STC 810x100 adv
nepal invest ment
janswastha 11 11 78

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा " ध्ये ड्रीम्स् ” उत्कृष्ट

Janjati Khabar – विजयरत्न असंबरे | २०८० चैत्र ११, आइतबार

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलको १३ संस्करणका लागि गरिएको लघुचलचित्र प्रतिस्पर्धामा शान्ता नेपालीद्वारा निर्देशित वृत्तचित्र " ध्ये ड्रीम्स् ” लाई उत्कृष्ट चलचित्रको अवार्ड प्रदान गरिएको छ । त्यस्तै स्वयम् मास्के मानन्धरले निर्देशन गर्नु भएको लघु चलचित्र "द बुल, द काऊ, द काफ” लाई स्पेशल मेन्सन पुरस्कार प्रदान गरिएको छ । 

चलचित्र महोत्सवको शनिवार साँझ भएको समापन समारोहमा डेलिगेशनकी उपराजदूत डा जोएल इभोनेट्ले पुरस्कृत चलचत्रकर्मीहरुलाई अवार्ड प्रदान गर्नु भएको थियो । विजेता चलचत्रिकर्मीहरुलाई यसै वर्ष ब्रसेल्स्मा आयोजना हुन लागेको नेपाली चलचित्र महोत्सवमा सहभागी समेत गराइने छ । फेस्टिभलमा अफिसियली छनौट गरिएका तथा प्रर्दशनगरिएका बाँकी ९ लघु नेपाली चलचित्रलाई पनि सहभागीता को प्रमाण पत्र प्रदान गरिएको थियो । 

महोत्सवमा सहभागि लघुचलचित्रहरुमा गोपाल आचार्य निर्देशित डिभिनेसन् (आखत), समाल बज्राचार्य निर्देशित हावाम्यान, निमा गेलु शेर्पा निर्देशित काठमाडौं मनसुन, अतिन श्रेष्ठ निर्देशित मखमली उडान, रजिन महर्जन निर्देशित लेट्स टक् पिरियड, मिराज रोशन ठकुरी निर्देशित रातो पछ्यौरी, आकांक्षा कार्की निर्देशित सनाई, सन्तोष दाहाल निर्देशित द मिराज र अनिल कुर्मी निर्देशित फेरा रहेको छ । 

खुला विज्ञापनमार्फत आव्हान गरिएको यस प्रतियोगितामा ५२ वटा लघु चलचित्र प्राप्त भएको थियो । नेपालका लागि युरोपियन युनियनको डेलिगेशनले प्रतियोगितामा सहभागी भएका सबै चलचित्रकर्मी, निर्माता तथा संस्थाहरुलाई धन्यवाद दिन चाहन्छ  तथा विजेता चलचित्रकर्मीहरुलाई बधाइ ज्ञापन गरे । 

नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको १३ औं संस्करण काठमाडौंमा यही चैत्र ७ गतेदेखि १० गतेसम्म आयोजना गरिएको थियो । फेस्टिभलमा ९ युरोपेली चलचित्र तथा प्रतिस्पर्धामार्फत छानिएका ११ नेपाली लघु चलचित्र प्रदर्शन गरिएका थिए । 

महोत्सव २०८० चैत्र २८ र २९ (अप्रिल १० र ११) गते सुदूरपश्चिम प्रदेशमा समेत आयोजना हुने छ । यसैगरी महोत्सव लुम्बिनी प्रदेशको नेपालगञ्जमा २०८१ वैैशाख ३ गते (अप्रिल १५) हुनेछ । त्यस्तै कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा २०८१ वैशाख ७ र ८ गते (१९ र २० अप्रिल) आयोजना हुने छ ।

Categorized in सिनेमा