STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० माघ १४, आइतबार

    काठमाडौंका शिक्षा विभाग प्रमुख कोइरालासँग बालेनले मागे स्पष्टीकरण

    काठमाडौं - काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र...

  • २०८० माघ १२, शुक्रबार

    व्यवसायी समितिले गर्यो महानगरपालिकाविरूद्ध आन्दोलन घोषणा

    काठमाडौँ - संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण...

  • २०८० माघ १२, शुक्रबार

    बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस

    काठमाडौं - काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल...

  • २०८० माघ १२, शुक्रबार

    न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी...

  • २०८० माघ ९, मंगलबार

    कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’को लागि जापानसँग ३१ अर्ब ऋण लिइने

    काठमाडौं- सरकारले कोटेश्वरमा ‘अन्डरपास’ र ‘फ्लाइओभर’सहितका संरचना निर्माण गर्न जापानसँग ३१ अर्ब २ करोड रुपैयाँ बराबर ऋण लिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर ‘इन्टरसेक्सन इम्प्रुभमेन्ट प्रोजेक्ट’ कार्यान्वयन गर्न ३४ अर्ब ४९ करोड जापानी येन (करिब ३१ अर्ब २ करोड रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन जापान सरकारसँग वार्ता गर्न टोली गठन गरेको छ ।...

  • २०८० माघ ९, मंगलबार

    पार्किङ हटाएपछि न्युरोडका व्यवसायी आक्रोशित

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवसायीहरुको गुनासो छ ।  न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीहरुको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यवसाय चौपट हुने भन्दै उनीहरुले...

  • २०८० माघ ९, मंगलबार

    रातो मच्छिन्द्रनाथको मन्दिर पुनर्निर्माणका लागि ललितपुरले छुट्यायो एक करोड बजेट

    ललितपुर- ललितपुर महानगरपालिकाले बुङ्मतीमा रहेको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सो मन्दिर पुनर्निर्माणको बाँकी कामको नेतृत्व गर्दै महानगरपालिकाले यथाशीघ्र काम सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।  महानगरपालिकाको आइतबार सम्पन्न हिउँदे नगरसभाले पुनर्निर्माणको बाँकी काम सम्पन्न गर्ने भन्दै एक करोड रुपैयाँ बजेट विनियोजन गरेको...

  • २०८० माघ ९, मंगलबार

    काठमाडौं महानगरअगाडि फुटपाथ व्यवसायीको विरोध प्रदर्शन

    काठमाडौं- काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेला, गाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा...

  • २०८० माघ ९, मंगलबार

    आजदेखि न्यूरोड क्षेत्रको सडकमा पार्किङ निषेध

    काठमाडौं- काठमाडौं महानगरपालिकाले मङ्गलबारदेखि न्यूरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाङ्ग्रे र सात सयवटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न...

  • २०८० माघ ७, आइतबार

    सार्वजनिक स्थानमा बेच्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिँदै काठमाडौं महानगर

    काठमाडौं- काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा बिक्री वितरण गर्न राखिएका सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको छ । आइतबार महानगरले सार्वजनिक स्थानबाट एक सय मिटरको दूरीमा बेच्न राखिएको सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिइरहेको महानगरीय प्रहरी बलका प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए । उनकाअनुसार अहिले नगर प्रहरी बलले सार्वजनिक स्थलबाट एक सय मिटरको दूरीमा बेच्न राखिएका खैनी, गुट्खा, पानपराग...

  • २०८० माघ ७, आइतबार

    काठमाडौँ महानगरको श्रम बैंकमा दुई हजार आवेदन

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाको श्रम बैंकमा दुई हजार आवेदन परेका छन् । गत भदौ पहिलो साता महानगरले बेरोजगार जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन गरेको मागअनुसार हालसम्म दुई हजार आवेदन आएको महानगरको प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिनुभयो  । प्रमुख राईका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने नीति लिएको...

  • २०८० माघ ४, बिहिबार

    सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न

    काठमाडौंको जनबहालमा रहेका सेतो मच्छिन्द्रनाथ (जनबहाःद्यः) को महास्नान आज विहिवार सम्पन्न भएको छ । आज पौष शुक्ल अष्टमीका दिन काठमाडौंको जनबहालमा विधिपूर्वक सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न गरिएको हो । सेतो मच्छिन्द्रनाथको महास्नानको यस परम्परालाई स्थानीय भाषामा ‘धलिं लुइगु’ भन्ने गरिन्छ । स्थानीय नेवार भाषामा दहिलाई ‘धौ’ भनिन्छ भने धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो । सेतो मच्छिन्द्रनाथको...

Pages