STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

रोचक

  • २०७६ माघ १९, आइतबार

    जन्तेढुङ्गा गुनासोरहित गाउँपालिका बन्दै

    जन्तेढुङ्गा गाउँपालिकाका स्थानीयवासी एवं सरोकारवालाले गाउँपालिकाले योजना छनोट गर्दा दिगो विकासमा जोड दिनुपर्ने सुझाव दिएका छन् । गाउँपालिकाले शनिबार चिसापानीमा आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले दिगो विकासले मात्र जनताको जीवनस्तर माथि उठ्ने औल्याए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला सदस्य वीरवल किराँतीले आगामी दिनमा योजना छनोट गर्दा जनताको आधारभूत विषयवस्तुलाई...

  • २०७६ माघ ७, मंगलबार

    अब सङ्गीत सुन्दै शौच

    तपाईँ नेपालगञ्जवासी हुनुहुन्छ या यहाँको पाहुना । यदि तपाईँ नेपालगञ्जमा हुनुहुन्छ भने अब शौचसँगै सङ्गीतको आनन्द लिन सक्नुहुन्छ । यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालकै पहिलो अत्याधुनिक डिजिटल शौचालय सञ्चालनमा ल्याएको छ । सो शौचालयको जमीनमाथि निर्माण गरिएको संरचना फोल्डिङयुक्त छ । शौचालय भरिएमा नटबोल्ट खोलेर एक ठाउँबाट अर्को ठाउँमा सहजै लान सकिनेछ । डिजिटल शौचालयमा सौर्य प्रणालीबाट विद्युत्...

  • २०७६ माघ २, बिहिबार

    चम्ल्याहाको जन्म

    पोखराको मणिपाल हस्पिटलमा २६ वर्षीया महिलाले एकै पटकमा चार सन्तानलाई जन्म दिनुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कि सुनिता पौडल प्रधानले आज बिहान ९ः०० बजे शल्यक्रियामार्फत चार सन्तानलाई जन्म दिनुभएको हो । हस्पिटलका डा महेन्द्र पाण्डेको नेतृत्वमा पौडेलले सकुशल चार सन्तान जन्माएको मणिपाल अस्पतालमा पुस्तकालयमा कार्यरत खिम लामिछाने काजीले जानकारी दिनुभयो । पौडेलले जन्माएका सन्तानमा पहिलो छोरी १...

  • २०७६ पौष २७, आइतबार

    छात्र छात्राले प्रदर्शन गरे, स्याटेलाइट, दूरबिन र रोबर्ट

    नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विद्यालय तहका पाठ्यक्रममा विज्ञान तथा प्रविधि विषयसम्बन्धी विषयवस्तु समेटिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ । यहाँस्थित न्यू इङ्लिस बोर्डिङ स्कूलमा सञ्चालित तीनदिने विज्ञान प्रविधि तथा अन्तरिक्ष कार्यशाला समापन समारोहमा उहाँले दूरदराजका विद्यालयमा विज्ञान तथा प्रविधिको व्यवहारिक अभ्यासका लागि आवश्यक उपकरणको व्यवस्था गर्न...

  • २०७६ पौष २३, बुधबार

    रामायण भवन सम्पन्न ,आदिकविको १०० फिट अग्लो शालिक निर्माण गरिँदै

    भानु नगरपालिका–४ शिखरकटेरीमा करीब रु तीन करोडको लागतमा रामायण भवन निर्माण सम्पन्न भएको छ । पर्यटन विभाग र भानु जन्मस्थल विकास समितिद्वारा संयुक्त रुपमा भवन निर्माण पूरा भएको भानु नगरपालिकाले जनाएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कलात्मक रामायण भवन बनाइएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले जानकारी दिनुभयो । भवनको बार्दली काठमा कुँदिको...

  • २०७६ कार्तिक २६, मंगलबार

    एउटै बोकाको मूल्य रु तीन लाख

    एउटै बोकाको मूल्य करीब रु तीन लाख परेको सुन्दा अचम्म लाग्न सक्छ तर यहाँका एक किसानले एउटै बोकालाई रु दुई लाख ९० हजारमा बिक्री गरेका छन् । बेनी नगरपालिका–९स्थित तोरीपानीमा विगत छ वर्षदेखि व्यावसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आउनुभएका किसान आनन्द रिजालले बोयर जातको एउटै बोकालाई उक्त मूल्यमा बिक्री गरेको बताउनुभयो । उहाँले सञ्चालन गर्नुभएको धवलागिरि बोयर मोडल फार्मबाट स्याङ्जास्थित...

  • २०७६ कार्तिक ५, मंगलबार

    एक फलफूलको बोट ः रु दशको नोट

    चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६÷७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताउनुभयो । अध्यक्ष गुरुङले भन्नुभयो...

  • २०७६ आश्विन २९, बुधबार

    पिसाब बेचौँ, उत्पादन बढाऔँ, पैसा कमाउँ

    म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र ९पिसाब० बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी उत्पादन बढाउने नयाँ तरिका अपनाएको हो । यसअघि गाईभैँसी तथा कुखुरा र भेडाबाख्राको...

  • २०७६ भाद्र २४, मंगलबार

    बीस वर्षदेखि शरीरमा गोली

    एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उहाँको शरीरमा बेलाबेलामा दिनमा दुई तीन पटक करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्नुहुन्छ । यो सब उहाँ बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र...

  • २०७६ भाद्र ६, शुक्रबार

    वाटर एटीएमप्रति आकर्षण बढ्दो

    १९ वर्षीया दीपेश गोपाली ललितपुरको कृष्णगल्ली बस्नुहुन्छ । उहाँ घरबाट बाहिर अध्ययन गर्न होस् या अन्य जुनैसुकै काम गर्न निस्कँदा पुल्चोक गाःबहाल परिसर भएर आवतजावत गर्नुहुन्छ । दैनिक सडक पार गर्ने क्रममा गर्मीले प्याक–प्याकती हुँदा उहाँले पँधेरो वाटर एटीएम को प्रयोग गर्ने बताउनुभयो । “दैनिक सडक पार गर्दा साहै्र तिर्खा लाग्ने गर्छ । अब पँधेरो आएसँगै यात्रा गर्दा पानीको समस्या हल भएको छ”, गोपालीले...

  • २०७६ भाद्र ३, मंगलबार

    छोरा जन्माउने आशै आशामा १३ सन्तान

    छोरा जन्माउने आशै आशामा पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीका ६७ वर्षीय सुमित्रा विकले १३ सन्तानको जन्म दिनुभएको छ । तेह् वर्षको उमेरमा २८ वर्षीय नरबहादुर विकसँग विवाह बन्धनमा बाँधिएकी सुमित्रा १५ वर्षको उमेरमा आमा बनिन् । छोरा नजन्माउँदा समाजले नानाथरी नकारात्मक कुराहरु गर्न थालेपछि विकले १२ छोरी र एक छोराको जन्म दिनुभएको हो । नवौं सन्तानका रुपमा छोरा लोकबहादुर विश्वकर्माले जन्म पाएपछि नरबहादुरको...

  • २०७६ श्रावण २६, आइतबार

    अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि अस्पताल फर्काइयो

    देवघाटमा अन्त्येष्टिका लागि लगिएको शिशु चल्मलाएपछि पुनः अस्पतालमा फर्काइएको छ । सँगै मृत्यु भएको भनी गाडिएको अर्को शिशुलाई उत्खनन गरी प्रहरीले परीक्षणका लागि भरतपुर अस्पताल ल्याएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पश्चिम चितवनको चनौलिकी एक महिलाले चितवन मेडिकल कलेजमा जुम्ल्याहा शिशुको जन्म दिएकी थिइन् । प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार जन्मिएका शिशुमध्ये एकको मृत्यु...

Pages