STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८१ बैशाख २४, सोमबार

    काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु

    काठमाडौं - कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।

  • २०८१ बैशाख २३, आइतबार

    ललितपुरको मोबिल स्टोरमा आगो लाग्दा ५ जना घाइते

    काठमाडौं- ललितपुरमा आगलागी हुँदा ५ जना घाइते भएका छन्।   आइतबार दिँउसो ललितपुर महानगरपालिका वडा नं १७ स्थित बाफल भन्ने स्थानमा आगलागी भएको हो।  मोबिलको स्टोर भएको टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित ५ जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराजले जानकारी दिए।  घाइतको अहिले किष्ट अस्पतालमा उपचार भइरहेको उनले बताए।  ‘मोबिल राखिएको स्टोर भएको टहरोमा आगलागी भएको हो,’ उनले भने...

  • २०८१ बैशाख २१, शुक्रबार

    पूर्वशिक्षकले गोली हानेको किशोरीको बयान

    विराटनगर - झापाको दमकमा गोली लागी घाइते गम्भीर भएकी छात्रा एनिका गजमेरको शरीरमा लागेको गोली निकालिएको छ । परीक्षा दिएर फर्किँदै गरेकी एनिकाको आज दिउँसो सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । उनको नाभि छेउमा गोली लागेको थियो । दमस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका छन् । एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत थिइन् ।...

  • २०८१ बैशाख १८, मंगलबार

    वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड रुपैयाँ चोरी

    पर्सा- वीरगञ्जस्थित नबिल बैंकबाट १ करोड ३४ हजार ८ सय रुपैयाँ चोरी भएको छ। सोमबार बिहान ४ बजेतिर बैंकबाट रकम चोरी भएको हो। चोरी गरेर बोरामा रकम हालेर लगेको सीसीटीभी फुटेजमा देखिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी कुमोध ढुङ्गेलले बताए। चोरी भएको समयमा बैंकमा सुरक्षा गार्डसमेत नभएको खुलेको छ। प्रहरीले अनुसन्धान अघि बढाएको छ। ताला फोडेर रकम चोरी गरेको र पछि अर्कै ताला लगाएर भागेको देखिएको छ। ५/६...

  • २०८१ बैशाख १८, मंगलबार

    ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

    काठमाडौं- ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ।  गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो।  आगो निभाउने क्रममा घाइते भएका शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।  मंगलबार दिउँसो बडिखेल जङ्गलमा भीषण आगलागी भएको छ। सो क्रममा प्रहरीसहित स्थानीयहरु आगो निभाउन गएका थिए। सो क्रममा...

  • २०८१ बैशाख १३, बिहिबार

    महोत्तरीमा आगलागी, ९२ घर जलेर नष्ट

    महोत्तरी - महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा बढी घर जलेर नष्ट भएका छन् । बुधबार दिउँसो लागेको सो आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । आगो निभाउन महोत्तरीका ६, धनुषाका तीन तथा सीमावर्ती भारतबाट ल्याइएको एउटा दमकलको प्रयोग गरिएको उनले बताए । “आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल...

  • २०८१ बैशाख १३, बिहिबार

    नेपाल टेलिकमका तत्कालीन प्रवन्ध निर्देशक सुनिल पौडेल कारागार चलान

    काठमाडौं - विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पौडेललाई थुनामा पठाउने आदेश दिएको हो। अदालतको आदेशसँगै पौडेललाई डिल्लीबजारस्थित कारागारमा पठाइएको छ। यसअघि गत वैशाख ७ गते नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले पौडेललाई दोषी ठहर गरेको थियो। विशेष...

  • २०८१ बैशाख ९, आइतबार

    माताको भेषमा मूर्ति र घण्टी चोरी गर्ने तीन जना पक्राउ

    दाङ - प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लिीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । माताको भेषमा गएर मूर्ति चोरी गर्ने तीन महिलालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले बताए ।  उनका अनुसार आज दिउँसो मन्दिरबाट पाँच थान घण्टी र तीन थान मूर्ति चोरी भएको थियो । ती मूर्ति चोरी गरेको आरोपमा...

  • २०८१ बैशाख ९, आइतबार

    भक्तपुरमा बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुर - भक्तपुरमा बाघको आक्रमणबाट एक बालिका घाइते भएकी छन् । चाँगुनारायण नगरपालिका–४ साङदहस्थित मामाघरमा पढ्न बसेकी १४ बर्सिया चयन बस्नेतलाई बाघले आक्रमण गरेको हो ।  घर नजिकै कोही नबस्ने खाली घरमा खेल्न जानेक्रममा झाडीबाट अचानक निस्किएको बाघले उनीमाथि आक्रमण गरेको थियो ।  उनी सख्त घाइते अवस्थामा भेटिएकी थिइन् । उनलाई उपचारका लागि टेकु अस्पताल पुर्‍याइएको भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी...

  • २०८१ बैशाख ९, आइतबार

    चोभारमा आगो निभाउन गएको दमकल दुर्घटना

    काठमाडौं- काठमाडौंको कीर्तिपुरस्थित चोभार डाँडामा भएको आगलागी निभाउन गएको दमकल दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।  जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष अब्दुल खानकै निवास नजिक अज्ञात व्यक्तिले जंगलमा आगो लगाएपछि निभाउने जाने क्रममा दमकल (वरुण यन्त्र) पल्टिएको हो।  दुर्घटनामा चालकसहित ६ जना गम्भीर घाइते भएको खानको निजी सचिवालयले जानकारी दिएको छ।  प्रहरी वृत्त कीर्तिपुरले पनि दुर्घटनाको...

  • २०८० चैत्र २६, सोमबार

    सशस्त्र गोदाममा आगलागी : एआईजीको नेतृत्वमा छानविन समिति गठन

    काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको बलम्बुस्थित केन्द्रीय गोदाम घरमा भएको आगलागीबारे छानविन गर्न एआईजीको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले कार्यविभागका एआईजी वंशीराज दाहालको नेतृत्वमा प्राविधिक अधिकृतहरू समेत सम्मिलित समिति गठन गरेका हुन्। सोमबार बेलुका पौने ५ बजेतिर सशस्त्रका कर्मचारीको बन्दोबस्ती सङ्गठनका लागि चाहिने अन्य सामान भण्डारण गरिएको गोदाम...

  • २०८० चैत्र १४, बुधबार

    धनगढी मेयरकी छोरी सम्पर्कमा

    काठमाडौं - सोमबारदेखि सम्पर्कविहीन रहेकी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालकी छोरी आरती हमाल सम्पर्कमा आएकी छिन् । भारतको गोवाबाट सम्पर्कविहीन भएकी मेयर हमालकी छोरी सम्पर्कमा आएकी हुन् । उनी भारतको गोवामा एक विदेशी किशोरीसँग रहेको भेटिएको हो । अमेरिकामा बस्ने नेपालीले उनीहरूको तस्बिरसहितको पोस्ट देखेपछि परिवारमा सम्पर्क गरेका हुन् । आरतीकी आमा शारदाका अनुसार उनीहरू भारतको गोवामा छन् । उनले...

Pages