STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०७९ चैत्र १९, आइतबार

    तातोपानी र हिल्सा नाका पनि पूर्ण रुपमा खुल्ने

    काठमाडौं - चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको हो । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा. नारायणप्रसाद रेग्मीका...

  • २०७९ चैत्र ९, बिहिबार

    ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र धरासायी हुने चेतावनी

      काठमाडौँ - नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने चेतावनी दिएका छन् । बिहीवार नेपाल-इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् । उनले बैंकको ब्याजदर नघटाउने हो भने उद्योग–व्यवसाय पनि फस्टाउन नसक्ने बताए ।...

  • २०७९ फाल्गुण २१, आइतबार

    मध्यपुर थिमि सहकारीका अध्यक्ष केके मानन्धरद्वारा सबै वित्तीय संस्थालाई एउटै नजरले नहेर्न अनुराेध

    मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निगुपुखू क्षेत्रमा खुल्ला रक्तदान र निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखा र डेन्टल आर्ट मल्टिस्पेसियालिटी क्लिनिकको समन्वयमा सम्पन्न भएको स्वास्थ्य शिविरमा ११३ जना सदस्यहरू लाभान्वित भएका छन् । स्वास्थ्य शिविर पश्चात् भएको छलफल कार्यक्रममा संयोजक डा. उज्ज्वल जोशीले शिविरमा डेन्टल टेस्ट, एक्सट्रयाकसन,...

  • २०७९ फाल्गुण २१, आइतबार

    महिला चेम्बरद्वारा महिला उद्यमीहरू सम्मानित

    नेपाल महिला चेम्बरले ११३ औं अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर सांस्कृतिक एवम  सम्मान कार्यक्रम आयोजना गरेको छ । महिला  चेम्बरले संयुक्त राष्ट्र संघले २०२३ को नारी दिवसका लागि तय गरेको ”डिजिटल इनोभेसन एण्ड टेक्नोलोजी फर जेन्डर ईक्वालिटी” भन्ने नाराका साथ  शुक्रबार कमलपोखरी स्थित रुसी सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरेको हो । नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्व तथा...

  • २०७९ फाल्गुण १९, शुक्रबार

    दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि

    काठमाडौं - सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य एकैपटक प्रतिलिटर ९ रुपैयाँले वृद्धि गरेको हो। दूधको मूल्य वृद्धिसँगै अब प्रतिलिटर दूधको मूल्य ६५ पुगेको छ । अहिले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा रहेको छ। हरेक दुई वर्षको मूल्य समायोजन गर्नुपर्ने नियम बनाइए पनि सरकारले एकै वर्षमा दुई पटक दूधको मूल्य वृद्धि गरेको छ ।

  • २०७९ फाल्गुण ८, सोमबार

    आर्थिक व्यवस्थापकीय कमजोरी देखिएपछि प्राधिकरणले रोक्यो गुण एयरलाइन्सको उडान

    काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निजी क्षेत्रको गुण एयरलाइन्सको विमानको उडान रोक्ने निर्णय गरेको छ । एयरलाइन्सको वित्तीय व्यवस्थापकीय कमजोरी तथा हवाई सुरक्षामा पर्नसक्ने जोखिमलाई मध्यनजर गरी उडान रोक्ने निर्णय भएको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले राससलाई जानकारी दिए । उनले भने, “गुण एयरलाइन्सको आर्थिक व्यवस्थापकीय कमजोरी देखिएकोले कार्यरत कर्मचारीको मनोबल उच्च राख्न नसक्ने...

  • २०७९ माघ २९, आइतबार

    बजेटको आकार २ अर्बले घटाइयो

    काठमाडौ - चालू आर्थिक बर्षको बजेटको आकार घटेर १५ खर्ब ५० अर्ब रूपैयाँ हुने अनुमान रहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्बको बजेट ल्याएका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा पेश गरेको चालू आर्थिक वर्षको बजेट समीक्षामार्फत उक्त बजेटको आकार घटाएर १५ खर्बमा झारिएको हो । यस्तै राजस्व संकलनको लक्ष्य पनि घटाएर १२ खर्ब ४४ अर्ब ७५ करोड बनाइएको छ । यसअघि १४...

  • २०७९ माघ २४, मंगलबार

    डिजेल, पेट्रोल र मट्टीतेलमा फेरि बढ्याे प्रतिलिटर तीन रूपैयाँ

    काठमाडाैँ - नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ । निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर तीन/तीन रूपैयाँ बढाएको हो । सोमबार राति १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको निगमले पेट्रोलको प्रतिलिटर १७८ र डिजेल र मट्टीतेल प्रतिलिटर १७५ रूपैयाँ पुर्याएको छ । यसअघि पेट्रोल १७५ र डिजेल तथा मट्टितेल १७२ रूपैयाँ प्रतिलिटरमा कारोबार भइरहेको थियो । निगमले हवाई इन्धन र खाना...

  • २०७९ माघ २०, शुक्रबार

    मूल्य नपाएपछि चितवनका किसानले सडकमा फाले तरकारी

      काठमाडौं - भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् । शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पान गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् । स्वदेश तरकारी उत्पादनलाई प्राथमिकता नदिएर भारतीय तरकारीको आयात गरिएपछि स्वदेशी किसान मारमा परेको...

  • २०७९ माघ १८, बुधबार

    कामना सेवा विकास बैंकका सिईओ पक्राउ

    काठमाडौं - कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कम धितो राखेर बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिईओ बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनीहरुमाथि सुरुमा कामना सेवा विकास बैंकले नै अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि...

  • २०७९ माघ १८, बुधबार

    भारतबाट बढेर आयाे इन्धनको मूल्य

    काठमाडौं - भारतीय आयल कर्पोरेशन (आईओसी)ले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । नेपाल आयल निगमका अनुसार मंगलबार (आज) साँझ १२ बजेदेखि लागू हुनेगरी बढेर नयाँ मूल्य पठाएको हो । नयाँ निर्धारित मूल्यमा पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल प्रतिलिटर ७ रुपैयाँ ९८ पैसाले बढेको छ । त्यस्तैगरी मट्टितेलको मूल्य एक लिटरमा ४ रुपैयाँ ८० पैसा, हवाइ इन्धन लिटरमै ७ रुपैयाँ ५० पैसाले बढेको हो । उता खाना पकाउने...

  • २०७९ माघ १८, बुधबार

    अन्तरबैंक एटिएम शुक्ल अब १५ रूपैयाँ

    काठमाडौं - एउटा बैंकको एटीएम कार्डबाट अर्को बैंकको एटीएममा प्रयोग गरेर रकम झिक्दा १५ रुपैयाँभन्दा बढी शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकले ‘एकीकृत निर्देशन, २०७९’ जारी गर्दै एक बैंकको एटिएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएममा प्रयोग गर्दा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने जनाएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क लिन गरेको थियो । बैंक तथा...

Pages