STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र लेखक तथा निर्देशक गुरुङ्गको निधन

Janjati Khabar – जनजाति खबर | २०७७ भाद्र २४, बुधबार

विजयरत्न असंबरे


चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको महाराजगञ्ज स्थित मेट्रो अस्पतालमा उपचारको क्रममा निधन भएको छ । कलेजो सम्बन्धी रोगबाट पीडित ४२ वार्षिय गुरुङको गए राती २:०० बजे निधन भएको बताइएको छ । अचानक बिरामी भएपछि सोमबार गुरुङलाई अस्पताल भर्ना गरिएको थियो । उहांले निर्देशन गर्नु भएको `डमरुको डन्डीबियो´ सर्वत्र प्रशंसा भएको थियो भने व्यावसायिक रुपमा खासै सफल भने हुन सकेन । एक चलचित्र लेखकका रुपमा चर्चा कमाएका चलचित्रकर्मि छेतेन को `प्रेम गीत-३´ प्रदर्शन हुन बाँकी चलचित्र हो । हाल उनी निर्माता सन्ताेष सेनसंग मिलेर चलचित्र यात्रा अगाडि बढाउँदै थिए भने `प्रेम गीत-३´ सन्तोष सेन र छेतेन गुरुङ्गको संयुक्त निर्देशनमा बनिरहको थियो । दिनेश राउतले निर्देशन गरेको चलचित्र नोभेम्बर रेनको कथा, पटकथा र सम्बाद लेखेर उनी चलचित्र क्षेत्रमा भित्रिएका थिए । गुरुङले सन् २०१६ को चलचित्र क्लासिक, सन् २०१७ को चलचित्र डायरी र सन् २०१९ को चलचित्र ए मेरो हजुरको समेत लेखन कार्य गरेका थिए । उनले सन् २०१८ को चलचित्र डमरुको डण्डिबियोको कथा लेखन तथा निर्देशन समेत गरेका थिए । गुरुङले लेखन, निर्देशन गरेको अर्को चलचित्र प्रेमगीत ३ प्रदर्शनको लागि तयारी अवस्थामा छ । प्रेमगीत ३ छेतेन र सन्तोष सेनले संयुक्त निर्देशन गरेको चलचित्र हो । पछिल्लो समय छेतन हुतुतु नामक चलचित्रको लेखनमा व्यस्त थिए भने यो चलचित्र को निर्देशन पनि सन्तोष सेन र छेतेन गुरुङ्गको संयुक्त निर्देशनमा बनिन् लागेको थियो ।
Categorized in सिनेमा