STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०८१ बैशाख २३, आइतबार

    दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

    एजेन्सी- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्। यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे शहर बाढीका कारण...

  • २०८१ बैशाख १८, मंगलबार

    पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज

    एजेन्सी- भारतको उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको छ। उत्तराखण्ड सरकारले सर्वोच्च अदालतलाई अप्रिल १५ मा आदेश जारी गर्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज गरेको जानकारी दिएको हो। रामदेव, आचार्य बालकृष्ण र पतञ्जलिविरुद्ध पनि लागूऔषध तथा जादुई उपचार ऐन उल्लंघन गरेको भन्दै आपराधिक उजुरी परेको छ। लाइसेन्स रद्द भएका उत्पादनहरूमा स्वसरी गोल्ड, स्वसरी वाटी,...

  • २०८१ बैशाख ९, आइतबार

    भारतको तनावग्रस्त राज्य मणिपुरका ११ स्थानमा सोमबार मतदान हुँदै

    एजेन्सी - भारतको उत्तरपूर्वी राज्य मणिपुरका केहीस्थानमा स्थगित भएको मतदान भोलि -सोमबार_ गराउने त्यहाँको निर्वाचन आयोगले जनाएको छ। १९ अप्रिलमा भएको पहिलो चरणको मतदानमा मणिपुरका ११ मतदान केन्द्रहरू स्थगित गरिएका थिए। मणिपुर राज्यमा महिनौंदेखि जातीय द्वन्द्व चलिरहेको थियो। हिंसाकै असरले मतदान मेसिनमा क्षति पुगेको थियो। मणिपुरका मुख्य निर्वाचन अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘निर्वाचन...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र २१, बुधबार

    ताइवानमा ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प

    ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधवार ७.४ म्याग्निट्यूडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु भएको छ। भूकम्पका कारण ताइवान र छिमेकी देशहरूमा सुनामी आउन सक्ने चेतावनी जारी गरिएको छ। ताइवानको ख्वालिएन सहरदेखि करिब १८ किलोमिटर पर केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसले जनाएको छ। ताइवानका अधिकारीहरूले यो २५ वर्षयताकै त्यहाँ गएको सबैभन्दा शक्तिशाली भूकम्प...

  • २०८० चैत्र १०, शनिबार

    रूसमा आतंकवादी हमला, ६० जना मारिए

    एजेन्सी - रुसले मस्को बाहिर एउटा कन्सर्ट भइरहेको ठाउँमा बन्दुकधारीहरूले गरेको आक्रमणमा कम्तीमा ६० जना मारिएको र १०० भन्दा बढी घाइते भएको जनाएको छ। इस्लामिक स्टेट समूहले जिम्मेवारी लिएको उक्त आक्रमणलाई अधिकारीहरूले आतंकवादी हमला भनिरहेका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा सैन्य पोसाक लगाएका कम्तीमा चारजना व्यक्तिहरूले क्रास्नोगोर्स्कमा रहेको क्रोकुस सिटी हलको लबीमा प्रवेश गर्ने क्रममा गोली...

  • २०८० चैत्र ९, शुक्रबार

    दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ, दिल्लीमा कडा सुरक्षा व्यवस्था

    एजेन्सी - भारतमा लोक सभा चुनाव –२०२४ को मिति घोषणा भइसकेको छ। सात चरणमा हुने लोक सभा चुनाव आगामी मार्च २० बाट सुरु हुनेछ।  चुनावको मिति घोषणा भएको केही दिनमै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन्। उनलाइ प्रवर्तन निर्देशनालय ईडीले बिहीबार राति पक्राउ गरेको हो। उनीमाथि मदिरा नीति प्रकरणमा भ्रष्टाचार गरेको आरोप लागेको छ।  मुख्यमन्त्री केजरीवाल पक्राउपछि दिल्लीको राजनीतिक माहोल...

  • २०८० फाल्गुण १४, सोमबार

    चर्चित गजल गायक पंकज उधासको निधन

    चर्चित गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा आज निधन भएको छ । उनको निधनको जानकारी उनकी छोरी नायबले सामाजिक सञ्जालमा दिएकी छिन् ।  गजल गायक विगत केही दिनदेखि बिरामी थिए । पंकजले चर्चित गजल ‘चिठी आयी’ बाट निकै चर्चा पाएका थिए । पंकजको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइहरूमध्ये कान्छो थिए । उनको परिवार राजकोट नजिकैको चरखाडी नामक सहरको थियो। उनका हजुरबुबा एक जमिन्दार र...

  • २०८० फाल्गुण १०, बिहिबार

    अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गरिँदै

    एभरेष्ट नेपाल कल्चरल ग्रुपले यही फागुन १८ देखि २७ गतेसम्म १२औँ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला गर्ने भएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष आरसी कोइरालाले नेपाली लोक संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले मुख्य पर्यटकीयस्थलमा महोत्सव गर्न लागेको जानकारी दिनुभयो । उहाँले उक्त महोत्सवले मुलुकमा पर्यटन र संस्कृतिको प्रचार–प्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त...

  • २०८० माघ २५, बिहिबार

    बग्दादमा अमेरिकाको ड्रोन आक्रमण, हिजबुल्लाह कमान्डर मारिए

    काठमाडौं- इराकको राजधानी बग्दादमा बुधबार अमेरिकाले ड्रोन आक्रमण गरेको छ । मिडिया रिपोर्ट अनुसार आक्रमणमा एक शीर्ष कमान्डरसहित इरान समर्थित मिलिसिया समूह कताइब हिजबुल्लाहका तीन सदस्यको मृत्यु भएको छ । पूर्वी बगदादको मश्ताल क्षेत्रको मुख्य सडकमा अमेरिकी ड्रोनले निशाना बनाएको गाडीमा कताइब हिजबुल्लाहका कमान्डर र उनका दुई सहयोगी थिए । आकस्मिक सेवा टोली घटनास्थल पुग्नुअघि नै कार जलेर नष्ट भएको थियो । ...

  • २०८० माघ २५, बिहिबार

    पाकिस्तानमा आज आम निर्वाचन, देशभर मोबाइल सेवा बन्द

    पाकिस्तानमा आज (बिहीबार) आम निर्वाचन हुँदैछ। यसका लागि पूरै देशमा मोबाइल सेवा बन्द गरिएको छ। पाकिस्तानको गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘देशमा हालै भएका आतंकवादी घटनाका कारण धेरैको ज्यान गएको छ। शान्ति सुरक्षा कायम गर्न र सम्भावित खतरा सामना गर्न सुरक्षा उपाय आवश्यक छन्। त्यसैले देशभर मोबाइल सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।’ राष्ट्रियसभाका ३३६ सिटमा आज मतदान हुँदैछ।...

  • २०८० माघ १६, मंगलबार

    पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष कैद सजाय

    काठमाडौं- पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् ।  पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै...

Pages