STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० आषाढ ४, सोमबार

    १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्टको आईपीओ स्थगित

    काठमाडौँ– विभिन्न काण्डमा मुछिएको घोराही सिमेन्ट इन्डस्ट्रीको १ करोड २० लाख कित्ता फर्जी आवेदन भेटिएपछि घोराही सिमेन्ट प्राथमिक निष्कासन (आईपीओ) स्थगन भएको छ । फर्जी आवेदनमा लगातार वृद्धि भएपछि नेपाल धितोपत्र बोर्डले इस्यु म्यानेजरलाई तत्काल आवदेन स्थगन गर्न पत्र पठाएको हो । फर्जी आवेदनसँगै गुनासो आउने क्रम बढेपछि इस्यु म्यानेजर हिमालयन क्यापिटललाई पत्र पठाएर प्रक्रिया स्थगन गरेको हो । घोराही...

  • २०८० जेठ ३०, मंगलबार

    ट्याक्सीलाई अब अर्डिनरी, डिलक्स र लक्जरी गरी तीन भागमा वर्गीकरण गरिने

    काठमाडौँ– सरकारले ट्याक्सीका रुपमा प्रयोग हुने सवारी साधनलाई तीन भागमा वर्गीकरण गर्ने तयारी गरेको छ । यातायात व्यवस्था विभागले ट्याक्सीलाई वर्गीकरण गर्ने गरी ‘ट्याक्सीका रुपमा प्रयोग हुने सवारीसम्बन्धी मापदण्ड, २०८०’को मस्यौदा जारी गरेको हो । विभागले उक्त मस्यौदाका सम्बन्धमा आगामी असार ४ गतेभित्र वस्तुपरक सल्लाह, सुझाव तथा राय(परामर्श इमेल तथा फेसबुक पेजमार्फत पठाउन अनुरोध गरेको छ । मस्यौदा...

  • २०८० जेठ २९, सोमबार

    भ्याट लगाएपछि आलु, प्याजको आयात बन्द

    काठमाडौं - आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले अति आवश्यक खाद्यवस्तु आलु प्याजमा मुल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि यसको विरोध सदनदेखि सडकसम्म नै भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यले सरकारले आयातित खाद्यान्नमा कर लगाउने व्यवस्था गरेको स्पष्ट गरेको छ । तर, उपभोक्ताको माग अनुसार नेपालमा आलू, प्याजको उत्पादन नभएको भन्दै व्यवसायीहरुले सरकारको निर्णयको विरोधमा आयात नै बन्द गरेका...

  • २०८० जेठ २९, सोमबार

    संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरियो : अर्थमन्त्री

    काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गलत प्रचार गरिएको बताएका छन् । आगामी आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको विशेषताको कुरै नभएको र गलत प्रचार बढी भएको बताए । ‘यो कार्यक्रममा बजेटको सीमितता छ । भौतिक पूर्वाधारको निकै माग छ । यस्तो...

  • २०८० जेठ २९, सोमबार

    प्रतिनिधिसभा बैठक : बजेटबारे अर्थमन्त्रीले जवाफ दिँदै

    काठमाडौं - आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि निरन्तर बजेट माथि छलफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिएपछि सोमवार अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा...

  • २०८० जेठ १६, मंगलबार

    बजेट प्रतिक्रिया : आर्थिक समस्याको समाधान दिन सक्दैन : ओली

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताएका छन् । सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिए । उनले भने,‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि...

  • २०८० जेठ १६, मंगलबार

    बजेट प्रतिक्रिया : समस्या समाधान गर्न सक्दैन : पूर्वअर्थमन्त्री पौडेल

    काठमाडौं - नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको अर्थतन्त्रका समस्यालाई देख्न नसकेको प्रतिक्रिया दिएका छन्। सङ्घीय संसद्बाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “आज प्रस्तुत आगामी आवको बजेटले अहिलेको समस्या समाधान गर्न सक्दैन, यो बजेट समग्रतामा भन्दा आधारभूत सिद्धान्तमाथि उभिएर आएकै छैन ।” एमाले नेता गोकुल बाँस्कोटाले बजेटप्रति प्रतिक्रिया...

  • २०८० जेठ १६, मंगलबार

    बजेट २०८०/८१ हाइलाइट : जेष्ठ नागरिक भत्ताका लागि १ खर्ब बढी, २५ हजार भूमिहीनलाई जग्गा, काठमाडौंमा फ्लाइओभर र अन्डरपास

    काठमाडौँ - सरकारले जेष्ठ नागरिक भत्ताका लागि १ खर्व ५७ अर्ब ७३ करोड बजेट बिनियोजन गरेको छ । आर्थिक बर्ष २०८० र ८१ को बजेट घोषणामा सरकारले मासिक चार हजारका दरले दिँदै आएको जेष्ठ नागरिक भत्तालाई निरन्तरता दिदै सो रकम छुट्टाएको अर्थमन्त्री डा. रामशरण महतले घोषणा गरेका हुन् । शिक्षक लाइसेन्सको परीक्षामा सबै सहभागी हुन पाउने अध्यापन अनुमतिपत्र (टिचिङ लाइसेन्स) को परीक्षामा जुनसुकै विषय पढेका...

  • २०८० जेठ १६, मंगलबार

    सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा

    काठमाडौँ - आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको हुने भएको छ । सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् । सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ । जसअनुसार आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य बजेटले लिएको छ । यस्तै, आगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर बढाउने र दोस्रो चरणको...

  • २०८० जेठ १४, आइतबार

    आर्थिक सर्वेक्षण : आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सिमित हुने

    काठमाडौं - सरकारले नयाँ आर्थिक वर्षको बजेट सोमवार ल्याउँदै छ । बजेट आउनुअघि सरकारले आइतबार आर्थिक सर्वेक्षण प्रस्तुत गरेको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक वर्ष २०७९/०८० को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै सार्वजनिक संस्थान भित्र राख्न आवश्यक संस्थानहरुको संरचनागत तथा व्यवस्थापकीय सुधार आवश्यक रहेको बताएका छन् । अर्थमन्त्री डा.प्रकाशसरण महतले आइतबार संसदमा चालु आर्थिक वर्ष ०७९/०८०को...

  • २०८० बैशाख २६, मंगलबार

    विदेशबाट आउँदा अब २ वटा मोबाइल ल्याउन पाइने

    काठमाडौं - अब विदेशबाट फर्किँदा साथमा २ वटा मोबाइल बोकेर आउन पाइने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले झिटीगुण्टा नियमावली संशोधन गर्दै विदेशबाट फर्किने नेपालीले आफूले बोकेको मोबाइलसहित थप एउटा मोबाइल नेपाल ल्याउने पाउने निर्णय गरेको हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले स्वदेश फर्किने नेपालीले साथमा बढीमा दुई वटा...

  • २०८० बैशाख २६, मंगलबार

    ललितपुर तयारी पोशाक ब्यापार संघको रजत जयन्ती

    ललितपुर तयारी पोशाक ब्यापार संघले आफ्नो स्थापनाको २५ बर्ष पुरा गरेको अवसरमा रजत जयन्ती विभिन्न कार्यक्रम गरी मनाउने भएको कुराको जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको छ । रजत जयन्ती को अवसरमा यो एक वर्ष भरीमा आयकर सम्बन्धी अन्तरक्रिया, व्यावसायिक लेखा प्रणाली तालिम, बैंक तथा इन्सुरेन्स सम्बन्धी सहजीकरण, सुस्वास्थ्यका लागि विविध कार्यक्रम, असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिकहरुलाई सहयोग...

Pages