STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७९ चैत्र १, बुधबार

    शिक्षकले स्थानीय भाषा नजाँदा सिकाइमा समस्या

    मर्चवारी गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रामआशीष हरिजनले धेरैपछि मात्रै ‘भकारी’ शब्दको अर्थ थाहा पए। स्थानीय भाषाको ‘डेहरी’ नै भकारी हो भन्ने जान्न उनलाई लामो समय लाग्यो। हरिजनले नेपाली भाषा बुझ्न समस्या भए जस्तै विद्यालयका शिक्षक सोमबहादुर गुरुङलाई पढाउने क्रममा कैयन विषय विद्यार्थीलाई बुझाउन सकस हुन्छ। भोजपुरी भाषामा राम्रो पकड नभएका उनी जस्ता शिक्षकलाई कतिपय अवस्थामा...

  • २०७९ माघ १५, आइतबार

    यस वर्षकाे एसईई परीक्षा चैत १७ देखि

    काठमाडाैं - चैतमा हुने यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । चैत्र १७ गते बाट सुरुहुने गरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिने छ ।

  • २०७९ माघ १०, मंगलबार

    आईओएमका विद्यार्थी र प्रहरीबीच झडप

    काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि केही समय तनाव सिर्जना भएको थियो । आईओएमको विकृति सुधारको माग गर्दै विद्यार्थीले विहान लगाएको ताला प्रशासनले प्रहरी लगाएर खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेकाले प्रहरीले केही विधार्थीहरुलाई सामान्य लाठी चार्ज गरेको छ । केही...

  • २०७९ पौष २२, शुक्रबार

    आगामी चैत ५ गते स्ववियु निर्वाचन

    काठमाडौं - त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिए। उनका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि...

  • २०७९ पौष २१, बिहिबार

    स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस

    काठमाडाैं  - त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्ले विद्यार्थी संगठनको सल्लाहअनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी चैत ५ गते गर्न सिफारिस गरेको छ । विद्यार्थी संगठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी त्रिवि कार्यकारी परिषद्लाई स्ववियु निर्वाचन चैत ५ गते गर्न सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले...

  • २०७९ मङ्सिर २३, शुक्रबार

    त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । समारोहमा...

  • २०७९ मङ्सिर २२, बिहिबार

    विद्यार्थीको मृत्युपछि विश्व निकेतन माविमा प्रदर्शन

    काठमाडौं - त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको...

  • २०७९ कार्तिक २७, आइतबार

    निर्वाचनका कारण तीन दिन त्रिविमा बिदा

    काठमाडौं - आगामी मङ्सिर १ देखि ५ गतेसम्म त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस बन्द हुने भएका छन् । त्रिवि रजिष्ट्रारको कार्यालयले एक सूचना निकाल्दै अधिकांश क्याम्पसमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र राखिएकाले आगामी मङ्सिर १, २ र ५ गते विश्वविद्यालयका सबै क्याम्पस र कार्यालय बन्द हुने जनाएको हो । त्रिविका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको, त्रिविका प्राध्यापक...

  • २०७९ कार्तिक २६, शनिबार

    मेयर बालेनद्वारा काठमाडौंकाे सामुदायिक विद्यालयकाे निरीक्षण

    काठमाडौं - काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक...

  • २०७९ आश्विन २५, मंगलबार

    कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो हप्तादेखि

    काठमाडौं- यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८० सालको वैशाख दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७९/०८० को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गर्दै परीक्षा २०८० को वैशाख दोस्रो हप्ताबाट र नतिजा साउन मसान्तभित्र प्रकाशन गर्ने जनाएको छ । कक्षा १२ को ग्रेड बृद्धि (पुरक) परीक्षा भने कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन भएको मितिले ४५...

  • २०७९ आश्विन १०, सोमबार

    ‘सेकेण्ड ह्याण्ड’ पसल : साहित्यभन्दा ‘कोर्ष’का किताब बढी

    काठमाडौँ - सस्तो र जहाँतहीँ नपाइने पुस्तक ‘सेकेण्ड ह्याण्ड’ पसलमा पाइने आम मानिसको सोचाइ छ । पसलमा पुस्तक प्रशस्तै भए पनि पहिलाको जस्तो पाठक किताब खोज्ने नआउने भृकुटीमण्डपस्थित पपुलर सेकेण्ड ह्याण्ड बुक सपका सञ्चालक नारायणप्रसाद सापकोटा बताउनुहुन्छ । आफ्नो पसलमा सस्तोमा किताब पाउने आशाले पाठक आउने उहाँको तर्क छ । पच्चीस वर्षदेखि पुस्तक पसल सञ्चालन गर्दै आउनुभएका सापकोटाले सबैभन्दा धेरै विद्यार्थी...

  • २०७९ भाद्र १७, शुक्रबार

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं - कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना सहभागी थिए । यस वर्ष नियमिततर्फ ३.६१...

Pages