STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राष्ट्रिय

  • २०८० चैत्र ८, बिहिबार

    विभेदका सम्पूर्ण स्वरूपको अन्त्य अनिवार्य छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अन्त्य हुनुपर्ने बताउनुभएको छ । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताउनुभयो । “संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछुत...

  • २०८० चैत्र ५, सोमबार

    मधेसका नवनियुक्त प्रदेश प्रमुख भण्डारीद्वारा पदभार ग्रहण

      महेन्द्रनगर (धनुषा), ५ चैत : मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ ।...

  • २०८० चैत्र ५, सोमबार

    उपनिर्वाचन : २० दललाई निर्वाचन चिह्न प्रदान

      निर्वाचन आयोगले आगामी वैशाख १५ गते इलाम प्रतिनिधिसभा क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा भाग लिन दर्ता भएका १९ दललाई दर्ता गरी निर्वाचन चिह्न प्रदान गरेको छ । निर्वाचनमा राजनीतिक दलका रुपमा मान्यता प्राप्त गर्न राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम १६ बमोजिम दल दर्ताको निवेदन दिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली, २०७४को नियम १५ मा भएको...

  • २०८० चैत्र १, बिहिबार

    त्रिभुवन विमानस्थलका ५४ जना प्रहरी हटाउने निर्णय

    काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामो समयदेखि खटिएका ५४ जना प्रहरी कर्मचारीलाई एकसाथ हटाउने निर्णय गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले ५ वर्षदेखि १६ वर्षसम्म विमानस्थलमै बसेका प्रहरी कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरेको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाले लमो समय विमानस्थलमा बसेका प्रहरी कर्मचारीलाई हटाइएको बताए । एआईजी थापाले भने– ‘उनीहरुको ठाउँमा नयाँ...

  • २०८० फाल्गुण २९, मंगलबार

    इस्लाम धर्मावलम्बीहरूको रमजान आजदेखि

    काठमाडौं- इस्लाम धर्मावलम्बीको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु हुने भएको छ। एक महिनासम्म चल्ने यस पर्वमा इस्लाम धर्मावलम्बीहरू दिनभर निराहार बस्छन्। सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ। निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने तालिका पनि परिवर्तन भइरहन्छ।    रोजा...

  • २०८० फाल्गुण २७, आइतबार

    ग्याल्पो ल्होसारको अवसरमा भोलि सार्वजनिक विदा

    काठमाडौं - सोमबार सेयर बजार बन्द हुने भएको छ । सोमबार (फागुन २८ गते) ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । तसर्थ, सो दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब बजार मंगलबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था पनि मंगलबार नै नियमितरुपमा खुला हुनेछन् ।

  • २०८० फाल्गुण २५, शुक्रबार

    बागमती प्रदेश प्रमुख शर्माद्वारा नारी दिवसको शुभकामना

      बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्नुहुँदै यो दिवसले नारीहरूको सशक्तीकरणमा पाइला अगाडि बढाइराख्न अभिप्रेरित गरोस् भनी शुभकामना दिनुभएको हो । उहाँले सबै नारीको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक तथा विकासका समग्र आयाममा प्रगतिका लागि सम्पूर्णको समान सहभागिता तथा योगदान...

  • २०८० फाल्गुण २५, शुक्रबार

    राष्ट्रपतिद्वारा पशुपतिनाथको पूजाअर्चना

    महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । उहाँलाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद प्रदान गर्नुभएको थियो । त्यसअघि राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिर परिसरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका...

  • २०८० फाल्गुण २५, शुक्रबार

    महाशिवरात्रि पर्वका अवसरमा हेटाैँडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो

      हिन्दूको महान् पर्व महाशिवरात्रि पर्वका अवसरमा हेटौँडामा रहेको पशुतिनाथ मन्दिरमा आज बिहानदेखि पूजापाठ गर्नेको घुइँचो लागेको छ । हेटौँडा–४ स्थित हुप्राचोरमा रहेको सो मन्दिरमा पूजापाठका विभिन्न सामग्रीसहित महिला, बालबालिका, वृद्धवृद्धा तथा पुरुष बिहानदेखि पूजा गर्न लाम लागेका छन् । कडा सुरक्षा व्यवस्था रहेको सो मन्दिरको एक किलोमिटर अगाडिदेखि दुईतर्फी पूजा गर्ने लाम लागेको छ । मन्दिरमा हेटाँैडा...

  • २०८० फाल्गुण २५, शुक्रबार

    सेनाले मनायो २६१ औं स्थापना दिवस

    काठमाडौं- काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ।  शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।  राष्ट्रपति रामचन्द्र पौडेल सेना दिवसका अवसरमा आयोजित विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्। नागरिकको आस्था र भरोसाको केन्द्रबिन्दुका रूपमा रहेको नेपाली सेनाको उनी परमाधिपति हुन्। सेनाले शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको र त्यस अवसरमा सैनिक...

  • २०८० फाल्गुण २५, शुक्रबार

    आज महाशिवरात्री, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो

    काठमाडौं- आज महाशिवरात्री पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ। आज पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा साधुसन्त एवम् भक्तजनहरुको भीड लागेको छ । पशुपति परिसर एवम् बाग्मती किनारामा गएरातिदेखि नै...

  • २०८० फाल्गुण २५, शुक्रबार

    आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै

    काठमाडौं- आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ।  यस वर्षको महिला दिवसको नारा ‘महिलामा लगानी, सभ्य र समुन्नत समाजको थालनी’ भन्ने छ। दिवसका...

Pages