STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० पौष २५, बुधबार

    पीचमै ढलेका ब्याट्सम्यानको मृत्यु

    काठमाडौं- भारतको नोएडामा भएको क्रिकेट खेलमा पीचमै ढलेका एक ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको छ ।उनको हृदयघातबाट मृत्यु भएको चिकित्सकले बताएका छन् । अन्य ब्याट्सम्यान र फिल्डिङ टीमका खेलाडीले उनलाई तत्काल सीपीआर दिन थाले पनि खेलाडीको घटनास्थल मै मृत्यु भएको थियो । उनी एक इन्जिनियर थिए जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए । नोएडामा कर्पोरेट लिगको दौरान माभेरिक्स ११ र ब्लेजिङ बुल्सबीचको...

  • २०८० पौष २१, शनिबार

    काठमाडौं मनपा राष्ट्रपति रनिङ शिल्ड : विश्व निकेतन मावि च्याम्पियन

    काठमाडौं- काठमाडौं महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकूद प्रतियोगितामा १२ स्वर्ण पदकसहित विश्व निकेतन माध्यमिक विद्यालय च्याम्पियन बनेको छ। विभिन्न खेलमा विद्यालयले १२ स्वर्णसहित २ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको हो । प्रतियोगितामा ६ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्दै पद्मकन्या माध्यमिक विद्यालय डिल्लीबजार दोस्रो भएको छ भने ५ स्वर्ण, १३ रजत र ५ कास्य पदक गर्दै बिजेश्वरी...

  • २०८० पौष २१, शनिबार

    टी-२० विश्वकपको तालिका प्रकाशित, नेपालसँगै दक्षिण अफ्रिका र श्रीलंका

    काठमाडौं— टी–२० विश्वकप २०२४ को खेल तालिका औपचारिक रुपमा सार्वजनिक भएको छ । टी–२० ढाँचाको यो महत्वपूर्ण प्रतियोगिता संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जुन १ बाट संयुक्त रुपमा सुरु हुनेछ । पहिलो पटक टी–२० विश्वकपमा २० टोलीको सहभागिता रहेको र सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ५/५ टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र समूहका शीर्ष २ टोली सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा...

  • २०८० पौष १७, मंगलबार

    तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले खेल क्षेत्रको विकासका पहलका लागि तीन तहको सरकारलाई ध्यानाकर्षण गराएका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘तेस्रो राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले खेलकुदले समग्र विद्यार्थीलाई सहयोग गरी सामाजिक, मानसिक र आर्थिक दृष्टिमा सशक्त बनाउने भन्दै खेल क्षेत्रको विकासको पहलका लागि तीनै तहको सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।  ‘खेलकुद...

  • २०८० पौष १५, आइतबार

    धनगढीलाई हराउँदै ललितपुरले जित्यो नेपाल सुपर लिग उपाधि

    काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर सिटी एफसीले जितेको छ । शनिबार काठमाडौंको दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३-२ ले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो । उपाधिसँगै ललितपुरले ७० लाख रुपैयाँ पाएको छ । गत सिजनमा उपविजेता बनेको धनगढी एफसी यस पटक पनि उपविजेतामा नै सीमित रह्यो । खेलमा ३७ औं मिनेटमा धनगढीका आफिज ओलावालेले गोल गरेर अग्रता दिलाए पनि त्यसपछि लगातार तीन गोल...

  • २०८० पौष ९, सोमबार

    सत्यनारायण बहादुर श्रेष्ठ स्मृति मिडिया कपमा चितवन च्याम्पियन

    नेवाः पत्रकार राष्ट्रिय दबु (एनएफएनजे) को आयोजनामा  नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनाराणबहादुर श्रेष्ठको १०८ अौं स्मृति दिवसको अवसरमा आयोजना गरेको सत्यनारायणबहादुर स्मृति मिडिया कप फुटसल प्रतियोगितामा नेवाः पत्रकार राष्ट्रिय दबु चितवन च्याम्पियन भएको छ । आदर्श विद्या मन्दिर (एभिएम) विद्यालयस्थित फुट्सल मैदानमा भएको प्रतियोगिताको फाइनलमा चितवनको टिमले एनएफएनजे काठमाडौँलाई ८–४ ले...

  • २०८० पौष ३, मंगलबार

    कीर्तिपुर ब्याडमिन्टन क्लबद्वारा कीर्तिपुर नपा मेयर राजकुमार नकर्मीलाई भत्सर्ना पत्र

    कीर्तिपुर ब्याडमिन्टन क्लबको भत्सर्ना पत्रमा भनिएको छ, ‘दोस्रो स्थानीय निर्वाचनमा निर्वाचित यस कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले मिति २०८० कार्तिक २७ गतेका दिन नगाउँ स्पोर्टस क्लबद्वारा आयोजित टेबुल टेनिस प्रतियोगितामा आर्थिक व्यवस्था गर्न सकिने अवस्था छ, तर के भैदियो भने खेलाडी उत्पादन गर्नेभन्दा भुँडी घटाउने प्रतियोगिता बढी भैदियो । ब्याडमिन्टन प्रतियोगिता भयो, रातभर टन्न वियर खायो,...

  • २०८० मङ्सिर ५, मंगलबार

    घरेलु मैदानमा नेपाल यमनसँग २-० ले पराजित

    काठमाडौं- फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा यमनलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओमार अब्दुल्लाह अल-दाही र मोहम्मद अब्दुल्लाह अल-दाहीले दोस्रो हाफमा गोल गरे । ओमारले ७२ औं...

  • २०८० मङ्सिर ५, मंगलबार

    विश्वकप छनाेटमा आज नेपाल यमनविरुद्ध खेल्दै

    काठमाडौं - फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज साँझ ७ बजेदेखि खेल सुरु हुनेछ ।  नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताए । उनले यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको खेलले पनि नेपाली टोलीको मनोबल उच्च...

  • २०८० मङ्सिर ३, आइतबार

    भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

    काठमाडौं- अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ । अहमदाबादमा भएको फाइनल खेलमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ४३ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि  ट्राविस हेडले तेस्रो विकेटका लागि मार्नश लाबुशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए । यसअघि भारतले विराट...

  • २०८० मङ्सिर २, शनिबार

    महिला टी–२० सिरिज : नेपालले जापानलाई हरायो

    काठमाडौं - चार देश सम्मिलित महिला टि–२० सिरिजअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई पराजित गरेको छ । नेपालले जापानलाई ६७ रनले हराएको हो । हङकङमा भएको खेलमा नेपालले जापानलाई जितका लागि एक सय १४ रनको लक्ष्य दिएको थियो । जापानले निर्धारित २० ओभरमा सवै विकेट गुमाउँदै ४६ रन बनायो । यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्दै नेपालले चार विकेट गुमाएर एक सय १३ रन बनाएको थियो । नेपालका लागि रुविना...

  • २०८० मङ्सिर १, शुक्रबार

    दक्षिण अफ्रिकालाई हराउँदै अस्ट्रेलिया विश्वकपको फाइनलमा

    काठमाडौँ - अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको थियो । अब फाइनलमा अस्ट्रेलियाले...

Pages