STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

शिक्षा

  • २०८० कार्तिक २४, शुक्रबार

    त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन

    काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिविका...

  • २०८० आश्विन २८, आइतबार

    शिवपुरी मा.वि.ले मनाए हिरक जयन्ती

    काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हीरक जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । शिक्षा , विज्ञान  तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमूख अतिथी रहेको हिरक जयन्ती समारोहको सभापति गिरिधर मिश्र रहेका थिए । सो समारोहमा बागमति प्रदेश सरकारले नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषा कायम गरेको निर्णयको...

  • २०८० आश्विन १९, शुक्रबार

    शिक्षा विधेयकमा सांसदले गरे पुनर्लेखनको माग

      काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सत्तापक्ष र प्रतिपक्ष दुवैको सहमतिमा शिक्षा विधेयकलाई पुनर्लेखन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलका क्रममा सांसद शर्माले शिक्षक महासङ्घ र राहत शिक्षकको भावनालाई सम्बोधन हुने गरी विधेयक पुनर्लेखन...

  • २०८० आश्विन १२, शुक्रबार

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौँ - विगत नौ दिनदेखि काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । असोज ३ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षक आन्दोलन भए पनि दुई दिनपछि नै महासंघले सरकारसँग सहमति गर्दा राहत शिक्षकका माग सम्बोधन भएका थिएनन् । उनीहरुका मागप्रति सरकारले बल्ल नौ दिनपछि शुक्रबार सहमति गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच सहमति भएको छ ।...

  • २०८० आश्विन ७, आइतबार

    महासङ्घको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, थप आन्दोलन घोषणा

    काठमाडौं - प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षक र सरकारबीच सात बुँदे सहमति, आन्दोलन फिर्ता

    काठमाडौं - तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच सात बुँदे पत्रमा सहमति भएको छ । शुक्रबार दिउँसो गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको । उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच...

  • २०८० आश्विन ५, शुक्रबार

    शिक्षकहरू तेस्रो दिन पनि आन्दोलनमा

    काठमाडौं - शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। माइतीघर मण्डादेखि नयाँ बानेश्वरसम्म सवारी साधन चलेका छैनन्। संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि जारी छ। अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ।  सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व...

  • २०८० आश्विन ४, बिहिबार

    एसईई पूरकको नतिजा सार्वजनिक, ७५ हजार ८९७ जनाको ग्रेडवृद्धि

    काठमाडौं- २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को ग्रेडबृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको अनुसार ७५ हजार ८९७ जना (६६.९७ प्रतिशत) को ग्रेड वृद्धि भएको छ । कार्यालयले  गत साउन २६ र २७ गते सञ्चालन गरेको ग्रेडवृद्धि परीक्षामा १ लाख १३ हजार ३१३ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि परीक्षाको नतिजामा कुनै विषयको ग्रेडमा चित्त नबुझे...

  • २०८० आश्विन ४, बिहिबार

    सरकार र आन्दोलनरत शिक्षकबीच भोलि औपचारिक वार्ता हुने

    काठमाडौं- सरकार र आन्दोलनरत शिक्षकहरुबीच भोलि औपचारिक वार्ता हुने भएको छ । बिहीबार बिहान र साँझ दुई चरणमा छलफल भए पनि औपचारिक वार्ता भने शुक्रबार हुने भएको छ । बिहीबार बिहान आन्दोलनरत शिक्षकका प्रतिनिधिहरुसँग उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका थिए । साँझ उपप्रधानमन्त्री श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, अर्थमन्त्री डा. प्रकाशशरण महत र कानुनमन्त्री...

  • २०८० आश्विन ४, बिहिबार

    आज पनि शिक्षकहरू सडकमा, विद्यालयहरू अनिश्चितकालीन बन्द

    काठमाडौं - आजदेखि सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द भएका छन् । आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द  भएको हो । आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । ‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबारदेखि अनिश्चितकालिन...

  • २०८० आश्विन ३, बुधबार

    देशभरिका शिक्षकहरुको माइतीघर मण्डलमा प्रदर्शन

    काठमाडौं - विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमाथि असन्तुष्टि जनाउँदै देशभरीका शिक्षकहरु भेला भएर काठमाडौं माइतीघरमा आन्दोलन थालेका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं आएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड...

  • २०८० आश्विन ३, बुधबार

    विद्यालय बन्द गरेरै जान शिक्षकहरुको आह्वान

      कठमाडौं - काठमाडौं महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संघीय संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्धको आन्दोलनमा विद्यालय बन्द गरेर जानेमा एक स्वर गरेका छन् । बुधबार महानगरभित्रका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति जारी गर्दै अनिश्चित रुपमा विद्यालय बन्द गरेर आन्दोलनमा जाने भनि सुरु गरिएको आन्दोलनप्रति समर्थन जनाउँदै सबै शिक्षक...

Pages