STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका एकजनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख १८, मंगलबार

काठमाडौं- ललितपुरको आनन्द वनमा लागेकाे डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ। 

गोदावरी नगरपालिका–४ आनन्द वनमा डढेलो निभाउने क्रममा घाइते भएका शंकर पहरीको निधन भएको हो। 

आगो निभाउने क्रममा घाइते भएका शंकरको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ। 

मंगलबार दिउँसो बडिखेल जङ्गलमा भीषण आगलागी भएको छ। सो क्रममा प्रहरीसहित स्थानीयहरु आगो निभाउन गएका थिए। सो क्रममा शंकरसँगै आगो निभाउन गएका अर्का रमेश पहरी घाइते भएका छन्।  

ललितपुरको आनन्द वनमा डढेलो फैलिएसँगै त्यहाँ सञ्चालित कुष्ठरोग अस्पतालका बिरामीहरुलाई समेत अन्यत्र सारिएको छ। 

त्यहाँबाट १५ जनाको उद्धार गरिएको छ। 

Categorized in अपराध-दुर्घटना