर्ण कथाहरूको केस्रा केस्रा केलाउँदै समीक्षा गर्नुभयो । साथै कथाहरूको सटिक विश्लेषण गर्नुभयो । मन्तव्यका क्रममा चर्चित लघुकथाकार रत्न कोजुले कथा भित्रका राम्रा नराम्रा पक्षलाई केलाउने जिम्मा पाठकवर्गलाई नै छोड्नु हुँदै कथाकारको सफलताको कामना गर्नुभयो । भने सो पुस्तकका दाता केपि सुवालले सोही कथासंग्रह भित्रका एउटा कथा वाचन गर्नु भएको थियो । त्यस्तै याताजस् कै अर्का सदस्य एवं संग्रहका प्रकाशक कुतस् प्रकाशनको तर्फबाट बिमल ताम्राकारले ू संग्रह भित्र रहेका १८ वटा कथाहरू नै भक्तपुरको स्थानीय नेपाल भाषाबाट प्रकाशन गर्ने लक्ष रहेको भएता पनि समय अभावको कारणले १६ वटा काठमाण्डौमा बोलिने नेपाल भाषा र २ वटा भक्तपुर कै स्थानीय नेपाल भाषाबाट प्रकाशन भएको चर्चा गर्नुभयो । त्यसैगरी सोही पुस्तकका लेखक न्हुछेभक्त कवांले संग्रहभित्रकै एउटा लामो कथा ू क्वास्नाखं मिं नःगु छेंू वाचन गर्नुहुँदै ूआफू साहित्यकारहरूको संगतले नै यो संग्रह निकाल्न उत्साहित भएको र प्रायस् कथाहरू समाजभित्रकै बेथिति,बिसंगति अनि बिकृतिहरूलाई समेटिएकोले यसको श्रेय पनि सााजलाई नै जाने ूबताउनुभयो । दोस्रो चरणको कार्यक्रम भने लघुकथा परिचयात्मक गोष्ठीका रूपमा रहेको थियो । ूनेपाल भाषा साहित्यको विकासका लागि केही गरौ ू भन्ने मूल उद्देश्य बोकी स्थापना भएको साहित्यिक संस्था याताजःको आयोजना एवं लेखकको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य बिमल ताम्राकारले गर्नुभयो भने याताजःका लागि ू श्याम विश्व लघुकथा पुरस्कारू का दाता चर्चित लघुकथाकार श्याम आसाले आफ्नो धारणा राख्नु भएपछि गोष्ठीमा वरिष्ठ समालोचक प्रा। नर्मदेश्वर प्रधानले लघुकथा भित्रका सैद्धान्तिक पक्षहरूलाई केलाउँदै तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभयो । सो कार्यपत्र माथि लक्ष्मण राजबंशी, नरेशबिर शाक्य , चर्चित साहित्यकार ध्रुव मधिकर्मी, महेन्द्रगोपाल कर्माचार्य, सुधिर ख्ववि, पुष्कर माथेमा, राजेन मानन्धरलगायतले सैद्धान्तिक पक्षलाई मात्रै नअंगालि स्वतन्त्र अभिव्यक्तिलाई प्रमुख स्थान दिनुपर्ने र यसबारे फेरि फेरि पनि बहश चलाउनुपर्ने धारणा राख्नुभयो । नेपाल भाषाका साहित्यकार अनि पत्रकार गरि ३ दर्जन स्रस्टा हरुको सहभागिता रहेको उक्त कार्यक्रमको अन्त्यमा सभापतित्व गर्नुभएका साहित्यकार सौरव शाक्यले सबैलाई धन्यबाद दिनुहुँदै कार्यक्रमको समापन गर्नुभयो ।
Categorized in सिनेमा