STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोचक

  • २०७६ आषाढ ३०, सोमबार

    डेढ घण्टाको बाटो अब दुई मिनेटमा

    झोलुङ्गे पुल निर्माण भएपछि म्याग्दी र बागलुङवासीलाई आवतजावतमा सहज भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ फापरखेत र बागलुङको बागलुङ नगरपालिका–५ चनौटे जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि दुवै जिल्लाका बासिन्दाले डेढ घण्टा पैदल हिँडेर पुग्नुपर्ने ठाउँमा अब दुई मिनेटमा नै पुग्न सक्ने भएका छन् । बागलुङको मालिका र म्याग्दीको ज्यामरुककोटको साँध सिमाना मा बग्ने ठूलो खोलामाथि सन्टेशन ग्रिड डिभिजन कार्यालय...

  • २०७६ आषाढ २९, आइतबार

    बाँदर लड्ने खरबारीलाई फूलबारी बनाएपछि दङ्ग

    ‘‘ढुङ्गाको काप फोरेर पनि उम्रन्छ पिपल सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ।’’ राष्ट्रकवि माधवप्रसाद घिमिरेको यो कवितामा भनिए झैं पौरखी मानिसहरुका लागि असम्भव भन्ने कुरा केही पनि हुँदैन भन्ने प्रमाणित गरिदिएका छन्, म्याग्दीका एक पौरखी किसानले । वर्षौंदेखि जङ्गली जनावर ९बाँदर र चितुवा०ले क्रिडास्थल बनाएको भिराले ढुङ्गे खरबारीमा लटरम्मै फलफूल र तरकारी लगाएर हरियाली बनाएका म्याग्दीको बेनी...

  • २०७६ आषाढ २९, आइतबार

    भानुभक्तको योगदान अतुलनीय ः प्रदेश प्रमुख कुँवर

    गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले नेपाली भाषा र संस्कृतिको जगेर्नामा आदिकवि भानुभक्त आचार्यको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान पोखराद्वारा आज पोखराको फूलबारीस्थित भानुपार्कमा आयोजित कार्यक्रममा उहाँले नेपाली भाषा र साहित्यका माध्यमबाट भानुभक्तले नेपाली समाजलाई एकाकार बनाएको चर्चा गर्नुभयो । भाषा र संस्कृति...

  • २०७६ आषाढ २६, बिहिबार

    छलफल भएपछि शिल्पा र ओझाको सहमति

    नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् ।...

  • २०७६ आषाढ २५, बुधबार

    रुकुमपूर्वमा भेटियो नयाँ पर्यटकीय गन्तव्य

    रुकुम पूर्वमा निकै आकर्षक र महत्वको नयाँ पर्यटकीय गन्तव्य पत्ता लागेको छ । पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं १२ को कोलस्थित एकै ठाउँमा सुन, चाँदी र मानव बस्तीझै देखिने तीन ठूला गुफा भेटिएका हुन् । गुफा भेटिएपछि त्यहाँका स्थानीय सबै मिलेर ती गुफाको मगर खाम भाषाबाट नामकरण पनि गरेका छन् । एउटा गुफाको नाम ‘मि कुङ’ नामकरण गरिएको छ । मगर खाम भाषामा मिको अर्थ मान्छे र कुङको अर्थ ओढार वा गुफा भन्ने...

  • २०७६ आषाढ २४, मंगलबार

    निस्दीमा हावाबाट बिजुली थप सेवा

    पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली उत्पादन गरी वितरण हुँदै आएको छ । यस वर्षबाट हावासँगै सौर्यबत्ती प्रयोग गरेर त्यस क्षेत्रका नागरिकलाई उज्यालोमा राख्ने तयारी छ । सौर्य ऊर्जाको सेवा असारको अन्तिमसम्ममा सञ्चालन हुने भएको छ । यसअघि एक हजार २०० किलोवाट क्षमतामा हावाबाट बिजुली उत्पादन सफल भएको थियो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल र निस्दी गाउँपालिकाको संयुक्त लगानीमा हावा र सौर्य...

  • २०७६ आषाढ २२, आइतबार

    शङ्ख फुकेर पनि बादँर भगाउदै

    सुन्दा अनौठो लाग्छ, पोखरा महानगरपालिका वडा नं ३३ को आँगेटारी, नाङ्गे चौर, गैडाँडा, कइनथान लगायतका क्षेत्रका मकै बारीमा शङ्ख बज्न थालेको दुई महिना भइसकेको छ । बिहान उज्यालो भएदेखि बेलुका झमक्क साँझ नपरेसम्म बज्ने गरेको शङ्ख कुनै पूजाआजा वा अनुष्ठान भएर फुकिएको भने होइन । दुई महिनादेखि मकैमा धानचमरा आउँदादेखि नै बाँदरले नछोडे पनि तै धपाउन सकिन्छ कि भन्दै शङ्ख फुक्ने गरिएको हो । “खै अघिल्ला वर्षमा त...

  • २०७६ आषाढ २०, शुक्रबार

    चरा पर्यटनमा बढ्दै आकर्षण

    चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवम् यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो । पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालका अनुसार उत्सवका क्रममा चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालीम, चरा संरक्षणमा देखिएका चुनौती र उपायलगायतका...

  • २०७६ आषाढ १७, मंगलबार

    ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

    गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट भिरतर्फ झर्दै गरेका ती पुरुष गुर्जाकै मह शिकारी अमृत छन्त्याल हुन् । पहाडकै फेदी हुँदै बगिरहेको नदीको किनारमा...

  • २०७६ आषाढ १०, मंगलबार

    दैनिक राशिफल

    मेषः खर्च बढने छ । बादविवाद हुनसक्छ । स्वास्थय समस्या देखिन्छ । आम्दनी बृद्धि हुन्छ । वृषः प्रेम प्रस्ताव आउन सक्छ , पारिवारिक वातावरण राम्रो छ, लेनदेनमा लापारवाही नर्गनु, सबैले साथ दिनेछन् मिथुनः बोलि नियन्त्रण राख्नु पर्ने छ, धनहानि योग छ, चिन्ता बढ्ने छ, मान सम्मान प्राप्त हुनेछ । कर्कटः शारिरीक कष्ट हुनेछ, शत्रु परास्त हुनेछ, धन प्राप्तिको योग छ, पहिले को कामबाट फाइदा मिल्नेछ । सिहंः...

  • २०७६ आषाढ ४, बुधबार

    राउटे बस्ती हेर्न शुल्क

    बाह्य नागरिक मनपरिरुपमा राउटे बस्तीमा प्रवेश गर्दा उनीहरुको परम्परागत संस्कार र संस्कृति लोप हुँदै गएको र विकृति बढ्दै गएको भन्दै गुराँस गाउँपालिकाले बस्ती हेर्न जानेसँग शुल्क लिन थालेको छ । लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि बस्ती हेर्न जानेसँग शुल्क लिन थालिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकका लागि रु १०, नेपाली नागरिकका...

  • २०७६ आषाढ ३, मंगलबार

    विकट गाउँपालिकामा प्राविधिक शिक्षा जहाँ पशुलाई झारफुक गरिन्छ

    सरकारको एक स्थानीय तह, एक प्राविधिक शिक्षाको अवधारणाअनुसार दाङको राजपुर गाउँपालिकामा प्राविधिक शिक्षा शुरु भएको छ । दाङको विकट गाउँपालिकाको रूपमा रहेको राजपुरमा पहिलोपटक प्राविधिक शिक्षा शुरु भएको हो । राजपुर–५ सालभौँरीस्थित साधारण माध्यमिक विद्यालय गङ्गदीमा पशु विज्ञानको पढाइ शुरु भएको हो । सोमबार विद्यालयको ५९औँ वार्षिकोत्सवका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका सल्लाहकार जीवन गौतम र...

Pages