STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

उपत्यका

  • २०८० फाल्गुण २२, मंगलबार

    पशुपतिनाथ क्षेत्रमा महाशिवरात्रि पर्वको तयारी

    काठमाडौँ, २२ फागुन स् महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ । यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो ।     महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छभने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास कोषले जनाएको छ ।     जिल्ला...

  • २०८० फाल्गुण २१, सोमबार

    स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धनमा सधैं अगाडि रहने मुख्यमन्त्रीको दावी

    बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणको क्रममा स्थानीय संस्कृति, सम्पदाको संरक्षण, सम्बर्द्धन र प्रवर्द्धन संधै आफ्नो पहिलो कर्म हुने बताएका छन् । आइतबार पाटन गाःबहालस्थित रत्नाकर महाविहारको अवलोकन भ्रमणमा पछी मन्त्री महर्जनले आफु यहि संस्कृति, सम्पदामै खेल्दै हुर्केको भएकोले यसको औधी माया लाग्ने बताए । मन्त्री...

  • २०८० फाल्गुण २०, आइतबार

    काठमाडौं महानगरअगाडि कवाडी व्यवसायीको प्रदर्शन

    काठमाडौँ - कवाडी व्यवसायीहरूले काठमाडौं‌ महानगरपालिका भवन राष्ट्रिय सभा गृहअगाडि प्रदर्शन गरेका छन्।  आइतबार दिउँसो कवाडी व्यवसायीहरूले ‘गरिखान देऊ’ भन्दै प्रदर्शन गरेका हुन्। महानगरले कवाडी व्यवसायीहरूमाथि दमन गरेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। महानगरले कवाडी संकलन गर्न बनाइएका संरचनामा डोजर चलाएको थियो। महानगरले कवाडी संकलन केन्द्र हटाउन निर्देशन दिएको थियो। यसरी दमन गरेको भन्दै उनीहरूले...

  • २०८० फाल्गुण १८, शुक्रबार

    कामपाका ११८ औषधि पसल मापदण्डविपरीत

    काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको जनाएको छ । कामपा स्वास्थ्य विभागले गत असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो । अहिलेसम्ममा वडा नं १, २ र ३ का अधिकांश र अन्य वडामा गरिएको अनुगमनका क्रममा उक्त सङ्ख्या ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालन नगरेको पाइएको विभागले जनाएको छ । वडा नं १४ कलङ्कीमा सञ्चालित मिसन फार्मेसीले...

  • २०८० फाल्गुण १७, बिहिबार

    फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीको निर्मम कुटपिट

    काठमाडौं - बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको छ । महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो पनि सार्वजनिक भएको छ । फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरुले निर्मम तरिकाले लाठी हानेका थिए । प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका छन् । घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन् ।...

  • २०८० फाल्गुण ४, शुक्रबार

    भ्रमको पछि नलागौं’ : बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले खुलामञ्चमा खेल मैदान बनाउँदैछ भनेर आम मानिसमा भ्रम सिर्जना गरिएको बताएका छन्। बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै मेयर शाहले कर्मचारी र प्रमुखको सचिवालयबाट जानकारी गराउँदा पनि खुलामञ्चमा प्लास्टिकको दुबो सहितको पाँच करोडको लगानीमा खेल मैदान बन्ने समाचार आउनु दुखद भएको बताएका छन्।  उनले लेखेका छन्, ‘विगत केही महिनादेखि...

  • २०८० फाल्गुण २, बुधबार

    बालेनको नेतृत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को संयोजकत्वमा ११ सदस्यीय निःशुल्क उपचार सेवा निर्देशक समिति गठन भएको छ ।  मंगलबार नगरप्रमुख शाहको कार्यकक्षमा बसेको सरोकारवाला प्रतिनिधिहरूसहितको बैठकले उक्त समिति गठन गरेको हो ।  समिति सदस्यमा महानगरपालिका उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, महानगरकै स्वास्थ्य तथा शिक्षा समितिका संयोजक चिनीकाजी महर्जन छन्...

  • २०८० फाल्गुण १, मंगलबार

    उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गरिँदै

      ढोरपाटन , बागलुङको गलकोट नगरपालिका–११ स्थित उदय रिघा बुद्ध विहारलाई व्यवस्थित गर्न थालिएको छ । झण्डै १२ वर्ष अघि निर्माण सुरु गरिएको उक्त बुद्ध विहार गत वैशाखमा सम्पन्न भएको हो । सीमित स्रोतसाधनबाट निर्मित बुद्ध विहारलाई व्यवस्थित गरी पर्यटन प्रवद्र्धनका लागि यस वर्ष व्यवस्थित गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाखमा रिघा बुद्ध विहारको तला...

  • २०८० माघ २४, बुधबार

    क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाए

    काठमाडौंको क्षत्रपाटीमा रहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयले ६७ औँ वार्षिकोत्सव मनाएको छ। चिकित्सालयका संस्थापक कम्पाउन्डर बद्री मालीको सालिकमा माल्यार्पणसहित विभिन्न कार्यक्रम गरेर अस्पतालले मंगलबार वार्षिकोत्सव मनाएको हो। सोही अवसरमा एक कार्यक्रम आयोजना गरी कर्मचारीहरूलाई सम्मान समेत गरिएको छ। साथै अस्पतालले ३० वर्षे सेवा अवधि पुरा गरी अवकाश पाएका कर्मचारीहरूलाई सम्मान तथा पुरस्कार वितरण...

  • २०८० माघ २२, सोमबार

    धरहराको निःशुल्क पार्किङ बन्द नहुने : बालेन

    काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका छन् । सहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएको थियो । मन्त्रालयले निर्माणाधीन अवस्थामा रहेको ठाउँमा पार्किङ गर्दा जोखिम हुने भन्दै पत्र पठाएपछि बालेनले उद्घाटन भएको २ वर्ष ९ महिनासम्म पनि निर्माणाधीन भन्नु लाजमर्दो भएको...

  • २०८० माघ १८, बिहिबार

    खुलामञ्चलाई दुबोको चउर बनाइँदै

    काठमाडौँ - राजधानीको खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको छ । अहिले ग्रेडर लगाएर मैदानमा भएका ढुङ्गा टिप्न थालिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । सतहमा भएका सबै ढुङ्गा टिपेपछि मलिलो माटोको सतह बनाइने र त्यसमाथि प्राकृतिक दुवो रोपिने सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राज भण्डारीले जानकारी दिए । ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास...

  • २०८० माघ १६, मंगलबार

    सहिद दिवसको अवसरमा काठमाडौं महानगरले गर्‌यो स्मृति सभा

    काठमाडौं - काठमाडौं महानगरले शहीद दिवसका अवसरमा शहीद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गरेको छ । दिवसको अन्तिम दिन आज बिहान ८ बजे शान्ति बाटिकाबाट प्रभात फेरि निकालेको महानगरले लैनचौरमा स्मृति सभा गरेको हो । स्मृति सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्थ अधिकारीहरू सहभागी थिए । आज नै महानगरले महानगरको वडा नम्बर २३ ले ओमवहालमा रहेको धर्मभक्त माथेमा पार्कमा स्मृति सभा गर्ने...

Pages