STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

असनको सम्पदा बचाउन गुथि संस्थानलाई बुझाएको ज्ञापन पत्रमा के छ ?

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र ९, सोमबार

काठमाडौं महानगरपालिका २५ वडामा रहेको असनस्थित असं कोथुननी ऐतिहासिक सम्पदा मासेर गुथि संस्थानले एक नीजि कम्पनीलाई व्यापारिक कम्प्लेक्स बनाउनको लागि गरेको सम्झौता विरुद्ध हिजो आइतबार असं कोथुननी बचाऊ अभियानले गुथि संस्थानमा धर्ना कार्यक्रम गरी ज्ञापन पत्र साथै हस्ताक्षर बुझाएको छ । बचाऊ अभियानले गुथि संस्थानको प्रमुखलाई बुझाएको ज्ञापन पत्रमा के के माग गरिएको छ रु ज्ञापन पत्रको विस्तृत विवरण पढ्नु होस् ।   गुठी संस्थान केन्द्रीय कार्यालय त्रिपुरेश्वर, काठमाडौं । विषय ः ज्ञापन पत्र गुथि परम्परा नेपालीको धार्मिक, साँस्कृतिक र सामाजिक जीवनसँग अविछिन्न रुपमा सम्बन्धित विषय हुन् । त्यसैले यो नेपालीको स्वत्व र पहिचानसँग जोडिएको छ । गुठी संस्थानलाई गुथि परम्परा र सो परम्परा सञ्चालनको आयस्ता व्यवस्थापनको जिम्मा दिइएको हो । त्यस माथि अमानती गुथि सञ्चालनार्थ गुठी संस्थानको एकलौटी हकभोग रहने जग्गाको रेखदेख र व्यवस्थापन यो सँगै सम्बन्धित विषय रहेको छ । यी र यस्ता गुठी संस्थानको पूर्ण स्वामित्व रहेको घर जग्गा सम्पदा के कति संरक्षण गर्न सके, त्यस सम्बन्धि सन्तुष्टि, असन्तुष्टि, गुनासो वा व्यवस्थापन पक्षमा रहेका त्रुटी वा अनियमितताबारे थुप्रै चर्चा हुने गरेका छन् । यस प्रतिको जवाफदेहिता र उतरदायित्व गुठी संस्थानको हो, यसबाट संस्थान पन्छिन मिल्ने कुरा होइन । यस ज्ञापन पत्र मार्पmत गुठी संस्थानको पूर्ण स्वामीत्व स्थापित दुइ सम्पदा स्थल छाँयादेवी कम्प्लेक्स र असन कोथुननीमा गुठी संस्थानले खेलेको भूमिका जन अपेक्षित नरहेकोले ध्यानाकर्षण र खबरदारी गर्न चाहन्छौ । यस ज्ञापन पत्रमा १५००० नेपाली नागरिको संयुक्त जनअभिमतको रुपमा हस्ताक्षर रहेको समेत ध्यानाकर्षण गराउन चाहन्छौ । १० नेपालको साँस्कृतिक केन्द्र तथा बाणिज्य ब्यापारको ऐतिहासिक धरोहरको रुपमा रहेको असन बजारको पश्चिम तर्पm रहेको श्री ५ को बायु देबता गुथि जनिएको घरमा गरेको निर्णय र श्रृखलाबद्ध रुपमा गुठी संस्थानका पदाधिकारी र कर्मचारीहरुबाट ब्यक्त विचारप्रति असहमति प्रकट गर्दै ध्यानाकर्षण गर्न चाहन्छौ । उक्त घर गुठी संस्थानको पूर्ण स्वामित्वमा रहेको सम्पति हो । उक्त घर गुठी संस्थानको स्वामित्वमा रह्नुले त्यससँग सनातन कालदेखि चलिआएका धार्मिक साँस्कृतिक महत्व र परम्परा जोडिएको पुष्टि गर्दछ । त्यस घरमा ५०० वर्षभन्दा पुरानो अमिताभ बुद्धको मुर्ति रहेको छ । उक्त मुर्तिको कालखण्डबारे पुरातत्व विभागले समेत पुष्टि गरिसकेको छ । त्यस स्थानलाई अशोक बृक्ष विहार कोथुननी भनिन्छ । त्यसैले यस घर सम्पदा स्थल हो भन्नेमा दुइ मत छैन । तर गुठी संस्थान यस पक्षलाई स्वीकार गर्न तयार भएको सुन्नमा नआएकोमा हामी सम्पदापे्रमी अचम्भित भएका छौ । यस सम्पदालाई सम्पदा कै रुपमा संरक्षण, सम्बद्र्धन र पुननिर्माण गर्नुपर्दछ भन्ने माग यसै ज्ञापन पत्र मार्पmत राख्न चाहन्छौ । । त्यसका लागि गुठी संस्थानले २०७४ साल भदौ महिनामा बज्रयोगिनी सहकारी संस्थासँग यस सम्पदा स्थलमा विजनेस कम्प्लेक्स बनाउन गरेको २५ वर्षे अवधि रहेको सम्पदा संरक्षणका दृष्टिले दुषित करार सम्झौता खारेज गर्न जोडदार माग गर्दछौं । उक्त सहकारी संस्थासँग करार सम्झौता गर्दा भएका र देखिएका कमी कमजोरीहरुले अनियमितताको आशंका रहेकोले सो को समेत छानबीन गरी दोषीलाई कारवाही गर्न समेत माग गर्दछौ । उक्त करार सम्झौतामा देखिएका कमी कमजोरीहरु अलग्गै उल्लेख गरी संलग्न गरेका छौ । २० असन कोथुननी अर्को छायादेवी कम्प्लेक्स जस्तो नबनोस भन्ने हाम्रो चिन्ता हो । छाँयादेवी कम्प्लेक्स निर्माणले क्षति गरेको साँस्कृतिक सम्पदाबारे बिरोध सधै रहने नै छ । ठमेल भगवान बहालको पूर्व तर्फ रहेको कमलपोखरी मासेर छाँयादेवी कम्प्लेक्स बनाउने कामको भवन बन्नु अघि देखि नै सम्पदाप्रेमी अभियन्ताहरुले निरन्तर खबरदारी र बिरोध गर्दै आएका छौं । तर हाल आएर भवन बनी सकेको नाममा तैं चुप मैं चुपको स्थिति सिर्जना गर्न खोज्दैछ र बनीसकेको भवन भत्काउन माग गर्ने भनी उल्टै भवन बन्नु अघि देखि नै विरोधमा रहेका सम्पदा प्रेमी अभियन्ताहरुको मानमर्दन गर्न खोजिरहेको छ । उक्त पोखरी सम्पदा हो भन्नेमा कसैले अन्यथा भन्न सकेको छैन, तर संरक्षणमा अगुवा बन्नु पर्ने गुठी संस्थानको भूमिका अग्रणि र प्रभावकारी किन हुन सकिरहेको छैन रु यस सम्बन्धि गुठी संस्थानको ध्यानाकर्षण गराउदै सम्पदा संरक्षणमा लागेका जनतासँग सहकार्य गर्न माग गर्दछौं । ३० मिति २०७६÷०४÷०५ मा सम्पदाप्रेमी अभियन्ताहरुले राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको नेतृत्वमा सूचनाको हक प्रयोग गरी गुठी संस्थानको स्वामित्वको के कति जग्गा थिए, के कति ब्यक्तिको नाममा गए, के कति अतिक्रमणमा परे, र के कति कुन रुपमा प्रयोग भइरहेका छन् र गुठी संस्थानको भूमिका रहेको जात्रा पर्व सँस्कृति कुन कुन हुन् भन्ने जानकारी मागेकोमा यथाशिघ्र उपलब्ध गराउन समेत माग गर्दछौं । मूर्त अमूर्त सम्पदा संरक्षणको जिम्मा पाएको गुठी संस्थान आप्mनो जिम्मेवारीबाट पन्छिन पाउँदैन । यदि पन्छिने हो भने यस्को औचित्य समाप्त हुने र संरक्षणको जिम्मा जनताले लिनुपर्ने स्थिति आउने तर्पm सचेत गराउदै यस ज्ञापन पत्रमा उल्लेखित मागहरु गम्भिरतापूर्वक ग्रहण गर्नुहुन र कार्यान्वयन गर्नुहुन समेत ध्यानाकर्षण गराउन चाहन्छौ । असन कोथुननी अवस्थित श्री ५ को बायु देवता गुथि जनिएको गुठी संस्थानको छुट गुथि अन्तर्गतको घरमा भए गरेका क्रियाकलाप सम्बन्धि ध्यानाकर्षण गराउन खोजेका विषयबस्तुहरु तपसिलमा उल्लेख गरेका छौ । क)  का।जि। का।म।पा। साबिक वडा नं। २७ हाल वडा नं २५ कि।नं। १७६७ क्षेत्रफल ०–८–०–३ को घरजग्गा नापी हुँदा ” बहाल तिरी घरमा बसि आएको देखिने ब्यक्तिहरुको नाम कैफियत महलमा जनाई जग्गा धनि महलमा गुठी संस्थान अन्तरगत श्री ५ को वायुदेवता गुठीको घरजग्गा भनि लेखाउन सम्बन्धित नापी शाखामा अनुरोध गर्ने ” भनि मिति २०३५।२।२०।६ गुठी संस्थानको निर्णय को अनुसार ३ नं नापी गोश्वारा, नक्साललाई पत्रबाट अबगत भएपछि ३ नं नापी गोश्वाराले मिति २०३६।३।१५ मा सोहि निर्णय बमोजिम कार्यवाही भैे त्यसको सम्बन्धि सबै पक्षहरुलाई जानकारी समेत दिएको देखिन्छ । यसै अनुसार १४ परिवारको नाम उल्लेख गरी फिल्डबुक खडा गरिएको र दर्ता श्रेस्ता पनि बनेको देखिन्छ । त्यसबेला सोही एउटै किताको उतर पश्चिम खण्डमा समान प्रकृतिमा बसेका एक जनालाई भने मोहीको हक प्रदान गरिएको देखिन्छ । तर १४ परिवारको हकमा भने गुठी संस्थानले राज गुठीको जग्गामा मोहियानी हक नलाग्ने निर्णय सुनाएको देखिन्छ । यसपछि सम्मानीत सर्बोच्च अदालतबाट पनि राजगुठीको जग्गामा मोहियानी हक लाग्ने ठहर हुँदैन भनी अन्तिम पैmसला भइ सकेको अवस्था देखिन्छ । तर पनि समान प्रकृतिको जग्गा र हैसियतमा रहेकाहरु मथि गुठी संस्थानले दोहोरो मापदण्ड अपनाएको देखिदा यस्तो किन भएको हो यो सम्बन्धि गुठी संस्थानको धारणा र निर्णय के हो रु प्रष्ट पारिदिनु हुन ध्यानाकर्षण गराउदछौ । ख) उक्त बायुदेबता गुठीको घरमा विगतमा तत्कालीन दरवारको हुकुम प्रमांगीको आधारमा तोकिएका तालुकदारहरुबाट बहाल असुल्ने गरिदै आएको थियो । हाल सो गुठीका तालुकदारले जग्गा धनी प्रमाण पुर्जामा साबिक जग्गा धनी ” श्री गुठी संस्थान ” को नाम हटाई ” श्री ५ को वायुदेवता गुठी ” मात्र उल्लेख भएको श्रेस्ता बनाई समेत बिभिन्न निकायहरुमा पेश गरी आफनो स्वार्थ अनुरुप अनिमियता गरि आइरहेको देखिन्छ । जग्गा धनी प्रमाण पुर्जामा ” श्री गुठी संस्थान ” जग्गा धनी जनिएकोमा कुन निकायले के कस्तो नियम बमोजिम गुठी संस्थान नाम हटाईयो रु गुठी संस्थान जग्गा धनी जनिएको जग्गा धनी प्रमाण पुर्जामा गुठीका तालुकदारले के कुन आधारमा श्री ५ को वायुदेवता गुठी मात्र उल्लेख भएको दर्ता श्रेस्ता बनायो रु यस सम्बन्धमा जानकारी हुँदा हुँदै गुठी संस्थानका जिम्मेवार पदाधिकारीले दर्ता श्रेस्ता किन फरक भयो भनि हालसम्म पनि आवश्यक छानबिन नगरिएको अबस्था छ । यस सम्बन्धमा गुठी संस्थानले आवश्यक अनुसंन्धान गर्न ध्यानाकर्षण गराउछौं । ग) गुठी संस्थान ऐन,२०३३ को दफा १९ मा सबै छुट गुठि राजगुठिमा परिणत भई त्यस्तो छुट गुठि को चलअचल जायजेथा देबमूर्ति सबै उपर छुट गुठिको भइराखेको सबै अधिकार गुठी संस्थानमा सर्नेछ र त्यस्ता छुट गुठिका गुठियार खान्गीदारको सबै अधिकार समाप्त हुनेछ भनि स्पष्ट ब्याख्या गरेको हुँदा श्री ५ वायुदेवता गुठी पनि छुट गुठी रहिरहेकोले त्यसको सम्पुर्ण स्वामित्व र दायित्व गुठी संस्थानमा सरी तालुकदार रहने प्रावधान नै विधिवत खारेज भईसकेको अवस्था छ । हाल बेसरोकारावाला उक्त गुठीका तालुकदारले माथि उल्लेखित घर भत्काई नयाँ घर निर्माण को लागी काठमाण्डौं महानगरपालिकामा नक्सा पासको लागी कार्यवाहि गरिरहेको प्रचलित गुठी संस्थान ऐन बिपरित छ । तालुकदारबाट छुट गुठी जग्गालाई गुठी तैनाथी जग्गा भनि गलत परिभाषीत समेत गरि आफनो स्वामित्व नै नभएको जग्गामा नयाँ घर निर्माण प्रकियाको लागि काम कारवाही कानून बिपरित रहेको छ । गुठी संस्थानका पदाधिकारीहरुले गुठी संस्थान ऐन बिपरित भइरहेको कार्यलाई मौन सहमति दिइ बसेको देखिदा यसमा अनिमियता भैरहेकोमा छानबिन गर्न ध्यानाकर्षण गराउछौ । साथै काठमाडौं महानगरपालिकाले कागजातको सामान्य जाँच नगर्नु, पुरातत्व विभागको र गुठी संस्थानको स्वीकृती नखोज्नु, र असन टोलमै आएर सर्जमीन नगर्नु, संधियार पुर्जी टाँस नगर्नु आदिबारे गुठी संस्थानले छानबिन अनुसन्धान गर्नुपर्ने हो होइन प्रश्न गर्न चाहन्छौ । घ) उक्त घर परिसरमा नापीको फिल्डबुकमा भू–वहाल वुझाई संन्तान दरसंन्तान भोगचलन गर्न पाउने उल्लेख भएबमोजिम गुठी संस्थान र पुस्तौंदखि बस्दै आएका १४ परिवार बीच आपसी सहमतिमा ती १४ परिवारले भू–वहाल वुझाई निरन्तर भोगचलन गर्ने पाउने, वहाल रकम प्रत्येक ५।५ वर्षमा पुनरावलोकन गर्ने, घरको मर्मत सम्भारको दायित्व तथा जिम्मेवारी ती भोगचलन गरि वसी आएकाहरुको नै हुने र नयाँ घर निर्माण गर्नु परेमासमेत ती भोगचलन गरी वसी आएकाहरुलाई प्राथमिकता दिने प्रमुख शर्तहरु सहितको मिति २०७०।११।८ मा सम्झौता भएको देखिन्छ । उक्त मिति २०७०।११।८ को सम्झौता वैध रहेको अवस्थामा गुठी संस्थानबाट सो घर खालि गर्ने गराउने सम्बन्धि ३५ दिनको सुचना मिति २०७५।४।९ गते जानकारीमा आएकोले सो सम्बन्धि पत्र बुझन अस्वीकार गरि फिर्ता पठाएको अवस्थामा गुठी संस्थानले २०७६।१।११ गते का।म।पा। २५ वडा कार्यालयको सुचना पाटीमा टाँस गरी घर खालि गर्न ३ दिनको म्याद दिएको देखिन्छ । म्याद टाँस पछि सर्वसाधारणलाई थप कुराको जानकारी प्राप्त हुन आयो । गुठी संस्थान प्रधान कार्यालय, बज्रयोगिनी सामान्य वहुउद्देश्यीय प्रा।लि। र वायुदेवता गुठी ज्यामरुङ्ग दरवार समेतका बीच उक्त घर भत्काई पुनः निर्माण गरी भाडामा राख्न पाउने गरी बज्रयोगिनी सामान्य वहुउद्देश्यीय प्रा।लि। लाई २५ वर्षका लागि लिजमा दिने, सो प्रा।लि। बाट प्राप्त हुने निश्चित वहाल रकम गुठी संस्थानको कोषमा दाखिला हुने, र वहाल बापतको एक निश्चित रकम वायु देवता गुठीका तालुकदार ले पाउने गरी मिति २०७४ साल भाद्र महिनामा ९दिनाङ्क नखुलेको० त्रिपक्षिय सम्झौता भएको देखिन्छ । गुठी संस्थान ऐनले नै खारेज गरिसकिएको ठहर गरेको तालुकादारलाई तेश्रो पक्ष बनाइ के कति स्वार्थका लागि कुन ऐन नियममा टेकेर गुठी संस्थानले सम्झौता गरेको छ छानबीनको विषय बन्नु पर्दछ । साथै गुठी संस्थानको एकल स्वामित्व रहेको घर जग्गामा गुठी संस्थानलाई जानकारी नदिइ तथाकथित तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रा। लिं बीच मिति २०६२।२।६ मा लिजमा लिने दिने सम्झौता स्वत गैर कानूनी ठहर्छ र गुठी संस्थानले यस विरुद्ध कारवाही चलाउनु पर्ने हुन्छ । तर कारवाही गर्नुको सातो २०६२।२।६ का सम्झौताकर्ताहरुलाई पुरष्कृत गर्ने गरी त्यही सम्झौतालाई नै मुख्य मियो मानी गुठी संस्थानले आफु समेत एउटा पक्षको रुपमा थपिएर त्रीपक्षीय सम्झौता गर्न गुठी संस्थानका पदाधिकारीहरुलाई कुन नैतिकताले प्रोत्साहित गरेको हो छानबीनको विषय हुनु पर्दछ र सो सम्झौता खारेज गर्न पनि ध्यानाकर्षण गराउदछौ । ङ) उक्त घर रहेको जग्गा गुठी संस्थानको पूर्ण स्वामित्व रहेको सम्पति हो र कुनै किसिमको निर्माण कार्य गर्दा सम्बन्धित निकायमा स्वीकृति लिने दायित्व र अधिकार एकल रुपमा गुठी संस्थानसँग मात्र रहेको स्वत सिद्ध छ । तर गुठी संस्थानसँग कुनै पनि समन्वय नगरी संविधान र ऐनले खारेज गरेको तथाकथित तालुकदारले काठमाडौं महानगरपालिकाबाट छुट गुठीको जग्गालाई विवरण ढाँति रैकर गुठी भनी फर्जि लालपुर्जा पेश गरी २०६२।११।२ मा अस्थायी भवन निर्माण इजाजत पत्र लिएको विरुद्ध उक्त घरमा सन्तान दरसन्तान बस्दै आएका भनी फिल्डबुकमा उल्लेख भएका १४ परिवारले सो भवन निर्माण स्वीकृति खारेजको मुद्दा दर्ता गरेको देखिन्छ । उक्त भवन निर्माण इजाजत बदर गर्न दर्ता भएको मुद्दामा सम्मानीत जिल्ला अदालतले अधिकार नै नभएका तालुकदारलाई का।म।पा।ले दिएको भवन निर्माण इजाजत खारेज हुने ठहर गरेको देखिन्छ । तर सम्मानीत पुनरावेदन अदालत ललितपुरले सन्तान दर सन्तान बहाल तिरेसम्म बस्न पाउने भनिएका १४ परिवारको हैसियत बहालमा बस्ने नै रहेको र मुद्दा दर्ताको प्रक्रिया गलत भएकोले नक्शा पास बदर नहुने निर्णय गरेको देखिन्छ । यही सिलसिलमा २०७४ फागुन महिनामा सम्मानीत सर्बोच्च अदालतबाट गुठी संस्थानले कुनै आपति जनाएको नदेखिएको हुदा नक्शा पास बदर गर्नु नपर्ने निर्णय गरेको देखिन्छ । यसरी एक त फर्जि विवरणको आधारमा शुरु भएको नक्शापास प्रक्रिया खारेज गर्न नसकिएको देखिन्छ भने छुट गुठी वा राज गुठीको जग्गामा कसैले घर बनाउदा गुठी संस्थानले आपति नजनाएको भरमा बैधता प्राप्त हुने र साँस्कृतिक महत्वका जग्गाहरु थप अतिक्रमित हुनसक्ने नजिर स्थापना हुन पुगेको देखिन्छ । यसै सन्दर्भमा गुठी संस्थानले तथाकथित तालुकदार र बज्रयोगिनी सामान्य बहुउद्देश्यीय प्रा।लि।सँग त्रिपक्षीय सम्झौता २०७४ भाद्र महिनामा गर्दा सर्बोच्च अदालतबाट नक्शा पासको मुद्दा किनारा भइ सकेको भनी ९जुन भाद्र महिनाको ६ महिना पछि फागुनमा मात्र भएको० विवरण ढाटने काम गरेकोमा गुठी संस्थानका पदाधिकारीलाई यस्तो हतारो र अनियमितता गर्ने बाध्यता के कति कारणबाट भएको हो छानबीनको विषय बन्नु पर्दछ । च) सम्मानीत सर्बोच्च अदालतबाट मिति २०६९÷०६÷११ मा गुठी तैनाथी जग्गा लिजमा नदिनु भन्ने आदेश र मिति २०७३÷११÷०२ मा गुठी अधिनस्थ जग्गा पनि लिजमा नदिनु भन्ने आदेशले पनि गुठी संस्थानले असनको गुठी घर लिजमा दिन गरेको सम्झौता खारेज गर्नुपर्ने अवस्था रहेको प्रति ध्यानाकर्षण गराउन चाहन्छौ । छ) अन्त्यमा साँस्कृतिक पुरातात्वीक महत्व बाकेको घरलाई जिर्ण भयो वा अन्य बाहानामा आधुनिक शैली र प्रविधिबाट बनाउनु राज्यको पुरातात्वीक महत्वका साँस्कृतिक सम्पदा सम्बन्धि नीतिसँग मेल खाने कुरा होइन, त्यसैले यस सम्पदा भवन पुन निर्माण गर्दा पुनप्रबलिकरण रेट्रोफिटिंग विधिबाट बनाउन ध्यानाकर्षण गराउदछौं । साथै यस्ता साँस्कृतिक पुरातात्वीक महत्व बोकेको घरलाइ ब्यापारिक प्रयोजनका लागि ब्यापारीले नै निर्माण र भोगचलन गर्ने गरी लिज वा अन्य तवरबाट दिनु भनेको गुठी संस्थान गठनको उद्देश्यसित मेल खाने कुरा होइन । गुथि जग्गाहरु दीर्घकालीनरुपमा लिजमा दिनु अघि गुठी संस्थानले त्यसको उपयुक्तता र गुथिको उद्देश्य तथा त्यसबाट प्रचलित धार्मिक एवं साँस्कृतिक पक्षमा पर्नसक्ने प्रभाव समेतको सम्बन्धमा विस्तृत अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ, तर कुनै अध्ययन अनुसन्धान नै नगरी खुल्ला प्रतिस्पर्धाको प्रक्रिया समेत अबलम्बन नगरी साँस्कृतिक सम्पदाको रुपमा रहेको घरलाई पूर्ण ब्यापारिक प्रयोजनका लागि ब्यापारीले भोगचलन गर्नेगरी दिर्घकालको समयसीमा राखी गरिएको लिज सम्झौता खारेज गर्न आवश्यक छानबीन र निर्देशनका लागि समेत ध्यानाकर्षण गराउदछौ । नमस्ते साय्मि संयोजक असन कोथुननी बचाउ अभियान को मार्पत १५००० जनताको हस्ताक्षर
Categorized in उपत्यका