STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० चैत्र २७, मंगलबार

    काठमाडौंमा घोडेजात्रा मनाइयो

    काठमाडौं - चैत्र कृष्ण औँसीको अवसरमा सोमबार काठमाडौं उपत्यकामा घोडेजात्रा मनाइएको छ। परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सँस्कृतिलाई निरन्तरता दिँदै काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले घोडेजात्रा समारोहको आयोजना गरेको थियो।...

  • २०८० चैत्र १८, आइतबार

    सामुदायिकतर्फ जेठो संस्था केन्द्रीय मानन्धर संघको ७१ औं स्थापना दिवस सम्पन्न

    सामुदायिकतर्फ नेपालको जेठो संस्था केन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भोज कार्यक्रम सम्पन्न गरेको छ  । हजारौंको संख्यामा सहभागी हुने सो भोज कार्यक्रमको जिम्मेवारी यो वर्ष काठमाडौं ईन्द्रचोकस्थित वाका देय् वटु सनाः खलःले लिएको हो । आगामी वर्षको लागि न्यूरोड पाक्व पुखूद्यां मानन्धर सनाः खलःलाई परम्परागत भोज कार्यक्रम व्यवस्थापनको जिम्मेवारी दिइएको छ । वटु टोलका विजय...

  • २०८० चैत्र १४, बुधबार

    सुरक्षामा चुनौती आए रात्रिकालीन व्यवसाय बन्द गरिन्छ : गृहमन्त्री लामिछाने

    काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले ठमेल लगायत पर्यटकीय क्षेत्रमा रात्रिकालीन व्यवसाय सञ्चालनका क्रममा सुरक्षामा चुनौती आए फेरि बन्द गर्न सकिने बताएका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले मुलुकको अर्थतन्त्र थप चलायमान गर्ने लक्ष्यका साथ ठमेल, दरबारमार्गलगायत स्थानमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने सरकारको तयारी रहेको...

  • २०८० चैत्र १३, मंगलबार

    महिला पत्रकारहरु साधना पत्रकारिता सम्मानबाट सम्मानित

    नेवा: पत्रकार राष्ट्रिय दबूले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिएको  साधना महिला पत्रकारिता सम्मानबाट ६ जना महिला पत्रकार सम्मानित भएका छन् ।  सो सम्मान आज उपप्रधान तथा स्वास्थ्य जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले उहाहरुलाई  साधना महिला पत्रकारिता सम्मान गर्नु  भएको हो  । साधना महिला पत्रकारिताबाट सम्मानित हुनेहरुमा  पत्रकारमा  गोरखापत्र दैनिकका...

  • २०८० चैत्र ११, आइतबार

    जथाभावी रङ्ग दल्ने २७७ जना पक्राउ, साढे ७ सय सवारी साधन ‘होल्ड’मा

    काठमाडौं- प्रहरीले  होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा दुई सय ७७ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पुरुष दुई सय ६२ जना तथा १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए। उनले भने, 'आज कानुन विपरीत काम गर्ने दुई सय ७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर...

  • २०८० चैत्र ८, बिहिबार

    २४ सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

      काठमाडौँ, ८ चैत : ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएउनुभएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै हुनुहुन्छ । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित हुनुहुन्छ । ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना...

  • २०८० चैत्र ८, बिहिबार

    प्रहरी र सशस्त्रका पेट्रोल पम्प २४ सै घण्टा सञ्चालन हुने

    काठमाडौँ - नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प २४ सैँ घण्टा सञ्चालन हुने गरी आवश्यक व्यवस्था मिलाइएको छ ।  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा बुधबारदेखि दुबै निकायको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिएको हो। जसअनुसार नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला...

  • २०८० चैत्र ८, बिहिबार

    लामिछानेको निर्देशन : ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्नू

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ।  सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले गर्नेगरी ठमेल र...

  • २०८० चैत्र ६, मंगलबार

    उपत्यकामा ७३ प्रतिशत बालबालिकामा दाँँत किराले खाने समस्या

    काठमाडौँ उपत्यकाभित्र गरिएको अनुसन्धानमा ७३ प्रतिशत बालबालिकाको दाँत किराले खाने समस्या देखिएको पाइएको छ । कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रले गरेको ६८ वटा विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो । विश्व मुख स्वास्थ्य दिवसको पूर्वसन्ध्यानमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले पत्रकार सम्मेलन आयोजना गरी...

  • २०८० चैत्र २, शुक्रबार

    ललितपुरमा ३२ महाविहारका दिपंकर भगवानको भेला गरी सम्यक महादान सम्पन्न

    ललितपुरको नागबहालमा काठमाडौं उपत्यकाका ३२ महाविहार (बहाःबही)का दिपंकर भगवान लगायका देवीदेवतालाई भेला गराइ सम्यक महादान पर्व सम्पन्न गरेको छ । पाँच-पाँच वर्षको अन्तरालमा हुने सम्यक् महादान पर्वको अवसरमा १२५ देवीदेवतालाई एकै स्थानमा भेला गराइएको हो । सम्यक् महादान पर्वको अवसरमा फागुन ३० गते विहीबार राति विशेष रौनक थियो । सो दिन बेलुकी मंगलबजारमा देवीदेवता भेला गरे पश्चात राति १० बजेदेखि १ बजेसम्म...

  • २०८० चैत्र १, बिहिबार

    चक्रपथ सुधार आयोजनाप्रति बालेन असन्तुष्ट

    काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाको काम अनिश्चित देखिएको बताएका छन्। सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले विभिन्न चरणका सम्झौता र स्थलगत अवलोकनबाट निर्माण कार्यको नतिजा नदेखिएको बताउँदै अब दोस्रो फेजमा हुने निर्माण प्रक्रियाको विषयमा स्पष्ट हुन चाहेको बताएका हुन्।  शाहले चक्रपथ अव्यवस्थित भएपछि धुँवा धुलो बढेको, सवारी साधनबाट धुलो सहरका...

  • २०८० चैत्र १, बिहिबार

    ट्राफिक प्रहरीको यात्रु मैत्री अभियान सुरु

    काठमाडौं- यात्रुहरूको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसाबले गन्तव्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान, २०८० बुधबारबाट सञ्चालनमा ल्याएको छ। यात्रुबाहक सार्वजनिक सवारीमा भाडादर राखेको छ छैन?, ज्येष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरूका लागि आरक्षित सिटको पालना भएको छ छैन?, सवारीमा यात्रा गर्दा महिला,...

Pages