STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० फाल्गुण २१, सोमबार

    प्रचण्ड धोकेबाज रहेछन् : देउवा

    काठमाडौं–  २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष...

  • २०८० फाल्गुण २१, सोमबार

    संसद बैठक २४ फागुनसम्मका लागि स्थगित

    काठमाडौं - संसद बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता समीकरणको रस्साकस्सीले आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो । संसद सचिवालयले सूचना जारी गरी विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको उल्लेख छ ।प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बोलाइएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारमा रहेका सबै मन्त्री हटाएर एमालेसहितको...

  • २०८० फाल्गुण २१, सोमबार

    माधव नेपाललाई भेट्न पुगे प्रचण्ड र नारायणकाजी

    काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन्। सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन्। नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन्। नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले...

  • २०८० फाल्गुण २१, सोमबार

    नयाँ गठबन्धनका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    सत्ता गठबन्धनमा फेरबदलसँगै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका तीन सांसदले मन्त्री पदको शपथ लिएका हुन्। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोरप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्। उनीहरूलाई शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।  तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका हितबहादुर...

  • २०८० फाल्गुण २१, सोमबार

    प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागी हुँदै

    काठमाडौं– नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ।  प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा सोमबार बिहान बालुवाटारमा बसेको नयाँ...

  • २०८० फाल्गुण २१, सोमबार

    देश र जनताका हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्ने बताउनुभएको छ । सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उहाँले सहिदहरुको सपना पूरा गर्नका लागि पनि एक ठाँउमा आउनैपर्नेमा जोड दिनुभयो । सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा...

  • २०८० फाल्गुण २१, सोमबार

    प्रधानमन्त्री भेट्न देउवा बालुवाटारमा

    काठमाडौं - गठबन्धनको बैठक स्थगित भएलगत्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न देउवा बालुवाटार गएका हुन्। गठबन्धनमा देखिएको तिक्तता मेटाउन प्रधानमन्त्री दाहाल र सभापति देउवाबीच छलफल भएको बालुवाटार स्रोतले बताएको छ। कांग्रेस सभापति देउवाले आइतबार साँझ आफ्ना मन्त्रीहरुलाई निवासमा बोलाएर उनीहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाएका थिए।...

  • २०८० फाल्गुण २०, आइतबार

    नयाँ सत्ता समिकरणको गृहकार्य सुरु

    काठमाडौं– सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ।  नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार...

  • २०८० फाल्गुण १७, बिहिबार

    राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको सपथ फागुन २१ गते

    काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूको सपथ यही फागुन २१ गते हुने भएको छ। गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सदस्यहरूको सपथ फागुन २१ गतेका लागि राखिएको संघीय संसद् सचिवालयले जनाएको छ।  उनीहरूको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा  हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै...

  • २०८० फाल्गुण १६, बुधबार

    आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय

    काठमाडौं– नेकपा माओवादी केन्द्रले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार बसेको स्थायी समिति बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।  नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी समिति बैठकमा छलफल...

  • २०८० फाल्गुण १४, सोमबार

    राजेन्द्र महतोद्वारा लोसपा परित्याग

    काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गरेका छन् । केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका उनले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका हुन् ।  पत्रकार सम्मेलनमा महतोले तत्कालका लागि आफूले अभियान घोषणा गरेको र पार्टीको आकार भने ग्रहण...

  • २०८० फाल्गुण १३, आइतबार

    वैशाख १५ गते दुई ठाउँमा उपनिर्वाचन

    काठमाडौं - निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने भएको छ ।  आयोगको आइतबार बसेको बैठकले इलाम–३ मा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो ।  आइतबार बसेको आयोगको पदाधिकारी बैठकले इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन वैशाख १५ गते गर्ने निर्णय लिएको हो। इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य...

Pages