STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अपराध-दुर्घटना

  • २०८० फाल्गुण ९, बुधबार

    विराटनगर जुट मिल्समा आगलागी

    विराटनगर - बन्द अवस्थामा रहेको विराटनगर जुट मिल्समा आगलागी भएको छ । विराटनगर महानगरपालिका–१६ मा रहेको नेपालको पहिलो उद्योगमा मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) रञ्जनकुमार दाहालले बताए । बन्द उद्योगमा कसरी आगलागी भयो भन्ने खुलेको छैन । कसैले आगो लगाएको जस्तो देखिएको र घटनाको अनुसन्धान भइरहेको प्रहरी स्रोतले बतायो । ‘आगो सुरु भएको...

  • २०८० फाल्गुण ९, बुधबार

    श्रीमती, छोरी र नातिनीको हत्यापछि आत्महत्या

    काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिका– ६ गोठाटार भैरव टोलमा बुधबार बिहान करिब ८ बजेतिर साइरन बजाउँदै प्रहरीको एउटा टोली पुग्यो। सुरुमा केही प्रहरीहरु मोटरसाइकलमा पुगेका थिए। पछि गाडीमा पनि ठूलो संख्यामा प्रहरी त्यहाँ पुगे। केही प्रहरीहरु घरको भुइँ तलाको कोठामा छिरे। केही बाहिर रहे। प्रहरी कर्मचारीहरुले सञ्चार सेटमा कुरा गर्न थाले– लास भेटिएको छ– एउटा महिला, २ जना बच्चा छन्।  गोठाटार भैरव...

  • २०८० फाल्गुण ३, बिहिबार

    भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना

    काठमाडौं - ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई दोषी ठहर गरेको हो। अदालतले गुरुङलाई २ वर्ष कैद ८० लाख रुपैयाँ जरिवाना सुनाएको छ।

  • २०८० फाल्गुण २, बुधबार

    पाल्पा जिप दुर्घटनामा ८ जनाको मृत्यु, १८ जना घाइते

    पाल्पामा भएको जिप दुर्घटनामा मृत्यु भएका ८ जनामध्ये  ३ जना पुरुष र ५ जना महिला रहेका छन् । मंगलबार भएको जिप दुर्घटनामा १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।   घाइते भएका १८ जनालाई लुम्बिनी मेडिकल कलेज पाल्पा पठाइएको छ। मृतक र घाइतेको भने  सनाखत भएको छैन ।

  • २०८० माघ २६, शुक्रबार

    टीकापुर सार्वजनिक जग्गा हिनामिना अभियोगमा २४९ विरुद्ध मुद्दा दायर

    काठमाडौँ - नक्कली कागजात खडा गरी कैलालीको टीकापुरमा झन्डै ७ बिघा सार्वजनिक जग्गा हिनामिना गरेको अभियोगमा टीकापुर नगर विकास समितिका तत्कालीन पदाधिकारी एवं कर्मचारीहित २ सय ४९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । समितिका तत्कालीन तीन अध्यक्ष, कर्मचारी र बाँकी २ सय २८ जनालाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारको अभियोगपत्रमा ६ बिघा १९...

  • २०८० माघ १९, शुक्रबार

    डिभी परेकालाई नक्कली प्रमाणपत्र बनाइदिने १० जना पक्राउ

    काठमाडौं- प्रहरीले अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी लट्री २०२३ को नतिजामा लट्री परेको तर आवश्यक शैक्षिक योग्यता नपुगेपछि त्यसका लागि एसएलसी र प्लस २ को नक्कली प्रमाण पत्र बनाउने १० जनालाई पक्राउ गरेको छ ।  प्रहरीले उनीहरूमध्ये विवेक उपाध्यायसहित ३ जनालाई अमेरिकन दूतावासको समन्वयमा मंगलबार दूतावासबाटै पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीले...

  • २०८० माघ १९, शुक्रबार

    नवलपरासीमा बस र टिपर ठोक्किँदा १७ जना घाइते

    गएराति पश्चिम नवलपरासीको सुनवलमा बस र टिपर आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। बिहीबार राति पौने १० बजे सुनवल नगरपालिका- ४ गैरै पेट्रोलपम्प नजिकै काठमाडौँबाट बाजुरातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको ०१-००१ ख ३४८० नम्बरको बस र बुटवलबाट सुनवलतर्फ आउँदै गरेको लु.२ ख १६९६ नम्बरको टिप्पर आपसमा ठक्कर खाँदा दुर्घटना भएकाे हाे। पश्चिम नवलपरासीका सूचना...

  • २०८० माघ १८, बिहिबार

    काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते

    काभ्रे - काभ्रेमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते हुनेमा पाँचखाल नगरपालिका-६ की २४ वर्षीया नबिना दनुवार, नमोबुद्ध नगरपालिका-३ की ३६ वर्षीया वाङ्जु लामा, उनकी छोरी ११ वर्षीया फुर्सङ लामा, उनको छोरा ९ वर्षीय समर्पण लामा  र नमोबुद्ध नगरपालिका-५ की २० वर्षीया करुणा भुजेल रहेका छन्।  काभ्रेको बनेपा नगरपालिका-१४, भैंसेपाटी स्थितमा पनौतीबाट काठमाडौं तर्फ जाँदै गरेको बा २ ख ६६६९ नम्बरको...

  • २०८० माघ १८, बिहिबार

    बाँसबारी जग्गा हिनामिना प्रकरण : पक्राउ पर्ने तीन जनालाई अदालत लगियो

    काठमाडौं- बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआईबीले अरुण चौधरी, अजितनारायण सिंह थापापछि थप एकजनालाई पक्राउ गरेको छ ।  चौधरी अध्यक्ष रहेको सीजी होल्डिङ्सको महाप्रबन्धक रहिसकेका सञ्जय ठाकुरलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबी स्रोतले जानकारी दियो ।  'बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडप्ने क्रियामा ठाकुर समेतको प्रत्यक्ष संलग्नता रहेको देखिएकाले उनलाई पनि पक्राउ गरिएको हो...

  • २०८० माघ १८, बिहिबार

    मापसे गरी सवारी चलाउने छ महिनामा ३९ हजारभन्दा बढी

    नेपाल प्रहरी मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०  ८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन ९मापसे० गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन ९लापसे० गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ ।     मापसेबाट गरिएको कारबाहीबाट कूल रु तीन करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान...

  • २०८० माघ १६, मंगलबार

    नक्कली भ्याट बिल प्रकरणमा भाटभटेनी दोषी ठहर, २ अर्ब राज्यकोषमा बुझाउनुपर्ने

    काठमाडौं- नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । न्यायाधीश डा. कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीको रकम राज्यकोषमा...

  • २०८० माघ १५, सोमबार

    सुन लुट्न ६२ वर्षीया वृद्धाको हत्या

    विराटनगर- सङ्खुवासभाको खाँदबारीमा मृत फेला परेकी एक महिलाको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलासा भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरे मृत फेला परेकी थिइन् । उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो । प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने...

Pages