STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० भाद्र ३१, आइतबार

    श्रीलंकालाई हराउँदै भारतले जिते एसिया कप

      काठमाडौं - एसिया कप २०२३ को उपाधि भारतले उचालेको छ । आइतबार कोलम्बोमा भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले ८ औँ पटक एसिया कप जित हात पारेको हो । फाइनल खेलमा पहिले टस जितेर भारतविरुद्ध ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएर भारतलाई जितका लागि ५१ रनको लक्ष्य दियो । श्रीलंकाले १५.२ ओभरमा जम्मा ५० रन मात्र बनाउन सफल भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक...

  • २०८० भाद्र २९, शुक्रबार

    क्रिकेटको विकासमा बालेन र पारसको सहकार्य

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्ताकां एवं वाग्मती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच सहकार्य भएको छ । यस सहकार्य अन्तर्गत काठमाडौँमा क्रिकेटको विकासलागि ५० जनालाई आइसीसी लेभल ० क्रिकेट कोचको प्रशिक्षण दिइने समझदारीमा हस्ताक्षर भएको छ । यस बारेमा जानकारी दिदै बालेनले वाग्मती क्रिकेट सङ्घको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास...

  • २०८० भाद्र २८, बिहिबार

    पुरस्कार पाइँदैन कि भन्ने चिन्ता नलिनुस् : प्रधानमन्त्री

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले खेलाडीलाई घोषणा गरेको पुरस्कार शुक्रवारको मन्त्रीपरिषद् बैठकबाट निकासा हुने बताएका छन् । बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा १९ औं एशियाली खेलकुदका लागि भाग चीन जाने नेपाली खेलाडीहरुलाई बिदाइ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले खेलाडीलाई घोषणा गरिएको पुरस्कार खेलाडीहरुले आजसम्म पनि नपाएको भन्ने कुरा आफूलाई जानकारी...

  • २०८० भाद्र २७, बुधबार

    ज्ञानेन्द्र मल्ल उपाध्यक्षमा मनोनीत

    काठमाडौं - नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी सङ्घले आज ज्ञानेन्द्रसहित तीन सदस्य पनि मनोनयन गरेको छ । बास्केटबलकी सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी सरस्वती चौधरी सदस्यमा मनोनीत भए । मनोनयनसँगै खेलाडी सङ्घको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न...

  • २०८० भाद्र २१, बिहिबार

    क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ : कप्तान पौडेल

      काठमाडौं - एसिया कपमा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । बुधवार राष्ट्रिय क्रिकेट टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले अब हाइ टाइम भइसकेकाले सरकारले इन्फास्ट्रक्चरमा लगानी बढाउनुपर्ने बताए । उनले एकै ठाउँमा अभ्यास गरिरहँदा...

  • २०८० भाद्र १९, मंगलबार

    एसिया कप : नेपाल भारतसँग पराजित, एसिया कप यात्राको सुखद् अन्त्य

    काठमाडौं - एसिया कपमा नेपाल भारतसँग दस विकेटले पराजित भएको छ। वर्षाले खेल प्रभावित भएपछि डीएलएसबाट २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य पाएको भारतले बिना विकेट क्षति १७ बल अगावै पूरा गरेको छ। भारतका लागि रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए।  यससँगै नेपाल एसिया कपको समूह चरणबाटै बाहिरिएको छ। यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। यसअघि नेपालले भारतलाई २३१ रनको लक्ष्य...

  • २०८० भाद्र १७, आइतबार

    “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने

    ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ ।  प्रतियोगिताको सम्बन्धमा जानकारी दिने उद्देश्यले  आइतबार आयोजित प्रेसमिट कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै समाजका श्रम तथा युवा विभाग...

  • २०८० भाद्र १७, आइतबार

    ज्यापु समाजले “प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना गरिने

    ज्यापु समाज यलको आयोजनामा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिने भएको छ । समाजका संस्थापक अध्यक्षको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाबहीका खेलाडीहरुको सहभागिता रहने प्रतियोगितामा ४ समूहमा प्रतिस्पर्धा गराइने भएको छ । प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आज आयोजित कार्यक्रममा प्रतियोगिताको तयारीका सम्बन्धमा जानकारी दिनु हुँदै श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद...

  • २०८० भाद्र १३, बुधबार

    एसिया कप : नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

    काठमाडौं - बुधबार पाकिस्तानको मुल्तान क्रिकेट रङ्गशालामा सम्पन्न भएको एसिया कपको उद्घटान खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको छ । पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको थियो । तर, नेपालले उक्त लक्ष्य पूरा गर्न सकेन ।२३.४ ओभरमा नेपालले १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सक्यो । पहिले टस जितेर ब्याटिङ गरेको पाकिस्तानका तर्फबाट कप्तान बाबर...

  • २०८० भाद्र ११, सोमबार

    एशिया कप क्रिकेट खेल्न सन्दीप पाकिस्तान उडेे

    काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेमाथि यतिखेर समग्र नेपाली क्रिकेट क्षेत्रले आशा-भरोसा गरेको छ । एशिया कप क्रिकेट खेल्नका लागि आजै मात्र सन्दीप पाकिस्तान उडेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार बिहानै पकास्तिानका लागि उडेका उनले त्यहाँ भारत र पाकिस्तानसँग खेल्न पाउनु खुसीको कुरा रहेको बताए । पाकिस्तान उड्नुअघि क्रिकेटर लामिछानेले अहिले नेपाली क्रिकेट टिम लयमा रहेको बताए । उनले...

  • २०८० भाद्र १०, आइतबार

    दोलखामा पहिरोले चार घर बगायो

    दोलखा – दोलखाको विगु गाउँपालिका– ३ मा पहिरोले चार वटा घर बगाएको छ। शनिबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले ओलीटारका राजकुमार ओली, कमलप्रसाद ओली, उद्ववप्रसाद ओली र डम्बर प्रसाद ओलीको घर बनाएको दोलखा प्रहरीले जनाएको छ। पहिरो आएपछि स्थानीयले घर छोडेर भागी ज्यान जोगाएका थिए। पहिरोले भैंसीलगायतका चौपायासहित धानखेत पनि पुरेको छ। पहिरोले उत्तरको माथिल्लो तामाकोशी लामाबगर सडक बगाएपछि गौरीशंकर र...

  • २०८० भाद्र ५, मंगलबार

    राष्ट्रपति पौडेलद्वारा क्रिकेट टोलीलाई शुभकामना

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन पाकिस्तान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सफलताका लागि शुभकामना दिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित भेटघाटमा उनले सहभागी क्रिकेट खेलाडी, प्रशिक्षकलगायतलाई सफलताको शुभकामना दिएका हुन् । “यही भदौ १३ गतेदेखि पाकिस्तानमा सुरु हुने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न जान लाग्नुभएकामा नेपाली...

Pages