काठमाडौंको सामाखुशीमा आगलागी
Janjati Khabar – Janjati Khabar | २०७९ पौष २२, शुक्रबार
काठमाडौं - काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ ।
टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए।
आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ ।
आगलागी नियन्त्रणका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताए। आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ ।
Categorized in अपराध-दुर्घटना

