STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

अन्तर्राष्ट्रिय

  • २०७९ कार्तिक ६, आइतबार

    सी जिनपिङ तेस्रोपटक चीनको राष्ट्रपतिमा निर्वाचित

    एजेन्सी - सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । कम्युनिष्ट पार्टीको अधिवेशनमा उनी फेरि पार्टीको महासचिवमा निर्वाचित भए । सी जिनपिङ पार्टीको अध्यक्षमा निर्वाचित भएको यो लगातार तेस्रो पटक हो । अब उनी आगामी पाँच वर्षसम्म यही पदमा रहनेछन् । एक दशकदेखि सत्तामा रहेका सी जिनपिङले तेस्रो पटक सत्तामा आएर दशकौंदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास रचेका छन् । उनी अब माओत्सेतुङको बराबर भएका छन्...

  • २०७९ कार्तिक ४, शुक्रबार

    ४५ दिनमै बेलायती प्रधानमन्त्रीद्वारा राजीनामा

    एजेन्सी - बेलायतका प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएका छन् । पदमा नियुक्त भएको ४५ दिनमै उनले राजीनामा दिएका हुन् । बिहीवार सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारी पूरा गर्न असमर्थ भएकाले राजीनामा दिन लागेको बताए । उनको स्थानमा ऋषि सुनाक प्रधानमन्त्री नियुक्त हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ४५ दिनमा नै राजीनामा दिन बाध्य लिज ट्रस यूके इतिहासमा नै सबैभन्दा छोटो समय कार्यभार...

  • २०७९ आश्विन २७, बिहिबार

    युक्रेनको पक्षमा नेपालको मतदान

    एजेन्सी - संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । विपक्षमा मतदान गर्नेमा बेलारुस, उत्तर कोरिया, निकारागुवा, रुस र सिरिया रहेका छन् । यसैगरी ३५ देश...

  • २०७९ आश्विन २५, मंगलबार

    मलेसियामा संसद विघटन, मध्यावधि निर्वाचन घोाषणा

      क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । प्रधानमन्त्री इस्माइली साब्री याकूबले संसद् विघटन गरिएको घोषणा गरेका हुन् । उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचन समेत घोषणा गरेका छन् । उनले घोषणा गरेअनुसार आगामी ६० दिन भित्रमा निर्वाचन हुनेछ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै उनले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको पनि जानकारी...

  • २०७९ भाद्र २८, मंगलबार

    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भब्य रुपया मनाइयो इन्द्रजात्रा

    अमेरिका– मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आयोजना गरिएको तेश्रो इन्द्रजात्रा (येँयाः) भव्यताको साथ सम्पन्न भएको छ । साथै जातीय भेषभूषामा सहभागी भएका बालबालिकाहरुलाई पुरस्कृत समेत गरिएको छ ।नेपाः कम्युनिटी यूएसएले (नेपा समुदाय अमेरिका) आयोजना गरेको उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर १० शनिबारका दिन अत्यन्तै राम्रो मौशममा सम्पन्न गरिएको छ । महामारीको...

  • २०७९ भाद्र २४, शुक्रबार

    बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

    एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको आज निधन भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो  । स्वास्थ्यमा समस्या आएपछि उनी चिकित्सकको निगरानीमा थिइन् ।  उनले दुई पटक नेपालको भ्रमण गरेकी थिइन् ।  बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स...

  • २०७९ श्रावण २८, शनिबार

    लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण

    काठमाडौं - अमेरिकाको न्यूयोर्कमा विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । भारतमा जन्मिएका उपन्यासकार रुस्दीमाथि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आक्रमण भएको हो । आक्रमणपछि भुइँमा ढलेका रुस्दीलाई कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उठाएका छन् । रुस्दीलाई उठाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट गरिएका छन् । एएफपीका अनुसार प्रहरीले छुरा प्रहार भएको बताए पनि...

  • २०७९ श्रावण १९, बिहिबार

    मस्क संसारकै सबैभन्दा धनी व्यक्ति

    एजेन्सी- टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् । एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ । गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर...

  • २०७९ श्रावण १७, मंगलबार

    अल कायदाका सर्वाेच्च नेता अमेरिकी कारवाहीमा मारिए

    काठमाडौँ - अल कायदाका सर्वोच्च नेता अयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलको एक घरमा लुकेर बसिरहेको अवस्थामा अमेरिकाले ड्रोनबाट मिसाइल प्रहार गरेर मारेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको मृत्यु भएको बताएका छन् । बाइडेनका अनुसार अलकायदाका नेता जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको हो । यसअघि २००१ सेप्टेम्बर ११ मा...

  • २०७९ श्रावण ६, शुक्रबार

    श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त

    एजेन्सी- श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । उनी राष्ट्रपति विक्रमसिंघेका सहपाठी हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले...

  • २०७९ श्रावण ५, बिहिबार

    भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित

    एजेन्सी - भारतको राष्ट्रपतिमा द्रौपती मुर्मू निर्वाचित भएकी छन् । विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई हराएर एनडीएकी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी हुन् । उनका प्रतिद्वन्द्वी सिन्हाले हार स्वीकार गर्दै मुर्मूलाई जितको लागि बधाई दिएका छन् । भारतको राष्ट्रपति चयनका लागि इलेक्ट्रोरल कलेजमा १० लाख ८६ हजार ४३१ मत आवश्यक हून्छ । कुनै पनि उम्मेदवारलाई जित्न ५ लाख ४३ हजार १२६ मत चाहिन्छ । तेस्रो चरणमा...

  • २०७९ श्रावण ५, बिहिबार

    श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

    एजेन्सी- श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् ।बुधबार श्रीलङ्काको संसदमा भएको निर्वाचनमा कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घे १३४ मतका सात नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसनल पिपल्स पावर (एनपिपी)की नेत्री अनुरा कुमारा...

Pages