STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०८० भाद्र २७, बुधबार

    मोरक्को भूकम्पमा दुई हजार नौ सयभन्दा बढीको मृत्यु

      एजेन्सी - मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नौ सय नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन् । पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६।८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका...

  • २०८० भाद्र २५, सोमबार

    जी–२० शिखर सम्मेलन सम्पन्न

    एजेन्सी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार जी–२० शिखर सम्मेलनको समापनको घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख फोरममा गरिएका सुझावहरू र प्रस्तावहरूको समीक्षा गर्न नोभेम्बरमा भर्चुअल बैठकको आयोजना गर्ने प्रस्ताव गरेका छन् । ‘जसरी तपाई सबैलाई थाहा छ नोभेम्बर २०२३ सम्म जी–२० अध्यक्षको जिम्मेवारी भारतसँग छ। यी दुई दिनमा, तपाईं सबैले धेरै सुझाव दिनुभयो र प्रस्तावहरू...

  • २०८० भाद्र २१, बिहिबार

    रुसले फेरि गर्‍यो पूर्वी युक्रेनमा आक्रमण, १६ जनाको मृत्यु

    एजेन्सी - पूर्वी युक्रेनको एक बजारमा रुसले आक्रमण गर्दा १६ जनाको मृत्यु भएको छ। अहिले रूसी आतङ्ककारीको तोपखानाले डोनेट्स्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १६ जनाको हत्या गरेको छ। आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ती बजारमा व्यस्त रहेको बजारमा भएको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्, जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन्। प्रधानमन्त्री डेनिस श्मीगलले...

  • २०८० भाद्र २१, बिहिबार

    चिनियाँ सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध

    काठमाडौँ - चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ । सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको छ । पछिल्ला हप्ताहरूमा विभिन्न सरकारी निकायका वरिष्ठ अधिकारीहरूले आफ्ना कनिष्ठ कर्मचारीहरूलाई च्याट समूह र बैठकहरूमा सरकारको यो आदेशको बारेमा जानकारी गराउँदै आएका छन् । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार...

  • २०८० भाद्र ७, बिहिबार

    रुसकाे निजी सैन्य समूह ‘वाग्नर’का प्रमुखको विमान दुर्घटनामा मृत्यु

    एजेन्सी - रुसको निजी सैन्य समूह वाग्नर ग्रुपका प्रमुख एभगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ । बुधवार वाग्नर समूहको निजी सैन्य कम्पनीका नेता एभगेनी प्रिगोजिनको मो नजिकैको तेवेर क्षेत्रमा भएको विमान दुर्घटनामा निधन भएको हो । उनीसहित १० जनाको पनि दुर्घटानामा निधन भएको छ । विमान दुर्घटनाको कारणबारे अनुसन्धान थालिएको बताइएको छ । रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले सार्वजनिक गरेको विमान...

  • २०८० श्रावण २३, मंगलबार

    प्रचण्ड गर्मीले अमेरिकाका पाँच काउन्टीमा एक सय सतचालिस जनाको मृत्यु

    अमेरिकामा प्रचण्ड गर्मीका कारण पाँचवटा काउन्टीमा कम्तीमा एक सय ४७ जनाको ज्यान गएको छ । यो विज्ञहरूले अनुमान गरेभन्दा निकै कम भएको केबल न्युज नेटवर्क सिएनएन ले जनाएको छ । मृत्युको रिपोर्ट तीन राज्यमा भएको छ जुन सबैभन्दा खराब पीडित छ । यसै महिनाको प्रारम्भमा एरिजोनाको पिमा काउन्टीमा ६४ र म्यारीकोपामा ३९ जना, नेभाडाको क्लार्क काउन्टीमा २६ जना, टेक्सासको वेबमा ११ र ह्यारिस काउन्टीमा सात जनाको ज्यान...

  • २०८० श्रावण १९, शुक्रबार

    राहुल गान्धीको सजायमा अन्तरिम रोक

    एजेन्सी - मोदी उपनामको विषयमा टिप्पणी गरेर कानुनी दाउपेचमा फसेका कांग्रेस नेता राहुल गान्धीलाई सर्वोच्च अदालतले राहत दिएको छ । शुक्रबार सर्वोच्च अदालतले राहुल गान्धीको सजायमा अन्तरिम रोक लगाएको छ । यसअघि, गुजरात उच्च अदालतले मोदी उपनामको विषयमा गान्धीले गरेको टिप्पणीलाई लिएर तल्लो अदालतले तोकेको सजाय रोक्न अस्वीकार गरेको थियो । सर्वोच्च अदालतले गान्धीलाई किन अधिकतम सजाय दिइयो ? भन्दै प्रश्न समेत...

  • २०८० श्रावण ८, सोमबार

    ट्विटरको लोगो परिवर्तन, चराकाे ठाउँ अब एक्स

    एजेन्सी - एलन मस्कले ट्विटरको लोगो परिवर्तन गरेका छन् । ट्विटरको ट्विटर ह्यान्डलमा चराको ठाउँमा एक्स राखिएको हो । ट्विटरमा रहेको चराको फोटो पनि आजै परिवर्तन गरिने मस्कले ट्विट गर्दै जानकारी दिएका छन् । मस्कले एक्स डटकम वेबसाइट खोल्दा ट्विटर डटकम खुल्ने भइसकेको पनि बताएका छन् । ट्विटर कम्पनीलाई खरिद गरेपछि मस्कले एक्स कर्प कम्पनीका रूपमा रिब्रान्डिङ गर्न खोजेका छन् । सोहीअनुसार लोगो परिवर्तन र...

  • २०८० आषाढ २९, शुक्रबार

    अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल भ्रमणमा आउँदै

    संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज यहाँ आउँदै हुनुहुन्छ । उहाँले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नुहुनेछ र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्नु हुने  दूतावासले जनाएको छ । यसका साथै उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नुहुनेछ जनाइएको छ । साथै उहाँले...

  • २०८० जेठ ३२, बिहिबार

    अष्ट्रेलियाको संसदमै सिनेटरमाथि यौन दुर्व्यवहार !

    एजेन्सी- एक जना अष्ट्रेलियाली सांसदले सदनभित्रै आफूमाथि यौन आक्रमण भएको आरोप लगाउँदै महिलाका निम्ति संसद् ‘सुरक्षित स्थान’ नभएको बताएकी छन्। बिहीबारको संसद् बैठकमा रुदै स्वतन्त्र सांसद लिडिया थोर्पेले आफूमाथि ‘यौन टिप्पणी’ भएको, भर्‍याङ्मा भाग्नै नसकिने परिस्थिति सृजना गरिएको केही ‘शक्तिशाली पुरुष’द्वारा ‘गलत नियतले छोइएको र प्रस्ताव’ गरिएको दाबी गरेकी छन्। लिवरल पार्टीका सांसद डेभिड भानले...

  • २०८० जेठ २९, सोमबार

    राष्ट्रपति बाइडेनले अवैधानिक रकम आर्जन गरेको खुलासा

    राष्ट्रपति बाइडेनले युक्रेनबाट ५० लाख डलर अवैधानिक रकम आर्जन गरेको खुलासा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको एउटा पेट्रोल कम्पनीबाट ५० लाख डलर अवैधानिक रकम आयआर्जन गरेको रहस्यको खुलासा भएको छ। फक्स न्युज टेलिभिजनका अनुसार राष्ट्रपति बाइडेनले बरिस्मा होल्डिङ्ग्स नामक कम्पनीबाट उक्त रकम लिएका हुन्। यो कम्पनीमा राष्ट्रपति बाइडेनका छोरा हन्टर बाइडेन बोर्ड सदस्य थिए र उनले यो कम्पनीमा लामो...

  • २०८० जेठ २१, आइतबार

    भारतीय रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुग्यो

      एजेन्सी- भारतको पूर्वी राज्य उडिसामा दुई यात्रुबाहक रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २८८ पुगेको छ भने अन्य ८०३ जना घाइते भएका छन् । टाइम्स अफ इन्डियाले रेल अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ, “२० वर्षभन्दा बढी समयको सबैभन्दा घातक रेल दुर्घटनाका कारण २८८ जनाको मृत्यु भएको छ । घाइते यात्रुलाई गोपालपुर, खाँटापारा, बालासोर, भद्रक र सोरोका अस्पतालमा लगिएको छ । ओडिसा राज्यको...

Pages