STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

राजनीति

  • २०८० चैत्र २३, शुक्रबार

    सुदूरपश्चिम र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले दिए राजिनामा

    गठबन्धन बदलिएसँगै प्रदेश सरकारमा पनि हलचल मच्चिएको छ । योसँगै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा जारी सरकार ढलेका छन् । ती प्रदेशका प्रदेश प्रमुखहरुले आज छुट्टाछुट्टै अवसरमा राजिनामा दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन्। प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीबार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन्। केन्द्रमा नयाँ...

  • २०८० चैत्र २१, बुधबार

    बागमती प्रदेशमा आज थप चारजना मन्त्री नियुक्त हुँदै

    हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज थप चार जना मन्त्री नियुक्त गर्दैछन् । मन्त्रीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ । चारैजना मन्त्री एमालेबाट नियुक्त हुन लागेका हुन् । २५ पुसमा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमाले स्रोतको भनाइ छ । थप एक जना पहिलोपटक मन्त्री बन्दैछन् । मुख्यमन्त्री जम्कट्टेलले उद्योग, वाणिज्य, भूमि तथा...

  • २०८० चैत्र १८, आइतबार

    कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने

    काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्।  केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्री शर्माले यही चैत २० गते मंगलबार विश्वासको मत लिने भनेर प्रदेश सभा सचिवालयलाई जानकारी गराइसकेको मुख्यमन्त्री शर्माका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिए। ...

  • २०८० चैत्र १५, बिहिबार

    माओवादी त्यागेका मिलन लिम्बू रास्वपा इलाम-२ को उम्मेदवार

    काठमाडौं - नेकपा (माओवादी केन्द्र) परित्याग गरेका मिलन लिम्बू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बनेका छन् । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि लिम्बू रास्वपाका उम्मेदवार बनेका हुन् ।  बिहीबार पार्टी केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए । ...

  • २०८० चैत्र १५, बिहिबार

    सत्ता गठबन्धनमा उलटफेर हुनसक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं - प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले–माओवादीसहित अन्य दलहरूको सहायतामा बनेको सत्ता गठबन्धनमा उलटफेर हुनसक्ने बताएका छन् ।  बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकलाई सम्बोधन गर्नेक्रममा उनले जनतालाई सोचेजस्तो डेलिभरी दिन नसके फेरि पनि उलटफेर हुनसक्ने बताएका हुन् ।  उनले भने, ‘विकास निर्माणलाई गतिदिने, सुशासन कायम...

  • २०८० चैत्र १५, बिहिबार

    शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त

    हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्। हाम्रो नेपाली पार्टी (हानेपा)ले ३ दिन अघिमात्रै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।  मुख्यमन्त्रीको बार्गेनिङ गर्दै आएको हानेपाले अन्ततः मुख्यमन्त्री पाउने छाटकाट नदेखिएपछि ५ बुँदे सहमति गर्दै सरकारमा सहभागी भएको हो। हानेपा ससंदीय दलका...

  • २०८० चैत्र १४, बुधबार

    रास्वपाले स्पष्टीकरण सोधेपछि रमेश खरेलले बुझाए राजीनामा

    पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन्।  सभापति लामिछानेविरुद्ध अभिव्यक्ति दिएपछि अनुशासन आयोगले उनीसँग लिखित जवाफ मागेको थियो। खरेलले स्पष्टीकरण नदिई पार्टीबाट राजीनामा दिएको पत्र पठाइदिएका हुन्।  खरेलले राजीनामा पत्रमा पछिल्लो समयको परिवर्तन पार्टीको सिद्धान्त र लक्ष्यसँग तादात्यता नमिलेको भन्दै स्पष्टीकरण दिनुभन्दा पार्टी नै छाड्ने...

  • २०८० चैत्र १२, सोमबार

    बी एन्ड सी कलेज सम्बन्धन विवाद : सर्वोच्चको फैसला दुर्गा प्रसाईंको पक्षमा

    काठमाडौँ - बी एन्ड सी कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनाएको छ। मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओआई पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै झापाको बीएन्डसी मेडिकल कलेजको तर्फबाट व्यवसायी दुर्गा प्रसाईँले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार रिट जारी भएपनि संक्षिप्त आदेश नआएको कारण फैसलामा के कुरा उल्लेख भएको छ भन्ने स्पष्ट छैन ।...

  • २०८० चैत्र ११, आइतबार

    सुहाङलाई इलाम २ बाट प्रतिनिधि सभाको उम्मेदवार, ओली लेख्छन् - युवा सँगसँगै

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेपछि सुहाङ नेम्वाङसँगको तस्बिर पोस्ट गर्दै युवा सँगसँगै हिँड्नुपर्ने आशय व्यक्त गरेका छन् । उनले फेसबुकमा नेम्वाङसँगको तस्बिर साझा गर्दै उनलाई आफूले सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको उल्लेख गर्दै जितको शुभकामना पनि दिएका छन् । ‘युवा सँगसँगै !’, ओलीले लेखेका छन्, ‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम–२ को...

  • २०८० चैत्र ८, बिहिबार

    एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने

    काठमाडौं- नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङे (राजिव गुरुङ)लाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ‘दीपक मनाङे पहिला हाम्रो पार्टीमा प्रवेश गर्नुभएको हो। पार्टी प्रवेश गरेकाले हाम्रो तर्फ बाट मन्त्री पनि बन्नुभयो। तर अहिले कुनै छलफल नै...

  • २०८० चैत्र ६, मंगलबार

    सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

    काठमाडौं - सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान १० बजे सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।...

  • २०८० चैत्र ६, मंगलबार

    दीपक मनाङेले लिए भौतिक पूर्वाधार मन्त्रीको शपथ

    काठमाडौं- राजीव गुरुङ (दीपक मनाङे) ले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन्। प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए। मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।   

Pages