STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

खेलकुद

  • २०८० कार्तिक ३०, बिहिबार

    हङकङसँग नेपाल पराजित

      काठमाडौँ - चार देश सम्मिलित टी-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो । यस हारसँगै नेपालको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपाललाई पराजित गरेसँगै लगातार दुई जित निकालेको हङकङ भने प्रतियोगिताको...

  • २०८० कार्तिक २३, बिहिबार

    महिला क्रिकेटमा इन्दुले पाइन् कप्तानको जिम्मेवारी

    काठमाडौं - हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् । गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ ९क्यान० का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो । ‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो ।...

  • २०८० कार्तिक २०, सोमबार

    विश्वकपमा पुगेको नेपाली टोलीलाई क्यानले ५० लाख दिने

    काठमाडौं- नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टीमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यान सचिव पारस खड्काले बताए । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो । तर फाइनलमा भने नेपाल सुपर ओभरमा...

  • २०८० कार्तिक १९, आइतबार

    टी–२० विश्वकप एसिया छनोटः ओमानलाई उपाधि, नेपाल उपविजेता

    काठमाडौं- आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि ओमानले जितेको छ । सुपर ओभरमा पुगेको खेलमा ओमानले नेपाललाई हराएको हो। यससँगै नेपाल उपविजेतामा सीमित बनेको छ । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो । सुपर ओभरमा नेपालबाट ब्याटिङ गर्न कुशल भुर्तेल र गुलशन झा आएका थिए । ओमानका बिलाल खानले बलिङ गरेका थिए । बिलाल खानले पहिलो बलमा कुशल भुर्तेललाई पहिलो बलमै क्याच...

  • २०८० कार्तिक १७, शुक्रबार

    यूएईलाई पराजित गर्दै नेपाल १० वर्षपछि टी–२० विश्वकपमा छनोट

    काठमाडौं- नेपाल १० वर्षपछि टी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा यूएईलाई ८ विकेटले हराउँदै नेपाल सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट भएको हो ।  यसअघि नेपालले सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो । काठमाडौंमा भएको छनोट खेलबाट ओमान पनि विश्वकपमा छनोट भएको छ । मूलपानी मैदानमा यूएईले दिएको १३५ रनको लक्ष्य पछ्याउने...

  • २०८० कार्तिक १४, मंगलबार

    मलेसियालाई हराउँदै नेपाल टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा

    काठमाडौं- टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको छ । टस जितेर मलेसियाले दिएको १६६ रनको चुनौती नेपालले चार विकेटको क्षतिमा भेटाएको थियो । नेपालका लागि कुशल मल्ल र कुशल भुर्तेलले आक्रमक ब्याटिङ गरे । मल्लले ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन बनाए । ओपनर भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए । नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टीम ओमान...

  • २०८० कार्तिक १४, मंगलबार

    टी-२० विश्वकप छनोट : आज नेपाल र मलेसिया भिड्दै

    काठमाडौं- नेपालले आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्दैछ । खेल दिउँसो सवा १ बजे टीयू क्रिकेट मैदामा हुनेछ ।  नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो ।  मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै...

  • २०८० कार्तिक ३, शुक्रबार

    नेपालद्वारा हङकङ ६ विकेटले पराजित

    काठमाडौँ - राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । यो जितसँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई सात विकेटले पराजित गरेको थियो ।  नेपालका लागि...

  • २०८० कार्तिक १, बुधबार

    यूएईमाथि नेपालको सहज जित

    काठमाडौं - त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा नेपालले यूएईमाथि ७ विकेटको जित हात पारेको हो । यूएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा गर्‍यो । नेपालको जितमा कप्तान रोहित पौडेलले नटआउट ५१ रन र दीपेन्द्रसिंह ऐरीले नटआउट ३४ रन बनाए । रोहितले ४० बलमा ५ चौका र दीपेन्द्रले २३ बलमा ३ चौका र १ छक्का हिर्काए । नेपालका ओपनर...

  • २०८० आश्विन २२, सोमबार

    एशियाली खेलकुद : कबड्डीपछि कराँतेमा पदक

    काठमाडौँ - चीनको हान्झाउमा जारी १९ औं एशियाली खेलकुदमा नेपालले क्रिकेट खेलमा विश्व कीर्तिमान नै कायम गरी इतिहास रच्यो । पदक हात नपरे पनि एकै खेलबाट नेपालले आधा दर्जन बढी कीतिमान कायम गर्यो । थोरै बलमा अर्धशतक तथा शतक बनाउने विश्वकै अब्बल खेलाडी बने दीपेन्द्र सिंह ऐरी र कुशल मल्ल । क्रिकेटमा मंगोलियासँगको चमत्कारी खेलेको नेपालले अन्य २ खेलमा पदक हात पारेको छ । १८ औं एशियाली खेलकुदसम्म नेपालले एक...

  • २०८० आश्विन ६, शनिबार

    नेपाल क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित

    नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा निवर्तमान कार्यवाहक सचिव प्रशान्तबिक्रम मल्ललाई पराजित गर्दै पारस निर्वाचित भएका हुन् । कुल ८५ मतदाता रहेकामा पारसले ४८ र प्रशान्तले ३७ मत पाए । पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् । क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा...

  • २०८० आश्विन ४, बिहिबार

    साफ यू-१९ च्याम्पियन्सिप : नेपाल पाकिस्तानसँग पराजित

    काठमाडौं- नेपाल साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो ।  अलि जफरले खेलको ७६ औं मिनेटमा गरेको गोल नै पाकिस्तानका लागि निर्णायक बन्यो । पहिलो पटक यू-१९ खेलेको पाकिस्तानले नेपाललाई घरेलु मैदानमा नै पराजित गर्दै सुखद सुरुआत गरेको छ ।  दुई पटकको...

Pages