STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेवार समुदायको पाँहाचह्े पर्व

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २२, शुक्रबार

देशभरी छरिएर रहेका नेवार समुदायले बिहीबार हर्षोल्लासका साथ पाँहाचह्े पर्व मनाएका छन् । पाँहाचह्े नेवार समुदायको दोस्रो ठूलो चाड हो । बिहानदेखि नुहाइधुहाइ गरी चोखो पारी विभिन्न थरिको भोज बनाउनुका साथै साँझपख सडकको खाल्टोमा लुकेर बसेको लुकुमहाद्योको पूजा गर्ने गरिन्छ । काठमाडौँ, भक्तपुर, ललितपुर दोलखा, पाल्पा आदि ठाउँमा छरिएर बसेका नेवार समुदायले मनाउने यो चाड काठमाडौँ उपत्यकाका नेवार समुदायको विशेष चाडको रुपमा लिइन्छ । आफूलाई दैत्यको आक्रमणबाट बच्ने उपायको रुपमा फोहर मिल्काइएको डङ्गुरमुनिको खाल्टोमुनि सृष्टीकर्ता महादेव लुकेर बसेकाले नेपाल भाषामा यो महादेवलाई लुकुमहाद्यो भन्ने गरिन्छ । संस्कृतिविद् डा चुन्दा बज्राचार्यका अनुसार हरेक वर्षको चैत्र कृष्णचतुर्दशीको दिन मनाइने पाँहाचह्ेका दिन लुकुमहाद्यो महादेव लाई नेवारी परम्परा अनुसारको भोजसहित थ्वँ, अयला, राँगाको मासु चढाइन्छ । साथै लुँबँु तथा बह बुँ ९सुन र चाँदीको फुल पनि चढाइने गरिन्छ । महायानी बौद्धधर्माबलम्बीले तान्त्रिक पूजा गर्ने चलन पनि रहेको यो पर्वलाई हरियो लसुनको पर्वको रुपमा पनि लिइन्छ । अर्थात आज तयार गर्ने भोजमा हरियो लसुन अनिर्वाय छ । यसैले ‘कन्हसँ निसेँ वयेहे मखु । लाबा तरकारी नयेहे मखु । ’अर्थात ९भोलिदेखि आउँदिआउँदिन लसुनको तरकारी खाँदैखाँदिन भन्ने नेपाल भाषाको गीत गाउने चलन पनि छ ।नेवार समुदायमा आजसम्म हरियो लसुन खाने गरिन्छ । नेपाल मण्डललाई रक्षा गरेर बसेका अजिमा द्यो अजिमा देवीहरु लाई पनि भोज खुवाउनुपर्छ । राजा गुणकामदेवले नेपाल मण्डलको निर्माण गरिसकेपछि ती अजिमालाई नेपाल मण्डलको सुरक्षा गर्ने जिम्मा दिएको बङ्शावलीमा उल्लेख छ । लुँमधि अजिमा, कङ्ग अजिमा, म्हेपी अजिमा, तकति अजिमा, मैति अजिमा, यतम अजिमा, बछला अजिमा र लुतिमरु अजिमा गरी आठ जना अजिमा छन् । अजिमाको स्थापना गुणकामदेवले गरेको भए पनि त्यसको रथजात्रा नेपाल संवत् ५८० मा अमर मल्लले चलाइएको इतिहास छ । नेवार समुदायको दोस्रो ठूलोचाड भएकाले छोरी, ज्वाइँ, नातीनातिनालाई बोलाई भोज खुवाउने परम्परा रहेको छ ।
Categorized in सिनेमा