STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७९ माघ २५, बुधबार

    टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ११ हजारभन्दा बढी

    एजेन्सी - टर्की र सिरियाको सिमा क्षेत्रमा गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एघार हजार नाघेको दुबै देशका सरकारी अधिकारी तथा उद्धारकर्मीले बुधबार अपरान्ह् सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। राष्ट्रपतिको कार्यालय स्रोतका अनुसार टर्कीमा भूकम्पमा परी आठ हजार ५७४ जनाको मृत्यु भएको छ ।...

  • २०७९ माघ २४, मंगलबार

    टर्की भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ४,३००, आठ गुणा बढ्न सक्ने : डब्लूएचओ

    एजेन्सी- सिरियाको सीमा नजिकै दक्षिणपूर्वी टर्कीमा गएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ गुणा बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको छ । सोमबार बिहान पहिलो पटक भूकम्प गएयता हालसम्म ४,३०० जनाको मृत्यु भएको जनाइएको छ। पहिलो धक्काको करिब १२ घण्टा पछि अर्को शक्तिशाली भूकम्प उत्तरी भेगमा गएको थियो। उद्धारकर्मीहरूले अत्यधिक चिसो र हिउँका बाबजुद भग्नावशेषको थुप्रोमा...

  • २०७९ माघ २३, सोमबार

    टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

    काठमाडाैं - टर्कीए र सिरियामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर अहिलेसम्म १५० भन्दा बढीको मृत्यु भएकाे छ। उक्त भूकम्पका कारण धेरै घरहरू भत्किएका छन्। टर्कीएको मलाट्यामा मात्रै ७६ जनाको निधन भएको र ४४० भन्दा बढी घाइते भएको जनाएको छ। योसँगै सिरियामा ज्यान गुमाउनेको संख्या ९० पुगेको छ । ५ सयभन्दा बढी घाइते भएको बताइएको छ । युनाइटेड स्टेट्स जियोलोजिकल सर्भेका अनुसार भूकम्पका कारण धेरै...

  • २०७९ माघ २२, आइतबार

    पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको निधन

    एजेन्सी- पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको  उमेरमा निधन भएको छ । उनकाे निधन भएकाे पाकिस्तानी सेनाले आइतबार जानकारी गराएको छ । आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा उनकाे निधन भएको हो । सेनाका वरिष्ठ प्रमुखहरूले जनरल मुशर्रफको दुःखद निधनप्रति हार्दिक समवेदना व्यक्त गरेको सेनाको सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “अल्लाहले...

  • २०७९ माघ ५, बिहिबार

    चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा स्वागत समारोह

    चिनियाँ नयाँ वर्ष एवं वसन्त उत्सवका अवसरमा नेपालका लागि चीनका राजदूत छन् सङ्ले आज साँझ यहाँ एक स्वागत समारोहको आयोजना गर्नुभयो । समारोहका प्रमुख अतिथि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता ज्ञापन गर्नुभयो । राजदूत छन्ले चीनप्रति नेपाली जनताले देखाएको सद्भावबाट आफू प्रभावित भएको बताउँदै ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’...

  • २०७९ माघ ४, बुधबार

    हेलिकप्टर दुर्घटनामा युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु

    काठमाडौं - राजधानी किएभको बाहिरी भेगस्थित शिशु पाठशाला नजिक बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी युक्रेनका गृहमन्त्रीसहित १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना बालबालिका पनि मारिएका अधिकारीहरूले बताएका छन् । अनलाइनमा पोष्ट गरिएको एउटा भिडियोमा आगो लागेको देखिन्छ भने रुवाबासी भएको आवाज सुनिन्छ । बीबीसीका अनुसार दुर्घटनामा परी १८ जनाको ज्यान गएको छ भने दुर्घटनामा गृहमन्त्रालयका कैयौँ उच्च...

  • २०७९ माघ २, सोमबार

    भारतीय प्रधानमन्त्री मोदीद्वारा पोखरा विमान दुर्घटनाप्रति दुःख व्यक्त

    एजेन्सी - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरामा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै मोदीले ट्वीट गरेका छन् । उनले भारतीय नागरिकसहितको मृत्यु भएकोमा दुःख व्यक्ति गर्दै सोकाकुल परिवारमा समवेदना प्रकट गरेका छन् । उनले यस दुख्द घडीमा आफू र भारत नेपाल र सोकाकुल परिवारको साथमा रहेको बताएका छन् । 

  • २०७९ पौष १९, मंगलबार

    पेलेको आज अन्त्येष्टि गरिंदै

    काठमाडौं । विश्व फुटबलका महान खेलाडी पेलेको आज अन्तिम संस्कार गरिंदै छ । अन्तिम संस्कार अघि उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि ब्राजिलको साओपाउलोस्थित सान्तोस क्लबको रंगशालामा राखिएको छ । पेलेले दुई दशकभन्दा बढी सान्तोस क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए भने ब्राजिललाई तीन पटक विश्वकप उपाधि दिलाएका थिए । उनको गत बिहीबार ८२ वर्षको उमेरमा अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचारको क्रममा...

  • २०७९ कार्तिक १६, बुधबार

    नेवाः गुथी डेनमार्कले मनायो नेपाल संवत् ११४३

    काठमाडौं- नेवाःगुथी डेनमार्कले शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष (नेपाल संवत् ११४३) भव्य रुपमा मनाएको छ । नेवाःगुथी डेनमार्ककी संस्थापक अध्यक्ष शशी श्रेष्ठले नयाँ वर्षको पहिलो दिन अर्थात् ‘न्हूदँया भिन्तुना’ (नयाँ वर्षको शुभकामना आदान प्रदान) कार्यक्रमको आयोजना गरिएको जानकारी गराएकी हुन् । कार्यक्रममा संस्थाका अध्यक्ष राम महर्जनले सहभागी सबैलाई स्वागत गरेका थिए । सबै आदिवासी जनजाति, भाषा–...

  • २०७९ कार्तिक १६, बुधबार

    उत्तर काेरियाले गरे दक्षिणमाथि दश मिसाइल प्रहार

    एजेन्सी - दक्षिण कोरियाको सेनाले बुधबार बिहान उत्तर कोरियाले एकपछि अर्को गरी कम्तीमा दश मिसाइल प्रहार गरेको जनाएको छ । यी मध्ये एउटा ब्यालेस्टिक मिसाइल पहिलो पटक दक्षिण कोरियाको सामुद्रिक सीमामा खसेको छ । यसपछि टापुमा हवाई हमलाको चेतावनी जारी गरिएको थियो। दक्षिण कोरियाले उत्तर कोरियाको क्षेप्यास्त्र दक्षिण कोरियाको जलक्षेत्र नजिक खसेको यो पहिलो पटक भएको बताएको छ । शीर्ष दक्षिण कोरियाली अधिकारी...

  • २०७९ कार्तिक १४, सोमबार

    गुजरातमा पुल भाँचिदा ३५ को मृत्यु

      एजेन्सी - भारतको गुजरातस्थित मोरबीमा पुल भाँचिदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । आइतबार साँझ मोरबीको केबुल पुल भत्किँदा सयौं मानिसहरू नदीमा खसेर डुबेका छन् । उक्त दुर्घटनामा कयौं मानिसहरु घाइते भएका भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । प्रारम्भिक प्रतिवेदन अनुसार केबुल पुल पाँच दिनअघि मात्र मर्मतसम्भार गरेर पुनः सञ्चालनमा आएको थियो । पुल भत्किँदा नदीमा डुबेकाहरुको उद्धार कार्य जारी छ । पुल...

  • २०७९ कार्तिक ८, मंगलबार

    ऋषि बने बेलायतका प्रथम भारतीय मूलका प्रधानमन्त्री

    एजेन्सी - बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् ।...

Pages