STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० बैशाख २५, सोमबार

    अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी आवश्यक : डा.स्वर्णिम वाग्ले

    काठमाडौँ - सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने...

  • २०८० बैशाख २१, बिहिबार

    नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा

    "डिजी पे” ले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुबैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धन गर्नका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिले काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको हो । डिजी पे मा व्यवसायीहरूले न्यूनतम...

  • २०८० बैशाख १२, मंगलबार

    स्मार्ट टेलिकमको सिम र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तित

    काठमाडौं - स्मार्ट टेलिकमको लाइसेन्स खारेज भएपछि सिम कार्ड र रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायीहरू चिन्तित बनेका छन् । वैशाख २ गते लाइसेन्स खारेज भएसँगै नेपाल दूरसञ्चार प्राधिकरणको अधीनमा आएपछि सिम कार्ड तथा रिचार्ज कार्ड बिक्री गर्ने व्यवसायी चिन्तामा डुबेका हुन् । प्राधिकरणका अनुसार स्मार्ट टेलिकमले नवीकरणबापतको २० अर्ब रुपैयाँ र तीन महिनाअघि नै नवीकरण शुल्क नबुझाएका कारण दूरसञ्चार...

  • २०८० बैशाख ५, मंगलबार

    सामसाङको मोबाइल किन्दा नबिलले दिने क्यासब्याक

    काठमाडौं - विश्वव्यापी रुपमा मनपराइएको स्मार्टफोन सामसङले हालैमात्र बजारमा उपलब्ध गराइएका ए सिरिज मोडलका २ वटा नयाँ ग्यालेक्सी ए ३४५जि र ग्यालेक्सी ए ५४५ जिको खरिदमा सीमित समयका लागि विशेष योजना सुरु गरेको छ । यस योजनाको लागि सासमसङले नबिल बैंकसंग अप्रिल १२, २०२३ मा एक सम्झौता पत्रमा हस्ताक्षर गरेको छ । जस अनुसार नबिल बैंकका भिसा डेबिट कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले ग्यालेक्सी ए ३४५ जि र...

  • २०८० बैशाख ४, सोमबार

    व्यवसायी महर्जनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

    काठमाडौं - नेपाल मदिरा व्यवसायी महासंघको आगामी नेतृत्वको लागि पाटन ललितपुरका मदिरा व्यवसायी मुकुन्द महर्जनले राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । महासंघको यही बैशाख ८ र ९ गते काठमाडौंमा आयोजना हुन लागेको १७ औं साधारणसभा तथा १२ औं महाधिवेसनमा देशभरका मदिरा व्यवसायीहरुले नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै व्यवसायी महर्जनद्वारा विहीबार जारी...

  • २०८० बैशाख ४, सोमबार

    वायुसेवा निगमले तीन जहाज खरिद गर्ने

    काठमाडौं -राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आन्तरिक उडानका लागि थप तीन थान जहाज खरिद गर्ने भएको छ । आन्तरिक उडानमा बजार हिस्सा ओगट्न नसकेको भनी आलोचना खेपिरहेको निगमले जहाज थपेर सेवा विस्तार गर्ने लक्ष्यसहित तीन जहाज खरिद गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार दुर्गम क्षेत्र ‘स्टल रुट’ मा उडान भर्न सक्ने तीन साना जहाज खरिद गर्ने कार्ययोजना अघि...

  • २०८० बैशाख ४, सोमबार

    स्मार्ट टेलिकमको लाइसेन्स खारेज

    काठमाडौं -बक्यौता भुक्तानी नगरेको स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको इजाजतपत्र (लाइसन्स) स्वतः खारेज भएपछि कम्पनीको सम्पत्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । आज बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले स्मार्ट टेलिकमको सम्पक्ति व्यवस्थापन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । प्राधिकरणले स्मार्ट टेलिकमलाई बक्यौता रकम...

  • २०८० बैशाख १, शुक्रबार

    उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध

    काठमाडौं - नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । पहिलो चरणमा भएको निर्वाचनमा ३ जना मध्येका कुनै पनि प्रत्यासीले ५० प्रतिशत मत नकटाएपछि दोस्रो चरणको निर्वाचनमा अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच चुनावी भिडन्त पक्का भएको थियो । तर, उनीहरुले सहमतिको लागि समय मागेपछि २ बजेका लागि निर्धारित चुनाव पछि सारिएको थियो । अञ्जनलाई वरिष्ठ उपाध्यक्षमा...

  • २०८० बैशाख १, शुक्रबार

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा ढकाल

      काठमाडौं - नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। महासङ्घको विधानमा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आजसम्पन्न ५७औँ साधारणसभामार्फत महासङ्घको २०औँ अध्यक्षमा उनी निर्वाचित भएका हुन् । अध्यक्ष शेखर गोल्छामार्फत् पद तथा गोपनीयताको शपथ लिएर उनले महासङ्घको अध्यक्षको जिम्मेवारीको यात्रा सुरु गरेका हुन्। सपथपछि उनले आफूले लामो समयदेखि...

  • २०७९ चैत्र ३०, बिहिबार

    सरकारी बेरुजु नौ खर्ब ५९ अर्ब

    काठमाडौं - सरकारको हालसम्मको कूल बेरुजु रू नौ खर्ब ५९ अर्ब ७९ करोड नाघेको छ । महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपतिसमक्ष बुझाएको ६०औँ वार्षिक प्रतिवेदनअनुसार सङ्घीय तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सङ्गठित संस्था, समिति र अन्य संस्थासमेत कूल छ हजार पाँच सय ४३ निकायको लेखापरीक्षण गर्दा बेरुजु रु साढे नौ खर्बमाथि देखिएको हो । हालसम्मको कूल बेरुजुमध्ये अद्यावधिक बेरुजु रू पाँच खर्ब ८७...

  • २०७९ चैत्र ३०, बिहिबार

    महासंघको जिल्ला नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित

    काठमाडौं - उद्योग वाणिज्य महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएका छन् । बुधबार बिहान १० बजेदेखि भएको मतदान बेलुका ६ बजे सकिएको थियो । बेलुका ८ बजेदेखि सुरु भएको मतदानअनुसार ढकाल, वैद्य र विजयी भएका हुन् । महासंघको जिल्ला नगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी भएका छन् । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी भएका हुन् ।...

  • २०७९ चैत्र २०, सोमबार

    निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँ घट्यो

      काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०/१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । बोर्ड बैठकले डिजेल, मट्टितेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य...

Pages