STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

बिजनेस

  • २०८० पौष ३, मंगलबार

    तीन वर्षमा नेपाल एअरलाइन्सको आम्दानी १४४ प्रतिशतले वृद्धि

    काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले तीन वर्षमा आफ्नो आम्दानी दोब्बरभन्दा बढीले वृद्धि भएको बताएको छ । मंगलबार एक विज्ञप्तिमार्फत निगमले बितेका तीन वर्षमा आफ्नो आम्दानीमा १४४ प्रतिशतले वृद्धि गरेको बताएको छ । निगमका अनुसार महालेखा परीक्षकको लेखापरीक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आव २०७७/७८ मा ९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रुपैयाँ रहेको थियो भने आव २०७८/७९ मा १६ अर्ब ४६...

  • २०८० मङ्सिर २२, शुक्रबार

    आलु, प्याज र स्याउमा भ्याट नलाग्ने

    काठमाडौँ, आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज, स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर ९भ्याट० नलाग्ने स्पष्ट पारेको छ । विगतमा भ्याट छुट दिइँदै आएका केही वस्तुमा चालु आर्थिक वर्षको बजेटमार्फत् सरकारले उक्त छुट सुविधा कटौती गरेको थियो । सरकारले आयातित आलु, प्याजमा मात्रै भ्याट छुट खारेज गरेको बताए पनि आन्तरिक उत्पादनमासमेत भ्याट लाग्न थालेको भन्दै कालीमाटी फलफूल तथा तरकारी...

  • २०८० मङ्सिर १७, आइतबार

    एनसेलको शेयर बिक्रीमा करछली भएको सांसद सिंहको दाबी

    काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले चार वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको टेलिकम कम्पनी एनसेल गलत मनसाय राखेर खरिदबिक्री भएको दाबी गरेका छन् । काठमाडौंमा आइतबार पत्रकार  सम्मेलन गर्दै उनले गलत मनसायका साथ ६ अर्बमा एनसेलको खरिदबिक्री भएको दाबी गरेका हुन् । साथै, एनसेल खरिदबिक्री यूकेमा गरेर नेपालमा तिर्नुपर्ने पुँजीगत लाभकर (क्यापिटल गेन ट्याक्स) छली गरिएको आरोप उनले लगाए ।...

  • २०८० मङ्सिर १४, बिहिबार

    घट्यो पेट्रोल र डिजेलको मूल्य

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले पेट्रोलमा दुई रुपैयाँ र डिजेल, मट्टितेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएको हो। घटेको मूल्य बिहीबार मध्यरातिदेखि लागू हुनेछ। एलपी ग्यासमा भने साविककै मूल्य कायम राखिएको छ। सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्य समायोजन गर्ने निर्णय गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न...

  • २०८० मङ्सिर १३, बुधबार

    एनसेलबाट एक्जियटा बाहिरिने

    काठमाडौं- दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलबाट एक्जियटा ग्रुप बाहिरिने भएको छ । एक्जिएटा ग्रुपको बोर्ड बैठकले नेपालबाट बाहिरिने निर्णय गरेको हो । एनसेलमा एक्जियटा ग्रुपको ८० प्रतिशत शेयर रहेको छ। एक्जियटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी दिए । उनले नेपालमा रहेको ग्रुपको ८० शेयर बिक्रीको लागि राखिएको बताएका छन् । ‘...

  • २०८० मङ्सिर ८, शुक्रबार

    यस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार

    काठमाडौं - यस वर्षको तिहारमा रु २४ करोड मूल्य बराबरको फूलको कारोबार भएको छ । अघिल्लो वर्षको तिहारमा रु २६ करोडकोयस वर्ष तिहारमा २४ करोडको फूलमाला कारोबार कारोबार भएकामा यो वर्ष रु दुई करोड कम कारोबार भएको हो । यो वर्ष फूलको उत्पादन राम्रो भए पनि मूल्य कम हुँदा गत वर्षको तुलनामा कारोबारमा कमी आएको पुष्प व्यवसायीको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।...

  • २०८० कार्तिक २४, शुक्रबार

    राष्ट्र बैंकको प्रतिवेदन : विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स बढ्यो

    काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको असोज मसान्तम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब नौ करोड पुगेको छ । गत आवको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर थियो । अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र...

  • २०८० कार्तिक २२, बुधबार

    पोखराको लेकसाइड २४सै घण्टा खोल्न अदालतको आदेश

    कास्की— पोखराको पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खुला गर्न अदालतले आदेश दिएको छ। देवीकुमारी बरालको रिट निवेदनमा उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले उक्त आदेश गरेको हो । बरालले २४ घण्टा नै व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखी जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामलाई विपक्षी बनाएर मुद्दा दायर...

  • २०८० कार्तिक २०, सोमबार

    साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

    काठमाडौँ - तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिकटन चिनी साल्टट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको...

  • २०८० कार्तिक १४, मंगलबार

    डिजेल र मट्टीतेलको मूल्य घट्यो

    काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट घटेर नयाँ मूल्य आएपछि डिजेलको मूल्य घटाइएको निगममा प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । घटेको मूल्य  बुधबार बिहान १२ बजेर १ मिनेटदेखि लागु हुने उनले बताए । निगम व्यवस्थापन समितिको निर्णयअनुसार स्वचालित मूल्य समायोजन कार्यविधिलाई यथावत राख्दै डिजेलको मूल्य घटाइएको छ,’ ठाकुरले भने...

  • २०८० कार्तिक ७, मंगलबार

    प्याराग्लाइडिङपछि परराष्ट्रमन्त्रीले भने - पर्यटन व्यवसायले गति लिन्छ

    कास्की— परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको...

  • २०८० कार्तिक ७, मंगलबार

    सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य

      काठमाडौँ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो थप रु १० देखि २५ सम्म छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो रु ६५० तथा च्याङ्ग्रा प्रतिकिलो रु १ हजार २२५ मा बिक्री गर्न थालेको छ । खाद्यले यसअघि जिउँदो खसीबोका प्रतिकिलो रु १०...

Pages