STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०७८ फाल्गुण २६, बिहिबार

    त्रिवि सेवा आयोगमा लगाइएको ताला खुलाइयाे

    काठमाडौं - आंशिक प्राध्यापकहरूले त्रिवि सेवा आयोगमा लगाएको ताला खुलाएका छन् । बुधबार साँझ बसेको त्रिवि र आन्दोलनरत पक्षको बैठकपछि ताला खोल्ने सहमति भएकाे हाे ।  आंशिक प्राध्यापक संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बूका अनुसार परीक्षालाई मर्यादित बनाउने र पाठ्यक्रम परिमार्जन गर्न सेवा आयोग सहमत भएपछि ताला खोलिएको हो । 'पाठक्रम परिमार्जन गर्नुपर्छ भनेका थियौँ, त्यसमा त्रिवि सहमत भयो । प्रश्नपत्र...

  • २०७८ फाल्गुण २४, मंगलबार

    एसईईको उमेर हद हट्यो

    माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन १४ वर्ष पुग्नुपर्ने प्रावधान हटेको छ । विद्यालय तहको अन्तिम परीक्षा १२ मा हुने भएकाले १० कक्षाको वार्षिक परीक्षामा उमेर हद कायम नहुने भएको हो । ‘विद्यालय तहको अन्तिम परीक्षा १२ भएपछि कानुनी रूपमा १० मा उमेर हद रहँदैन,’ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘यसमा राष्ट्रिय परीक्षा बोर्डले छिट्टै जानकारी गराउँछ ।’ यसअघि...

  • २०७८ फाल्गुण १८, बुधबार

    नेपालभाषा एम.ए. सञ्चालन गर्न रत्नराज्यलक्ष्मी क्याम्पसलाई सहयोग

    काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनी मार्गमा नेपालभाषाको एम ए कक्षा सञ्चालन गर्न आर्थिक सहयोग गरेको छ । बुधबार महानगरका मेयर विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरपछि मेयर शाक्यले क्याम्पस प्रमुख ज्ञवालीलाई चालु शैक्षिक सत्रका लागि १५ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो । त्यस अवसरमा...

  • २०७८ माघ २९, शनिबार

    भोलिदेखि देशभरका शैक्षिक संस्था खुल्ने

    माघ २९, काठमाडौं - देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको...

  • २०७८ माघ २७, बिहिबार

    एसईई प्रदेशस्तरबाट गर्ने प्रस्ताव मन्त्रिपरिषदमा

    माघ २७, काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा(एसईई) प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेशस्तरबाट सञ्चालनको प्रस्ताव मन्त्रिपरिषदमा लगिएको जानकारी दिए । उनले भने, ‘परीक्षाको सबै अधिकार प्रदेशलाई दिने तयारी छ । यसअघि देशभरिको नतिजा एकैपटक...

  • २०७८ माघ २७, बिहिबार

    ९ वैशाखदेखि एसइई

    माघ २७, काठमाडौं - यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ । ११ वैशाखमा अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । १२ गते गैरनेपाली विद्यार्थीको हकमा अंग्रेजीको...

  • २०७८ माघ १९, बुधबार

    त्रिवि अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

    माघ १९, काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका परीक्षाहरू फागुन १ गतेदेखि क्रमिक रूपमा सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले आज बुधवार सूचना निकालेर कारोना सङ्क्रमण जोखिमका कारण स्थगित भएका परीक्षा सुरु गर्ने जानकारी गराएको हो । कार्यालयले विभिन्न तहको परीक्षाको तालिकासमेत सार्वजनिक गरेको छ । यसअघि त्रिविले कोभिड–१९ कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण परीक्षा स्थगित...

  • २०७८ माघ १६, आइतबार

    त्रिवि व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको नतिजा प्रकाशित

    माघ १६, काठमाडौं - त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय स्नातक तह प्रवेश परीक्षाको आइतबार प्रकाशित भएको छ । बीबीए, बीआईएम, बीटीटीएम, बीएचएम, बीएमएस, बीपीए र बीबीए–एफ कार्यक्रमका लागि यही माघ ८ गते भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित भएको डिनको कार्यालयले जनाएको छ । ७ जना परीक्षार्थीको नतिजा स्थगित गरिएको छ ।

  • २०७८ माघ ११, मंगलबार

    विद्यार्थीलाई कोरोना खोप दिन माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोलिने

    माघ ११, काठमाडौं - विद्यार्थीहरूलाई कोभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ । पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाइने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । खोप लगाएको...

  • २०७८ माघ ९, आइतबार

    त्रिभुवन विश्वविद्यालयले माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

    ९ माघ, काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले यही माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ। सबै क्याम्पस तथा विभागले माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्नुपर्नेछ भने रूटिन डिन कार्यालयमा पठाउनुपर्नेछ । त्रिवि रजिष्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका छन्। साथै अनलाइन कक्षा...

  • २०७८ माघ ९, आइतबार

    "कोरोना कहरमा बालबालिकाको पढाइ कमजोर"

    कोरोना कहरका कारण बालबालिकाको पढाइ कमजोर भएको अनुभव अभिभावकहरूले गरेको एक अध्ययनले देखाएको छ । युनिसेफसँगको सहकार्यमा भएको अध्ययनअनुसार, ८० प्रतिशत अभिभावकले कोरोनाकालमा बालबालिकाको पढाइ कमजोर भएको अनुभव गरेको शेयरकास्टले जनाएको छ । ६ हजार बालबालिकाका अभिभावकसँग यो सर्वेक्षण गरिएको संस्थाले जनाएको छ । 'सर्वेक्षणले ६० प्रतिशत अभिभावकहरू आफ्ना बालबालिकालाई विद्यालय पठाउन निश्चिन्त हुनुका साथै ८०...

  • २०७८ माघ ७, शुक्रबार

    काठमाडाैंका केही विद्यालयमा भाैतिक उपस्थितिमै पढाइ हुँदै, कारबाही गर्ने महानगरकाे चेतावनी

    काठमाडौं, माघ ७ - काठमाडौं महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयविपरीत महानगरपालिकाका केही निजी विद्यालय सञ्चालन भइरहेका छन् । कोरोना भाइरसको तेस्रो लहर तीव्ररूपमा बढिरहेको भन्दै सरकारले २७ पुसदेखि सबै विद्यालय भौतिक उपस्तिथिमा सञ्चालन नगरी वैकल्पिक माध्ययमबाट...

Pages