STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८१ बैशाख १७, सोमबार

    रोहितको अर्धशतकका बाबजुद नेपाल पराजित

    काठमाडौं -कप्तान रोहितकुमार पौडेलको अर्धशतकका बाबजुद ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वेस्ट इन्डिज ‘ए’ ले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभर खेले पनि नौ विकेट गुमाएर १५० रनमात्र बनाउन सक्यो । नेपाललाई जितका लागि अन्तिम ओभरमा १७ रनको आवश्यकता थियो ।...

  • २०८१ बैशाख १६, आइतबार

    नेपाल र वेस्ट इन्डिज 'ए'बीचको दोस्रो खेल आज

    काठमाडौं- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुँदै छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने यो खेल अपराह्न १२:१५ बजेदेखि शुरु हुने छ। यसअघि शनिबार सम्पन्न खेलमा नेपालले शानदार ४ विकेटले जित हासिल गर्दै सिरिजमा १-० को अग्रता हासिल गरेको छ। कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी वेस्ट इन्डिज 'ए'विरुद्ध नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा २० सदस्यीय टिम...

  • २०८१ बैशाख १६, आइतबार

    कप्तान रोहितको शानदार शतकमा नेपाल विजयी

    काठमाडौं- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित भएको छ। शनिबार त्रिवि खेल मैदानमा भएको खेलमा नेपाल ४ विकेटले विजयी बनेको हो। नेपालसामु वेस्ट इन्डिजले जितका लागि २ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले १९.४ ओभरमा ६ विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टायो।  नेपालका लागि कप्तान रोहित पौडेलले शानदार शतकीय पारी खेले। उनले सर्वाधिक १ सय १२ रन बनाए । उनले ५४...

  • २०८१ बैशाख ९, आइतबार

    कुराँश च्याम्पियनसिपमा नेपाललाई २ स्वर्णसहित ५ पदक

    काठमाडौं- भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ। शनिबार सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते। परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दिपिका अछाजुले रजत पदक प्राप्त गरिन्। दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन्।...

  • २०८० चैत्र १२, सोमबार

    आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

    काठमाडौं - ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो । दुई टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’विरुद्ध जितका लागि सामान्य लक्ष्य पाएको छ। त्रिवि क्रिकेट मैदानमा टस...

  • २०८० फाल्गुण २२, मंगलबार

    नेपाललाई हराउँदै नेदरल्यान्ड्सले जित्यो ट्वान्टी–२० शृंखलाको उपाधि

    काठमाडौं - टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत मंगलबार कीर्तिपुरमा भएको फाइनल भिडन्तमा नेपाल पराजित भएको छ। नेपाललाई नेदरल्यान्ड्सले ४ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ। नेपालले दिएको १८५ रनको लक्ष्य १९.३ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाउन सफल भयो।  नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै नेदरल्यान्ड्सले नामिबिया सम्मिलित टी–२० आई त्रिकोणात्मक सिरिजको उपाधि चुम्यो।यससँगै नेदरल्यान्ड्सले...

  • २०८० फाल्गुण १८, शुक्रबार

    नामिबियामाथि नेपालको तीन रनको रोमाञ्चक जित

    काठमाडौँ - त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार खेलिएको खेलमा नेपाल विजयी भएको छ । आफ्नो तेस्रो खेलमा नेपालले नामिबियालाई तीन रनले हराएको हो । जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना पनि जिवितै राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । जवाफी...

  • २०८० फाल्गुण १६, बुधबार

    नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित

    काठमाडौं– त्रिकोणात्मक टी–२० आई सिरिजको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको छ। १८५ रनको विजयी लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन मात्रै बनाउन सक्यो।  दीपेन्द्र सिंह ऐरी र कप्तान रोहित पौडेलले अर्धशतकीय पारी खेले पनि अन्तिम ओभरमा चुक्दा नेपालले जित निकाल्न सकेन। अन्तिम ओभरको दोस्रो बलमा दीपेन्द्र सिंह ऐरीले छक्का मारेपछि नेपाललाई...

  • २०८० फाल्गुण १५, मंगलबार

    टी–२० आई शृङ्खला: नेपाल नामिबियासँग २० रनले पराजित

    काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृङ्खलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ। त्रिवि क्रिकेट मैदानमा २०७ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपाल १८.५ ओभरमा १८६ रन बनाउँदा अलआउट भयो।  नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४८ रन बनाए। यस्तै, कप्तान रोहित पौडेलले ४२ रन बनाए। कुशल मल्लले ३२ तथा सोमपाल कामीले २६ रन बनाए।   नामिबियाविरुद्ध जवाफी ब्याटिङ थाल्दा नेपालले...

  • २०८० फाल्गुण १४, सोमबार

    क्रिकेट खेलाडीको तलब एक लाख पुग्यो

      काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेलाडीहरूको ग्रेड छुट्याएको छ। क्यानले पुरुषतर्फ ३० जना र महिलातर्फ १९ जना खेलाडीको ग्रेड छुट्याएको हो। ए, बी, सी, डी र इमर्जिङ क्याटोगरी गरी पाँच वर्गमा छुट्याइएको पुरुषतर्फका खेलाडीहरूको तलब पनि एक लाख पुर्‍याइएको छ।  एमा पर्ने पुरुष खेलाडीको मासिक तलब एक लाख हुने क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन्। त्यस्तै बीका खेलाडीलाई ७० हजार, सीका...

  • २०८० फाल्गुण १३, आइतबार

    नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

    काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो ।  ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक/एक विकेट झारे। टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले  ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो। नेपालका लागि  कुशल भुर्तेलले...

  • २०८० फाल्गुण ४, शुक्रबार

    नामिबियासँग ४ विकेटले हार्‍यो नेपाल

    काठमाडौँ -आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको हो । नामिबियाका लागि जान फ्रांकलिनले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ५३ बलमा चार चौका हिर्काए । त्यस्तै जान निकोल लोफ्टी इटनले ३० बलमा ३१ रनको पाली खेले । उनले ५ चौका हिर्काए । नेपालले...

Pages