STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७९ जेठ १९, बिहिबार

    लाइभ कन्सर्टमै भारतीय गायक केकेकाे निधन

    एजेन्सी - बलिउडका प्रख्यात गायक कृष्णकुमार कुन्नथ (केके)को निधन भएको छ। कोलकातामा लाइभ कन्सर्ट गाइरहँदा हृदयघातका कारण ५३ वर्षको उमेरमा उनको निधन भएको हो। सन् १९६८ अगष्ट २३ मा एक हिन्दु मलयाली माता­—पिता सीएस मेनन र कुनाथ कनकवल्लीको घर नयाँदिल्लीमा जन्मिएका उनले पाश्र्वगायनमा आउनुअघि झण्डै ३ हजार ५ सय जिंगल गाएका थिए। उनले सन् १९९९ को विश्वकप क्रिकेटको समयमा भारतीय क्रिकेट टिमको समर्थनका लागि ‘...

  • २०७९ जेठ ११, बुधबार

    अमेरिकाकाे स्कुलमा गाेली चल्दा १८ बालबालिका मारिए

    एजेन्सी - टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा  सहित कम्तिमा २१ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ । घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो यसका विद्यार्थीहरू पाँचदेखि ११...

  • २०७९ बैशाख २८, बुधबार

    श्रीलङ्कामा राजापाक्षेको घरमा आगजनी

    एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको मुलुक श्रीलङ्काको अवस्था पछिल्लो समय निक्कै तनावग्रस्त बनेको छ । त्यहाँ सत्तापक्ष र सर्वसाधारणबीच झडप एवम् हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको घर जलाइदिएका छन् । निवर्तमान प्रधानमन्त्रीकै घरमा आगजनी गरिएपछि मुलुकभर कफ्र्यू आदेश जारी गरिएको छ । कफ्र्यू उल्लङ्घन गर्नेलाई तत्काल गोली...

  • २०७९ बैशाख २६, सोमबार

    श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

    एजेन्सी - राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले सोमबार राजीनामा दिएका छन् । राष्ट्रपति गोटबाया राजापाक्षेले शुक्रबार विशेष बैठकमा प्रधानमन्त्रीलाई देशमा जारी राजनीतिक सङ्कटको समाधानका लागि राजीनामा दिन आग्रह गरेको केही दिनपछि यस्तो निर्णय भएको हो । श्रीलङ्काको डेली मिररले जनाएअनुसार प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपति राजापाक्षेले संसदमा रहेका...

  • २०७८ चैत्र २२, मंगलबार

    श्रीलङ्कामा सबै मन्त्रीहरुकाे सामूहिक राजीनामा

    एजेन्सी - चरम आर्थिक सङ्कटमा फसेको श्रीलङ्कामा सबै मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् ।  मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा प्रधानमन्त्रीका छोरा पनि छन् । प्रधानमन्त्री महिन्दा राजापाक्ष र उहाँका दाइ राष्ट्रपति गोटाबय राजापाक्षले भने राजीनामा गरेका छैनन् ।दैनिक उपभोग्य वस्तुको समेत अभाव भएपछि चर्किएको प्रदर्शन रोक्न कर्फ्यु आदेश जारी भएकै समयमा सबै मन्त्रीहरुले...

  • २०७८ चैत्र १९, शनिबार

    अस्कर समारोहकाे थप्पड काण्डपछि विल स्मिथले दिए अस्कर एकेडेमीबाट राजीनामा

    एजेन्सी - अस्कर अवार्ड समारोहमा उद्घोषक क्रिस रकलाई थप्पड हानेका अमेरिकी अभिनेता विल स्मिथले अस्कर एकेडेमीबाट राजीनामा दिएका छन् । क्रिसलाई थप्पड हानेर आफूले गल्ती गरेको भन्दै यसअघि नै माफी मागिसकेका स्मिथले एकेडेमीबाटै राजीनामा दिएका हुन् ।  उनको राजीनामा एकेडेमीले स्वीकृत गरिसकेको छ । एकेडेमीका अध्यक्ष डेभिड रुबिनले स्मिथको राजीनामा स्वीकृत गरेको र थप प्रतिबन्ध लगाउन सक्ने गरी अनुशासनको कारबाही...

  • २०७८ चैत्र १९, शनिबार

    श्रीलंकामा संकटकाल, हिंसात्मक आन्दोलन चर्किए

    एजेन्सी - श्रीलंकामा यतिखेर विदेशी मुद्राको चरम अभावले अर्थतन्त्र चौपट परेको छ । सोही संकटका कारण त्यहाँ अहिले देशव्यापी ‘संकटकाल’ घोषणा गरिएको छ । विदेशी मुद्राको चरम अभावका कारण त्यहाँको महंगी असाध्यै बढेको छ । साथै इन्धन र बिजुलीबत्तीको समेत अभाव भएपछि नागरिकहरु समेत आन्दोलित भएका छन् । सरकारले शनिबारदेखि लागू हुने गरी देशैभरि संकटकाल घोषणा गरेको छ । महंगी, अभाव र अस्तव्यस्तता बढेपछि...

  • २०७८ चैत्र ११, शुक्रबार

    रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै

    एजेन्सी - रुसविरुद्ध पश्चिमा देशहरु एकजुट हुँदै गएका छन् । युक्रेनमा रुसले अतिक्रमण गरेको ठीक एक महिना पछाडि डाकिएको नेटो, ईयू र जी सेभेन सम्मेलनमा पश्चिमा देशहरूले रुसी राष्ट्रपति पुटिनविरुद्ध ऐक्यबद्धता जनाएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडन र युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले रुसले विनाकारण गरेको अनुचित युद्धका विरुद्ध उनीहरू एकताबद्ध भएको बताए । ब्रसल्समा ती सम्मेलनहरूमा ३०...

  • २०७८ चैत्र ४, शुक्रबार

    जापानमा ७.३ रेक्टरस्केलको भूकम्प

    काठमाडौं- जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। जापानस्थित मौसम विज्ञान एजन्सीका अनुसार फुकुसिमामा म‌ंगलबार राति साढे ११ बजे ७.३ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पपछि जापानको उत्तरी क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। मियागी र फुकुसिमा क्षेत्रमा सुनामी आउने चेतावनी दिइएको हो। राष्ट्रिय प्रसारक एनएचकेका अनुसार भूकम्पका कारण २० लाख बढी मानिस बिजुलीबाट प्रभावित भएका छन्। जापानको...

  • २०७८ फाल्गुण २६, बिहिबार

    पञ्जावमा आम आदमी पार्टीको ऐतिहासिक जित, भगवन्त मुख्यमन्त्री बन्दै

    एजेन्सी - भारतमा बुधबार पाँचवटा राज्यको विधानसभा मतपरिणाम आउँदा आम आदमी पार्टी (आप) ले पञ्जावमा ऐतिहासिक जित हासिल गरेको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालको पार्टी आपले पहिलो पटक दिल्लीबाट बाहिर कुनै राज्यमा सरकार बनाउन लागेको हो । भारतमा क्षेत्रीय दल क्षेत्रीयस्तरमै बलिया छन् । तर, ती दलहरूको सरकार एक राज्यबाट दुई राज्यमा छैन । तर, केजरिवालको आपले भने यो रेकर्ड तोडेको छ । अब उसको शासन...

  • २०७८ फाल्गुण २१, शनिबार

    रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा

    एजेन्सी - युक्रेनमाथि आक्रमण गरेको दसौँ दिनमा रुसले अस्थायी युद्धविरामको घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो । युक्रेनका दुई शहर मरियपोल र भोल्नोवाखाबाट सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ निस्कनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको रुसले जनाएको छ । युक्रेन र रुसका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खुला गरिने सहमति...

  • २०७८ फाल्गुण २१, शनिबार

    फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भने

    एजेन्सी - युक्रेनमाथि रुसले आक्रमण गरेपछि बढ्दो तनावका बीच फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न आग्रह गरेको छ । युक्रेनमाथि रुसी आक्रमण बढ्दै जाँदा फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न भनेको हो । बीबीसीका अनुसार फ्रान्स सरकारले जुन नागरिकका लागि रुसमा रहनु जरुरी छैन उनीहरूले रुस छाडून् भनेको छ । समाचारमा जनाइएअनुसार अरु देशले पनि यस प्रकारको 'ट्राभल एड्भाइजरी' जारी गरेका छन् । ब्रिटेनको विदेश...

Pages