STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

को आदिवासी ? को जनजाति ?

Janjati Khabar – जनजाति खबर | २०७६ श्रावण ३, शुक्रबार

नेपालमा विभिन्न ३२ वटा जनजातिहरुका जातीय संगठनहरु मिलेर बनेको जनाजाति महासंघ वा अन्य जनजातिवादीले आदिवासी र जनजाति पदावलीलाई जर्बजस्ती एक एक अर्काका पर्याय मान्दै आएका छन् । झट सुन्दा सही जस्तो लागे तापनि वास्तवमा उनीहरुको यो भनाई सही छैन । किनभने आदिवासी शब्द बसोबाससँग सम्बन्धित छ । अग्रेजीको इन्डिजिनस वा एबोजिनको नेपाली अर्थ हुन्छ आदिवासी, निवासी वा मूलवासी । यसरी आदिवासी बसोबाससँससम्बिन्धित देखिन आउँछ भने जनजाति शब्द वंशज वा उद्भवसँग सम्बन्धित छ । अंग्रेजीको एथनिकको नेपाली अर्थ जनजाति हुन्छ । एथनिक शब्द ग्रीक Ethnic शब्दको Ethonod  बाट उत्पन्न भएको हो जसको अर्थ जनता हो । जनजातीय समूहलाई प्रजातीय वा प्राजातिक वा प्रजाति विषयक समूहको नामले मनि सम्बोधित गरेको देखिन्छ । वास्तवमा जनजातीय समूह भनेको आफ्नै मौलिक परम्परा जीवनयापनको तरिका र विषेशता भएका मानिसहरुको समूह हो । कहीकहीं यसलाई Nationalities को अर्थमा पनि लिने गरिएको पाइन्छ । उदारणार्थ चीनमा यसलाई नेसनलिटिज भनिन्छ भने अमेरिकामा नेटिभ भनिन्छ । अफ्रिकामा ट्राइबल क्यानडामा नेसन्स, साउथ अमेरिकामा इन्डिजनस कम्युनिज, पूर्व सोभियत संघमा नेसनल माइनोरिटिज, भारतमा अनूसुचित जनजाति, नेपालमा जनजाति, र विश्वबैंकले इन्डिसिन पपुलेसन ट्राबलगु्रप एवं एथनिक माइनोरिटिज, भन्ने गरेको छ । पालले जनजाति भनेर तोकिदिएको यो वर्गमा ६१ जनजाति पर्दछन् । ६१ जनजातिमध्येको नेवारका विषमा भने नेवार समुदाय भित्रैबाट आफूहरुलाई सरकारले आदिवासीभित्र राखिदिएकोमा विरोध जनाइसके छन् । यो प्रसंग अगाडि नै आइसकेको छ । नेवार बाहेकका ६० जातिमध्ये मनाङेलाई पनि जनजातिप्रतिष्ठानले सुचीबाट हटाएपछि अब ५९ भएका छन् । अब यीमध्ये कुन जनजाति हुन् र कति आदिवासी हुन्, त्यसको अलगअलग अध्ययन नगरी हामीकहाँ एउटै भाँडोमा खिचडी पकाइएको छ । वास्तवमा किरातँ र मगरहरु मात्र नेपालका आदिवासी हुन् बाँकि सबै जनजाति हुन् ।
Categorized in विचार