STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०८० मङ्सिर २४, आइतबार

    अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिकोे खाली घरको कर बढाउने

      अष्ट्रेलिया सरकारको घोषणा अस्ट्रेलिया सरकारले भाडाको सङ्कट कम गर्ने प्रयासस्वरूप विद्यमान घरका विदेशी खरिदकर्तालाई शुल्कमा नाटकीय वृद्धि गर्ने घोषणा गरेको छ । अष्ट्रेलियामा भाडामा कोठा पाउन कठिन बनेपछि लेबर पार्टीले खाली घर नराख्न प्रोत्साहन गर्न र कोठा भाडा पाउने अवस्थालाई सहज बनाउन नयाँ बर्षको शुरूमा नै नयाँ कानुन ल्याई घरका विदेशी खरिदकर्ताले घरलाई खाली राखेमा बढी कर तिनुपर्ने व्यवस्था...

  • २०८० मङ्सिर १५, शुक्रबार

    युद्धविराम सम्झौता समाप्त भएसँगै इजरायल र हमासबीच युद्ध सुरु

    काठमाडौं - हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । सम्झौता सकिएसँगै इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । विहीबार हमास र इजरायल बीचको युद्धविराम सम्झौताको सात दिन पूरा भएसँगै शुक्रबार यो सम्झौता टुंगिएको हो हो । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो।  बीबीसीका अनुसार सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको दाबी गरेको थियो...

  • २०८० मङ्सिर १५, शुक्रबार

    कोप–२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु

      काठमाडौँ - जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) सामूहिक जलवायु कार्यलाई तीव्रता दिने आह्वानका साथ बिहीबारदेखि सुरु भएको छ । संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सुरु भएको सम्मेलन यही मङ्सिर २६ गतेसम्म सञ्चालन हुनेछ । कोप–२८ मा हानि नोक्सानी कोष औपचारिक रुपमा सुरु गरिएको छ । विश्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका...

  • २०८० मङ्सिर १२, मंगलबार

    हमास र इजरायलबीच युद्धविराम २ दिन थप

    एजेन्सी-  गाजामा शुक्रबारदेखि सुरु भएको चार दिने युद्धविराम दुई दिन थपिएको छ । सोमबार चार दिने युद्धविराम सकिनुअघि नै दुवै पक्षले दुई दिनका लागि सम्झौता लम्ब्याउने सहमति गरेका थिए । इजरायल र हमासबीचको युद्धविराम वार्तामा मुख्य मध्यस्थकर्ताको भूमिका खेल्दै आएको कतारले युद्धविराम २ दिन लम्बिएको जनाएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले सोमबार साँझ गाजा पट्टीमा थप दुई दिनका...

  • २०८० मङ्सिर ६, बुधबार

    इजरायल–हमास २४ घण्टाभित्र युद्धविराम हुने

    काठमाडौं- कतार, इजिप्ट र अमेरिकाको सक्रियतामा इजरायल र हमास केही समय  'मानवीयताका आधारमा युद्धविराम' गर्न सहमत भएका छन् ।  सहमतिअनुसार हमासले गाजामा बन्धक बनाएकालाई छाड्ने छ भने इजरायलले पनि प्यालेस्टिनी बन्दीहरूलाई छाड्ने र कम्तीमा ४ दिनका लागि युद्ध रोक्ने छ । कतारको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै युद्धविरामको समय २४ घण्टाभित्र घोषणा हुने जनाएको छ । सुरुमा ४ दिन युद्ध रोक्ने सहमति...

  • २०८० मङ्सिर १, शुक्रबार

    इजराइल–हमास युद्धका चुनौतीविरुद्ध एकजुट हुन मोदीको आग्रह

    नयाँदिल्ली - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् । “यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ,” विकासशील राष्ट्रहरूलाई उल्लेख गर्दै उनले भने । गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको...

  • २०८० कार्तिक २०, सोमबार

    वायु प्रदूषण बढ्दै गएपछि दिल्लीमा विद्यालय बन्द

    काठमाडाैँ - वायु प्रदुषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द रहने भएका छन् । भारतको राजधानी दिल्ली र वरपरको वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आईतबार घोषणा गरे । मन्त्रीले प्राथमिक विद्यालय बन्द रहने भए पनि कक्षा ६ देखि १२ सम्मका शिक्षकलाई अनलाइन कक्षा लिने विकल्प दिइएको बताए...

  • २०८० कार्तिक १, बुधबार

    गाजा सहरको अस्पतालमा विस्फोट, ५०० जनाको मृत्यु

    काठमाडाैँ - युद्धग्रस्त गाजा सहरको एक अस्पतालमा शक्तिशाली विस्फोटन हुँदा कम्तीमा पनि ५०० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा ५०० जनाको मृत्यु र कैयौँ घाइते भएका छन् । यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इजरायली सरकार र प्यालेस्टाइनी विद्रोही समूह समासले उक्त अस्पतालमा भएको ठूलो विस्फोटका लागि एक–अर्कालाई दोष दिइरहेका छन् । प्यालेस्टिनी चरमपन्थी समूह...

  • २०८० आश्विन २२, सोमबार

    इजरायल घटना : मृत्यु हुनेको संख्या ११ सय नाघ्यो

    काठमाडौं— इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । गत शनिबार आक्रमण सुरु भएयता अहिलेसम्म ११ सय मानिसको मृत्यु पुष्टि भएको र १ लाख २३ हजार विस्थापित भएको संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले पनि सातदेखि ८ स्थानमा इजरायलभित्र प्रवेश गरेका बन्दुकधारीले आक्रमण गरिहेको बताइएको छ । यसैबीच, इजरायली उद्धारकर्मीले संगीत महोत्सव गरिएको स्थानबाट एकैपटक...

  • २०८० आश्विन २१, आइतबार

    इजरायल–गाजा आक्रमणमा सयौँको मृत्यु

     इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलमाथि गरेको आक्रमणमा दुवै पक्षका सयौँ व्यक्तिको मृत्यु भएपछि ‘लामो र कठिन’ युद्ध हुने चेतावनी दिनुभएको छ । दशकौँ यताको सबैभन्दा रक्तपातपूर्ण द्वन्द्वमा हमासले शनिबार व्यापक स्थल, हवाई र समुद्री आक्रमण गरेको थियो । इजरायली सेनाका अनुसार हमासको आक्रमणमा २०० भन्दा बढी इजरायलीको मृत्यु भएको र एक हजारभन्दा बढी...

  • २०८० आश्विन २१, आइतबार

    अफगानिस्थानमा भूकम्पमा परी ‘दुई हजारभन्दा बढी’ को मृत्यु

    अफगानिस्थानको हेरात प्रान्तमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई हजारभन्दा बढी पुगेको प्रान्तीय प्रशासनले जनाएको छ । भूकम्पमा परी घाइते हुनेको सङ्ख्या नौ हजार पुगेको प्रहरीले जनाएको छ । अफगानिस्थानको पश्चिमी भूभागमा शनिबार बिहान ६।३ म्याग्निच्युडको भूकम्प गएको सयुक्त राज्य भूगर्भ सर्भेक्षण केन्द्रले जनाएको छ । सर्वेक्षणका अनुसार हेरात शहरबाट ४० किलोमिटर उत्तर पश्चिममा...

  • २०८० आश्विन १२, शुक्रबार

    पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु

    एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्यूजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका...

Pages