STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जाजरकोटका घाइतेलाई भेटेर रुकुम फर्किए प्रधानमन्त्री

Janjati Khabar – Janjati Khabar | २०८० कार्तिक १८, शनिबार

जाजरकोट- भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका प्रधानमन्त्री प्रचण्ड घाइतेलाई भेटेर दिएर रुकुम पश्चिम फर्किएका छन् ।

जाजरकोटको खलङ्गास्थित जिल्ला अस्पतालमा पुगेर प्रधानमन्त्री प्रचण्डले घाइतेहरूलाई भेटेर ढाडस दिएका हुन् । नेपाली सेनाका १६ जनाको मेडिकल टीमसहित पुगेका उनले डाक्टर र औषधी लिएर आएको बताउँदै घाइते र आफन्तलाई चिन्ता नलिने भनेका थिए ।

‘डाक्टर र औषधी ल्याएर आएका छौं । उपचारमा समस्या हुँदैन छिट्टै निको हुन्छ । चिन्ता नलिनुहोला,’ उनले भने ।

प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत र प्रदेश सांसद राजिवविक्रम शाह पनि अस्पताल पुगेका थिए ।

जाजरकोटका पीडितलाई भेटेपछि प्रधानमन्त्री प्रचण्ड रुकुम पश्चिम फर्किएका छन् । रुकुम पश्चिमको आठविसकोट नगरपालिका लगायतका क्षेत्रमा पनि ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

Categorized in राष्ट्रिय