STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० मङ्सिर ११, सोमबार

    वेश्यावृत्ति आरोपमा काठमाडौंबाट स्पा सञ्चालक पक्राउ

    काठमाडौं- रातोपुलस्थित एक स्पा सेन्टरमा छापा मारेर प्रहरीले सञ्चालकलाई पक्राउ गरेको छ । नुवाकोट ब्युटीपार्लर एण्ड स्पा सेन्टरका सञ्चालक दिनेश पौडेललाई प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।  ब्युरो प्रमुख एसएसपी जीवनकुमार श्रेष्ठका अनुसार स्पाका नाममा युवतीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएर यौन शोषण गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ । ‘त्यहाँबाट ३ जना...

  • २०८० मङ्सिर ७, बिहिबार

    प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैदको फैसला

    काठमाडौं - जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । चलाउनेलाई २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ  क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ। प्रतिवादीहरूबाट दामासाही रूपमा यो रकम भराउनुपर्ने अदालतको फैसला छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासले यो फैसला गरेको हो। अभियुक्तहरू रुपेश शाह,...

  • २०८० मङ्सिर ७, बिहिबार

    दुई मोटरसाइकल ठोक्किँदा तीनजनाको मृत्यु

    काठमाडौं - सिरहामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु र एक घाइते  भएका छन्। सिराहा नगरपालिका-१९ सन्हैठास्थित नयाँ चोकमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स २ प ४५३१ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका...

  • २०८० मङ्सिर ६, बुधबार

    फलाक नाकाबाट तस्करीकाे ३३ किलो सुन भित्रियो

    दोलखा- दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा  क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरूको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मङ्गलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै सुन...

  • २०८० मङ्सिर २, शनिबार

    धनगढीको सारथी अस्पतालसहित ८ वटा पसलमा आगलागी

    काठमाडौं - धनगढीमा विद्युत सर्ट भएर आगलागी भएको छ । धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा शनिबार बिहान करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । जिल्ला प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले विद्युत सर्ट भएर आगलागी हुँदा सारथी अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको जानकारी दिए । स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज...

  • २०८० कार्तिक ३०, बिहिबार

    दार्चुलामा गाउँपालिका अध्यक्ष चढेको जिप दुर्घटना

    काठमाडौं- दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार जिप दुर्घटना भएको छ । नौगाड–२ सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश नं ३–०२२ च ५१२९ नम्बरको बोलेरो जिप नौगाड–३ बगडस्थित जामिरमा आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक...

  • २०८० कार्तिक ३०, बिहिबार

    तिहारमा जुवातास खेल्ने १६५ जना काठमाडौंबाट पक्राउ, ३५ लाख बरामद

    काठमाडौं- तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको आरोपमा प्रहरीले १६५ जनालाई काठमाडौं उपत्यकाका तीन जिल्लाबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट ३४ लाख ६२ हजार ८ सय ८५ रुपैयाँ बरामद गरेको छ ।  यही कात्तिक ११ गतेदेखि बिहीबार बिहानसम्म काठमाडौंका १३, ललितपुरका ४ र भक्तपुरका २ स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले ६९...

  • २०८० कार्तिक २४, शुक्रबार

    मुगु सामूहिक हत्या घटना : दुई जना आरोपी सार्वजनिक

    काठमाडौं - मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दु गाउँको सामूहिक हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । पकाउ पर्नेमा मुगुको छायानाथ रारा नगरपालिका– ७ पिना घर भई हाल बाँकेको वैजनाथ गाउँपालिका–१ चिसापानी बस्ने ३१ वर्षीय काले भनिने गोर्खराज शाही र छायाँनाथ रारा– ६ मन्दु बस्ने ३१ वर्षीय गोपालबहादुर बोहरा रहेका छन् । उनीहरूलाई आज (शुक्रबार) दिउँसो जिल्ला...

  • २०८० कार्तिक १७, शुक्रबार

    सप्तकोशीमा पानी जहाज दुर्घटना, १३ को उद्धार

    धरान - सप्तकोशी नदीमा सशस्त्र प्रहरीको पानी जहाज दुर्घटना भएको छ। एक दर्जनभन्दा बढी चढेको पानी जहाज शुक्रबार सुनसरीको चतराघाटस्थित सप्तकोसी नदीमा दुर्घटना भएको हो। उदयपुरतर्फ जाने क्रममा पानी जहाज दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर विराटनगरका पत्रकार कुमोद अधिकारी घाइते भएका छन्। १३ जनाको उद्धार गरिएको छ। सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उद्धार गरिरहेको छ। घाइतेलाई बीपी कोइराला...

  • २०८० कार्तिक १७, शुक्रबार

    तारा एयरका दुई क्याप्टेनबीच कुटाकुट

    रामेछाप - रामेछाप विमानस्थलमा दुई पाइलटबीच हात हालाहाल भएको छ । आज बिहान काठमाडौँ कोटेश्वर निवासी तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाहलाई सोही एयरका क्याप्टेन सञ्जीव श्रेष्ठले थप्पड हानी धकेलेका थिए । क्याप्टेन शाहले आफू बिहान ८ः३० बजे लुक्लाबाट रामेछापको मन्थली विमानस्थलमा आएको विमानबाट ओर्लिएको र क्याप्टेन सञ्जीव श्रेष्ठ लुक्ला उडानका लागि विमानस्थलमा रहेको जहाजतर्फ जाँदै हात मिलाउने क्रममा...

  • २०८० कार्तिक १४, मंगलबार

    ठगी पुष्टिपछि सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना

    काठमाडौं- कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भुस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो । प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा कात्तिक १ मा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री...

  • २०८० कार्तिक १४, मंगलबार

    प्रिन्सिपल हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुग्यो

    काठमाडौं—  बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले एक महिलासहित ६ जनालाई पक्राउ गरेको छ । बाराका प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए । पक्राउ पर्नेमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिका समेत रहेको प्रहरीले...

Pages