STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० फाल्गुण ७, सोमबार

    आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक बिदा

    काठमाडौं - आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आज सरकारले सार्वजनिक बिदा दिएको छ । २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन राजा त्रिभुवन र जनताको आन्दोलनका कारण ००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो । नेपालको पहिलो लोकतान्त्रिक आन्दोलनको सम्झनामा आज देशैभरी बिभिन्न...

  • २०८० फाल्गुण १, मंगलबार

    विराटनगरमा भेटियोएको ‘कुकर बम’!

    विराटनगर– कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ।  टेपले बाँधेको प्रेसर कुकर बेवारिस अवस्थामा भेटिएको छ। सोमबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली सोही क्षेत्रमा बसेर निगरानी गरेको थियो।  शंकास्पद वस्तुको डिस्पोज गर्न नेपाली सेनाको टोली परिचालन गर्ने तयारी भएको जनाइएको छ। सेनासँगको समन्वयमा उक्त शंकास्पद वस्तुबारे...

  • २०८० माघ २९, सोमबार

    ओझेलमा पर्दै ‘प्रत्यक्ष लोक दोहोरी

     म्याग्दीकी अग्रज कलाकार धनकुमारी थापालाई आजभोलिका मेला, महोत्सव खल्लो लाग्छ । परम्परागत रुपमा लाग्ने मेलाको मुख्य आकर्षण  ‘प्रत्यक्ष लोक दोहोरी’ प्रतिपस्र्धा हुने भए पनि आजभोलिका मेला, महोत्सवको रौनकता रेकर्ड भएका गीत सङ्गीतमा सीमित हुन थालेको उहाँको भनाइ छ ।  म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङसँगै राष्ट्रियस्तरका लोक दोहोरीमा समेत थुप्रै पटक पुरस्कार हात पार्न सफल हुनुभएकी ६४ वर्षीया थापाले...

  • २०८० माघ २७, शनिबार

    संस्थापक अध्यक्षबारेको भ्रामक कुरा सच्याउन पत्रकार महासंघ लाई अपिल

    नेपाल पत्रकार महासङ्घ (तत्कालीन नेपाल पत्रकार संघ)को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको तथ्य स्पष्ट हुँदाहुँदै महासंघले सो सत्यतथ्य को बेवास्ता गरेकोले अादिबासी जनजाति पत्रकार महासंघ फोनिज ले विरोध गरेको  छ । नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति...

  • २०८० माघ २६, शुक्रबार

    प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

    काठमाडौं- सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत...

  • २०८० माघ २६, शुक्रबार

    घरेलु मदिरा ब्रान्डिङ गर्न मन्त्रालयमा छलफल

    काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गरेर बिक्री प्रवर्द्धन गर्ने बताएका छन् । उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रवर्द्धन विषयक छलफलमा मन्त्री रिजालले घरेलु मदिरालाई ‘ब्रान्डिङ’ गर्दै लैजाने बताए ।  ठूला उद्योगी हाबी नहुने गरी स-साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्द्धनको व्यवस्था मिलाइने मन्त्री रिजालको भनाइ थियो । उनले...

  • २०८० माघ २५, बिहिबार

    नेवा: नख: न्यूयोर्कको नयाँ नेतृृत्वमा डा. नरेश मान शाक्य

    नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट साधारण सभा सम्पन्न गरेको छ । सो सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त सभामा उपस्थित सबैलाई प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत गरेका थिए । सभामा प्रमुख अतिथीका रुपमा संस्थापक उपाध्यक्ष, पूर्व अध्यक्ष तथा...

  • २०८० माघ २४, बुधबार

    लोक भजन संरक्षण अभियान

    रामपुर (पाल्पा) भजन गाउँदा र सुन्दा हरेकलाई आनन्दित तुल्याउँछ । गाउँघरमा हुने विभिन्न धार्मिक कार्यमा लोक भजन गाउने र नाच्ने चलन परम्परादेखि नै चलिआएको संस्कृति हो । पछिल्लो समय नयाँपुस्ताले भजन गाउन नसिक्दा लोपोन्मुख अवस्थामा पुगेकामा ज्येष्ठ नागरिक चिन्तित बनेका छन् । भजनको महत्वलाई जोगाइराख्न पाल्पाको रामपुर नगरपालिकामा ‘खुुला लोक भजन प्रतियोगिता’ हुने भएको छ । रामपुर भजनकीर्तन मण्डलीको...

  • २०८० माघ २४, बुधबार

    बाँसबारी जग्गा प्रकरण स् चौधरीसहित तीन रिहा

    बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिडेटका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् ।     जिल्ला अदालत काठमाडौँको आदेशअनुसार आज चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सिजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर हाजिरी जमानीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०...

  • २०८० माघ २२, सोमबार

    विमानस्थल प्रहरी प्रमुख डीआईजी चन्दले फिर्ता लिए राजीनामा

    काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीआईजी) अर्जुन चन्दले राजीनामा फिर्ता लिएका छन् । चन्दले प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा रहेको राजीनामा पत्र फिर्ता लिएर गएका हुन् । ‘उहाँ (चन्दले) आफ्नो राजीनामा पत्र फिर्ता लिनुभएको छ,’ मानव स्रोत विभागका एक अधिकृतले भने। उनी काममा फर्के नफर्केको बारे भने मानव स्रोत विभागका ती अधिकारीले...

  • २०८० माघ २१, आइतबार

    पत्रकार राष्ट्रिय दबू काभ्रेको साधारणसभा सम्पन्न

    देशभरका नेवार पत्रकारहरुलाई पछिल्लो समय साधारण सभाको चटारो छ । यहि क्रममा शनिबार नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे जिल्ला शाखाले पाँचौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ भने ललितपुर जिल्ला शाखाले आइतबार साधारण सभा गरिसकेको छ । यही क्रममा भक्तपुरले माघ २८ गते गर्ने भएको छ । फागुन ५ गते शनिबार केन्द्रीय साधारणसभा गर्नुअघि देशभरका विभिन्न जिल्लामा बिस्तार गरिएका पत्रकार राष्ट्रिय दबूका शाखाहरुमा...

  • २०८० माघ १९, शुक्रबार

    चन्द्रागिरी, दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात

    काठमाडौं - मकवानपुरको थाहा नगरपालिकाको दामन तथा सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएको छ। दामन सीमभञ्ज्याङ क्षेत्रमा हिमपात भएपछि स्थानीय किसान, होटल व्यवसायी खुसी भएका छन्।  इलाका प्रहरी कार्यालय थाहानगरका प्रहरी निरीक्षक यम थापामगरले सीमभञ्ज्याङ क्षेत्रमा बिहीबार साँझदेखि हिमपात सुरु भएको जानकारी दिए। थप हिमपात भए त्रिभुवन राजपथ अवरुद्ध हुने सम्भावना रहेको उनले बताए।  दामन सीमभञ्ज्याङ क्षेत्रबाट...

Pages