STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख २३, आइतबार

एजेन्सी- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्।

यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे शहर बाढीका कारण सबैभन्दा बढी प्रभावित भएको छ। रियो ग्रान्डे डो सुलमा आएको हावाहुरी आएको छ। 

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा वर्षाका कारण बाँध भत्किने खतरा छ। शहरबाट बग्ने गुआबा नदी ५.०४ मिटरको उचाइमा छ, जुन १९४१ पछि सबैभन्दा उच्च हो। उद्धारकर्मीहरूलाई मानिसहरूको उद्धार गर्न समस्या भइरहेको छ। पानीको बहावका कारण सडकहरू भत्किएका छन् भने पुलहरू बगेका छन्।

स्थानीय अधिकारीहरूका अनुसार उद्धारकर्मीहरूले मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याउने प्रयास गरिरहेका छन्। पोर्टो एलेग्रे एअरपोर्टले शुक्रबार मे ३ मा अनिश्चितकालका लागि उडानहरू स्थगित गर्यो। मौसम पूर्वानुमान महाशाखाले आगामी दिनमा भारी वर्षा हुने चेतावनी दिएको छ।

अविरल वर्षाका कारण शहरका ३ भन्दा बढी जलविद्युत बन्द भएका छन्। जसका कारण  पिउने पानीको अभाव छ। ५ लाख जनताले पिउने पानी पाएका छैनन्। रियो ग्रान्डे डो सुल गभर्नर एडुआर्डो लेइटले प्रकोपपछि पुनर्निर्माण गर्न ठूलो लगानीको 'मार्शल योजना' चाहिने बताए। 

पोर्टो एलेग्रे शहरका मेयर सेबास्टियो मालोले शनिबार सहरको अर्को नदी ग्राभाताई खतराको चिन्हभन्दा माथि बढेपछि बाढी प्रभावित क्षेत्रहरू खाली गर्न मानिसहरूलाई सल्लाह दिए। उनले जनतालाई सहयोग गर्ने आश्वासन दिएका छन्।

ब्राजिलका राष्ट्रपतिले बाढी प्रभावित क्षेत्रको भ्रमण गरी केन्द्र सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले बाढी र वर्षाका लागि जलवायु परिवर्तनलाई पनि दोष दिएका छन्। ब्राजिलको मौसम विभागले पनि वर्षाको तीव्रताको लागि एल निनो जिम्मेवार रहेको बताएको छ।

Categorized in अन्तर्राष्ट्रिय