STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० माघ १५, सोमबार

    मृत भेटिएकी जर्मन महिलाको शव शिक्षण अस्पताल लगियो

    काठमाडौँ - ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको शव प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । जर्मन नागरिक एडि इल एचइडीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लागिएको ललितपुरका एसएसपी शेखर खनालले  जानकारी दिए । । मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको छ ।...

  • २०८० माघ ९, मंगलबार

    नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टर पक्राउ

    काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा प्रहरीले चिकित्सक सम्बुद्ध भट्टाचार्यलाई पक्राउ गरेको छ ।  सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए । भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि...

  • २०८० माघ ३, बुधबार

    सामाजिक सञ्जालमा गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने व्यक्ति पक्राउ

    काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा पीडित किशोरी गौशाला–२६ को वास्तविक तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले संखुवासभाको चिचिला गाउँपालिका–३ का ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । राईले सो मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसलापछि त्यसबारे टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत पीडित किशोरीको...

  • २०८० माघ ३, बुधबार

    ब्रह्मटोलमा आगलागी : जलेर एक जनाको मृत्यु

    काठमाडौँ - काठमाडौँमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको हो ।

  • २०८० माघ १, सोमबार

    टुँडिखेल अपडेटः भीडमा च्यापिएर घाइते हुने प्रहरीसहित ११ जना पुगे

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा आज थारू र मगर समुदायको माघी मेलाका क्रममा भीडभाडमा च्यापिएर घाइते हुनेमा ११ जना पुगेका छन् । जसमा १ प्रहरी पनि घाइते छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार घाइते हुनेमा वर्ष १२ की त्रिसणा मगर, वर्ष १२ कै अञ्जना  तामाङ, वर्ष १९ की रेजिना घले, वर्ष १६ की निकिता मगर, वर्ष ३० की रेखा चौधरी छन्।  त्यस्तै, वर्ष १६ की अनिसा केसी, वर्ष २५ की कल्पना चौधरी, वर्ष २२ की...

  • २०८० माघ १, सोमबार

    इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार

    ललितपुर - ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार भएको छ। सोमबार बिहान ९:५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै एक घरमा खसेकी महिलाको उद्धार भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए।  दोलखा घर भई इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधानलाई उपचारको लागि पाटन अस्पताल लगिएको छ। उनको खुट्टामा चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार उनी...

  • २०८० पौष २९, आइतबार

    न्यायाधीश पत्नीले सर्वोच्च परिसरमा गरिन् आत्मदाह प्रयास

    काठमाडौं - न्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्च अदालत परिसरमै आत्मदाहको प्रयास गरेकी छन् । सर्वोच्च अदालत पुगेकी उनले केहीबेरअघि त्यहाँ आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफैंमाथि पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । उनले आफ्नो शरीरमा पेट्रोल खन्याउन लागेपछि प्रहरीले रोकेको थियो । प्रहरीसले उनीसँग रहेको पेट्रोलको बोतल र सलाई खोसेर नियन्त्रणमा लिएको जनाएको छ ।...

  • २०८० पौष २८, शनिबार

    दाङमा यात्रुबस दुर्घटना, ज्यान गुमाउनेको संख्या १२ पुग्यो

    दाङको भालुवाङमा एक यात्रुबस राप्ती नदीमा खस्दा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। इलाका प्रहरी कार्यालय भालुवाङका अनुसार शनिबार बिहान पौने १ बजेसम्म मृत्यु हुनेको संख्या १२ पुगेको हो। तर मृतकहरूको पहिचान खुल्न सकेको छैन। सबै शवलाई लमही अस्पताल पठाइएको छ । दुर्घटनामा घाइते २३ जनालाई उपचारका लागि बुटवल र नेपालगञ्ज पठाइएको छ। नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस शुक्रबार...

  • २०८० पौष २५, बुधबार

    पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला

    विशेष अदालतले भ्रष्टाचार मुद्दामा पूर्वडीआईजी महेशविक्रम शाहलाई तीन वर्ष कैदको फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष एवम् न्यायाधीश टेकनारायण कुँवर तथा न्यायाधीशद्वय तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले बुधबार शाहसहित यो मुद्दामा दोषी ठहर भएकाहरुको सजाय निर्धारण गरेको हो। शाहबाट १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो भराउन र बिगो बराबर जरिवाना अशुलउपर गर्न पनि अदालतले आदेश दिएको छ। सिन्धुलीको...

  • २०८० पौष २४, मंगलबार

    पक्राउ परे ‘तपस्वी’ बम्जन

    काठमाडौं- लामो समयदेखि नेपाल प्रहरीको खोजीमा थिए लिटल बुद्ध उपनामले चिनिने रामबहादुर बम्जन । उनै बम्जन मंगलबार साँझ काठमाडौंबाट पक्राउ परे ।  काठमाडौं बुढानीलकण्ठ वडा नं.७ मा परिवारसँग बसिरहेको अवस्थामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए । परिवारलाई भेट्न आउँदा उनको हातमा प्रहरीले हतकडी लगाएको हो । ...

  • २०८० पौष २२, आइतबार

    केकभित्र गाँजा राखेर अनलाइनमार्फत बेच्ने एकजना पक्राउ

    काठमाडौं- केकभित्र गाँजा राखेर बिक्री वितरण गर्ने गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको घट्टेकुलोबाट बिसन मानन्धरलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार मानन्धरले गाजा राखेर केकहरू अनलाइनमार्फत प्रयोगकर्तासम्म पुर्‍याउने गरेका थिए ।  इन्स्टाग्राममा अकाउन्ट बनाएर त्यसमार्फत उनले केक बिक्री वितरण गर्ने गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनको साथबाट...

  • २०८० पौष १९, बिहिबार

    हतकडीसहित फरार भएका थुनुवा पक्राउ

    काठमाडौं— जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले भक्तपुरको दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई महाराजगञ्ज प्रहरीमा परेको अर्को...

Pages