STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

जनजाति र संस्कृत भाषा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ३०, सोमबार

सबै भन्छन् संस्कृत भाषा अमृत समान हो र तर जनजातिहरु भन्दछन् संस्कृत भाषा मृत भाषा हो । हुनसक्छ उनीहरुले पनि अमृत भन्छुभन्दा अ भन्न बिर्सेर मृत मात्र पो हुन कि । एकजना भोजपुरी कवि पं. दीघनारायण मिश्रले नीतिके वचन मा भनेको छन् जहाँ सद्भाव हुन्छ त्यहाँ नै सुमित हुन्छ । जहाँ दुर्भाग्य हुन्छ त्यहाँ कलह हुन्छ अनि त्यहिँबाटै सुखशान्ति हराउँछ । जनजातिहरुले संस्कृत भाषालाई मृत भाषा भन्दै दुर्भावना फैलाइरहे पनि उनीहरु यो पनि स्विकार्छन् कि संस्कृत भाषा अति प्राचीन र समृद्ध भाषा हो । वेद पुराणलगायत कैयन प्राचीन ग्रन्थहरु यसै भाषामा लेखिएका छन् । यो भाषा नेपालीलगायत धेरै भाषाहरुको जनकि हो । यति कुरा जान्दाजान्दै पनि संस्कृत भाषालाई सधैभरि मृत भाषा हो, यसको आवश्यकता छैन । यसको पठनपाठनमा गरिएको लगानी व्यर्थ हो । यो भाषालाई मातृभाषा रुपमा प्रयोग गर्नेहरु विश्वमा एकजना पनि छैनन् भन्नु आफ्नो भनाइलाई आफै खण्डन गर्नु हो । नेपालीलगायत थुप्र्रै भाषाको जननि भाषालाई कसरी बचाउने, कसरी हुर्काउने, कसरी फलाउने, फुलाउने भन्ने चिन्तन गर्नुको साटो यसमाथि धारे हात लगाउनु पक्कै पनि बुद्धिमानी होइन । संस्कृत भाषा जात्तिकै प्राचीन र थुप्रै युरोपेली एवं अंग्रजी भाषाहरुको जननिका रुपमा युरोपमा ल्याटिन भाषालाई लिइन्छ र त्यो भाषा पनि संस्कृत जत्तिकै समृद्ध भाषा हो । त्यो भाषा पनि आज धेरैले बोल्दैनन् तर पनि युरोपमा त्यसलाई जोगाउने कार्यहरु भइरहेको छ । त्यसलाई त्यहाँका जनजातिहरुले मृत भाषा भनेर हाम्रा जनजातिहरुले संस्कृत भाषालाई आर्यघाटमा लगेर दाहसंस्कार गर्ने प्रयास गरेझैँ दाहसंस्कार गर्न खोजेका छैनन् । यसैबाट पनि हाम्रा जनजातिहरुको अभीष्ट के हो भन्ने बुभ्न सकिन्छ । आज हामीकहाँ संस्कृत भाषामाथि सबैभन्दा बढी प्रहार यदि कतैबाट भएको छ भने त्यो जनजातिबाटै भएको छ । नाम माओवादी आन्दोलन राखिए पनि नेपालमा चलेको आन्दोलन वास्तवमा जनजातिय आन्दोलन नै हो । यो आन्दोलनका नाममा थुप्रै विद्यापीठदेखि लिएर सिंगो महन्द्र संस्कृत विश्वविद्यालयसमेत पीडित छ । विद्यापीठदेखि लिएर स्कुलहरुमा पढाइने संस्कृत शिक्षामाथि प्रहार भएको छ । प्रश्नपत्रहरु जलाउने कार्यदेखि लिएर स्कुल, विद्यालय र विश्वविद्यालय समेत जलाइए । संस्कृत शिक्षाको पठनपाठन रोक्न नमान्ने शिक्षकहरुलाई कुट्ने पिट्नेदेखि लिएर भौतिक रुपमै समाप्त पार्नेसम्मका कार्यहरु भए । यो भाषिक विद्धेष किन फैलाइदै छ ? यदि संस्कृत भाषा नेपाली भाषालगायत अन्य थुप्रै भाषाको जननि हो भने यसमाथि आक्रमण किन ? विदेशी भाषालाई पाठ्यपुस्तक मा अनिवार्य गरिंदा केहि नबोल्नेहरु जननि भाषालाई पाठ्यपुस्तकमा अनिवार्य गरिदा किन आगो ओकेल्दै छौं र यही भाषाको अध्ययन अनुसन्धानमा विदेशी हरुसमेत लागिरहेको समयमा किन हामीलाई लाज लाग्दैन ? एकजना जनजातिका विद्धानले एकपटक कान्तिपुर दैनिकमा लेखेका थिए संस्कृत भाषा मृत भाषा भए पनि मानव जातिकै महान् हो र सिंगो विश्वको निधि  हो । यसको अध्ययन अनुन्सन्धान गरिनु पर्दछ । तर कुनै दिन उनै लेखकले फेरि संस्कृत शिक्षाको यतिसम्म धज्जी उडाए कि त्यति सायद अन्य कसैले पनि आजसम्म उडाएको छैन होला । अमृत भाषालाई अ बिर्सेर मृत भन्नेहरुले के बुभ्नु पर्दछ भने हिन्दुहरुका गर्भारम्भ संस्कारदेखि लिएर मृत्यु संस्कारसम्मका सम्पूर्ण गतिविधिहरु संस्कृतकै  क्रृचाद्धारा निर्देशित छन् । कुनै यस्तो कर्म छैन जो संस्कृत श्लोकहरुद्धारा निर्देशित नभएको होस् । भोजन गर्नेदेखि लिएर मलमूत्र त्याग गर्नेसम्मका कर्मका लागि निर्देशन गरिएको छ । यो कुरा नबुझ्नेहरुका लागि मात्र संस्कृत भाषा मृत हुन सक्दछ । बुभ्नेहरुका लागि अमृत नै हो । जनजातिमा सबैभन्दा पहिले यो कुरा बुझेर यो भाषालाई अमृत भन्ने विद्धाने हुन् डा.स्वामी प्रपन्नाचार्य । यदि उनी पनि काले राई नै रहिरहेको भए उनले पनि मृत भाषा नै भन्थे होला । स्वर्गीय महात्मा गान्धीले पनि दुधको उपयोगिता नबुझ्दासम्म दुध मानिसको खाद्य पदार्थ नै होइन भन्दथे र त्यसैलाई पुष्टि गर्दै किताबसमेत लेखेका थिए तर पछि उनले दुधकोे उपयोगितालाई बुझेपछि आफ्नो आत्मकथामा अघिल्लो भनाइलाई सच्याउँदै क्षमायाचना गरेको छन् । गल्ती महसुस गर्नु महानता हो । जनजाति हरुले पनि कुनै न कुनै दिन जननि भाषालाई मृत भाषा भनेकोमा पश्चाता्प गर्नेछन् र आफ्नो भाषिक आन्दोलन गलत भएकोमा क्षमायाचना गर्नेछन् । त्यसमा ढुक्क भए हुन्छ । प्रतिक्षा गरौं त्यो समय अवश्य पनि आउनेछ ।
Categorized in विचार