STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० आषाढ ७, बिहिबार

    नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित

    काठमाडौं - आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको छनोट प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा नेपाल दुई पटककाे  विश्वविजेता वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ । बिहीबार जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएर नेपाललाई जितका लागि ३४० रनको लक्ष्य दिएको थियो। तर, नेपालले उक्त चुनौती सामना गर्न असमर्थ रह्यो ।...

  • २०८० आषाढ ५, मंगलबार

    नेपालले अमेरिकालाई ६ विकेटले हरायो

    काठमाडौं - आईसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटअन्तर्गत भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको छ । मंगलबार जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले जितका लागि दिएको २०८ रनको लक्ष्य ४२.४ ओभरमा ४ विकेट गुमाउँदै नेपालले लक्ष्य पूरा गरेको हो । नेपालका तर्फबाट भीम सार्कीले अर्धशतक पूरा गरे । उनले ७७ रन बनाए...

  • २०८० आषाढ ३, आइतबार

    नेपाल जिम्बावेसँग ८ विकेटले पराजित

    काठमाडौं - विश्वकप क्रिकेट छनोट खेलमा नेपाल जिम्बावेसँग पराजित भएको छ । आइतबार हरारेको मैदानमा भएको खेलमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको थियो । तर, नेपाली टोलीले जिम्बावेलाई पराजित गर्न असफल रह्यो । २९१ रनको लक्ष्य पाएको जिम्बावेले २ विकेटको क्षतिमा ४४.१ ओभरमा लक्ष्य भेट्टाउँदै जित हासिल गर्न सफल भयो...

  • २०८० जेठ २५, बिहिबार

    साफ खेल्ने नेपालको टोली घोषणा

    काठमाडौं - भारतमा आयोजना हुने १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको टिम घोषणा भएको छ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले २३ सदस्यीय नेपाली टोली घोषणा गरेका हुन् । डिफेन्डर सिमान्त थापा र मिडफिल्डर लाकेन लिम्बुले राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन् । साफमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र...

  • २०८० जेठ २३, मंगलबार

    डेब्यू सिजनमै चर्च ब्वाइज बन्यो ‘ए’ डिभिजन लिग च्याम्पियन

    काठमाडौं - नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजलाई उपाधि जित्न मात्र एक अंकको आवश्यकता रहेको थियो ।  यस्तोमा थ्री स्टारसँग बराबरीमा रोकिएपनि चर्च ब्वाइज च्याम्पियन बनेको हो । चर्च ब्वाइजले ‘ए’ डिभिजन लिगमा बढुवा भएकै...

  • २०८० जेठ ९, मंगलबार

    विश्वकप छनोट : नेपालको पहिलो खेल जिम्बावेविरुद्ध

    काठमाडौं - आगामी महिना जिम्बावेमा आयोजना हुने आइसीसी विश्वकप छनोटको खेल तालिका घोषणा भएको छ । आइसीसीले मंगलबार खेलतालिका प्रकाशन गरेको हो । खेल तालिका अनुसार प्रतियोगिताको उद्घाटन १८ जुन अर्थात असार ३ मा हुनेछ । उद्घाटनको दिन दुई खेल रहेको छ । उद्घाटन खेलमा आयोजक जिम्बावे र नेपालबीच खेल हुनेछ । दोस्रो खेलमा २० जुन अर्थात् असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन /...

  • २०८० बैशाख १९, मंगलबार

    यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनाेट

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपमा फाइनलमा युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ । अपराजित रुपमा च्यापियन बनेको नेपालले टियु मैदानमा भएको फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्काको सहयोगमा ६७ रनको अर्धशतकीय ईनिङ खेले । एकदिवसीय अन्तराष्ट्रियमा...

  • २०८० बैशाख १९, मंगलबार

    युएईले दियाे नेपाललाई ११८ रनकाे लक्ष्य

    काठमाडौं - एसीसी मेन्स प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली नेपालविरुद्ध युएई १ सय १७ रनमा अलआउट भएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ बनाएको अवस्थामा खेल वर्षाका कारणले रोकिएको थियो । रोकिएको स्थितिबाट आज खेल सुरु भएकोमा युएईले ११ रन थप्दै आफ्नो अन्तिम विकेट गुमायो । नेपालका लागि ललितनारायण राजवंशीलेले अन्तिम विकेट लिए । युएई ३३ दशमलब १...

  • २०८० बैशाख १८, सोमबार

    युएई र नेपालबीचको फाइनल खेल स्थगित, भोलि ९ विकेटबाटै सुरु हुने

    काठमाडौं - एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो । आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरको खल सकिँदा पानी परेपछि खेल रोकिएको थियो । यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १सय ६ रन बनाएको थियो । भोलि...

  • २०८० बैशाख १७, आइतबार

    फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन

    काठमाडौं - राजधानीमा जारी एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुँदै एसिया कपका लागि छनोट हुने छन् । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा सोमबार युएईसँग खेल्दैछ । पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै...

  • २०८० बैशाख ११, सोमबार

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल

    काठमाडौं - वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन्। समूह ए मा रहेका नेपाल र साउदीले माथिल्लो मूलपानी मैदानमा आआफ्नो तेस्रो खेल खेल्ने तय थियो । तर, वर्षा नरोकिएपछि खेल हुन सकेन। साढे १० बजे पानी रोकिएपछि मूलपानी क्रिकेट मैदानमा ढाकिएको पिचको कभर हटाइएको थियो। यता, आउट फिल्ड सुपर सापरले सुकाइएको थियो । तर, साढे ११ बजेपछि पुनः पानी पर्न थालेपछि पिच कभरले ढाकिएको थियो ।...

  • २०८० बैशाख ८, शुक्रबार

    सन्दीपले पूरा गरे विश्व कीर्तिमानी एक सय विकेट

    काठमाडौं - नेपालका लेगस्पीनर सन्दीप लामिछानेले ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएका छन् । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् । सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे । सन्दीप...

Pages